डा. हरिप्रसाद कँडेल
प्रधानाध्यापक, भीमोदय मावि,कालिका–५, चितवन
हामीले शिक्षकहरुलाई सन्तुष्ट पार्ने प्रयास गरेका छौं । हरेक शिक्षकका लागि दराज, ल्यापटप, पिउने पानीका लागि फ्रिजको व्यवस्था गरेका छौं । पर्याप्त शैक्षिक सामग्री, पत्रपत्रिका दिने व्यवस्था गरेका छौं । अतिरिक्त कक्षा लिने शिक्षकलाई थप सुविधा दिने व्यवस्था गरिएको छ । साथै, शिक्षकहरुलाई दण्ड र सजायको पनि व्यवस्था गरेका छौं । उहाँले पढाएको विषयमा गत वर्षको भन्दा नतिजा बढी ल्याउनुपर्ने व्यवस्था छ । आफ्नो विषयमा सबै विद्यार्थीलाई ८० प्रतिशत बढी अंकसहित उत्तीर्ण गराएमा एक तोलाको गोल्ड मेडल दिने र कमजोर नतिजा ल्याए तल्लो कक्षामा पढाउन लगाउने, स्पष्टिकरण दिने व्यवस्था गरेका छौं । एक वर्ष कमजोर नतिजा ल्याउने शिक्षकले अर्को वर्ष सोही कक्षा पढाउन पाउँदैनन् ।
प्रधानाध्यापक, भीमोदय मावि,कालिका–५, चितवन
भीमोदय माविको विशेषताहरु के–के छन् ?
कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजी
माध्यममा पढाइहुने गरेको छ । कक्षा ८ को नतिजामा जिल्ला टप गरेको छ । भने
एसइइ र एसएलसीको पनि नतिजा उत्कृष्ट छ । ९ र १० मा अंग्रेजी नेपाली दुबै
माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यार्थीका लागि होस्टेलको व्यवस्था छ ।
त्यहाँ कक्षा १० का विद्यार्थी बसेर एसइइको तयारी गर्ने गर्छन् । कक्षा ८
का विद्यार्थीहरुका लागि बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन
हुन्छ । उनीहरुलाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको छ ।
स्रोतकेन्द्रस्तरीय ३ वटा र विद्यालयले आन्तरिक ३ गरी ६ वटा परीक्षा लिने
गरिएको छ । छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने गर्छौं ।
सबै छात्राहरुलाई स्कट निषेध गरिएको छ । पाइन्ट अनिवार्य छ । संस्थागत
विद्यालयसरह झोला, जुत्ता–टाई अनिवार्य गरिएको छ । एक दिन स्कूल लोगो भएको
टिसर्ट लगाउनुपर्ने व्यवस्था गरिएको छ । साउण्ड सिस्टमका आधारमा एसेम्ब्ली
गरिन्छ । विद्यालयमा सुविधा सम्पन्न कन्फेरेन्स हलको व्यवस्था गरिएको छ ।
विद्यालयले आफू मात्रै सुधारको प्रयास गरेको नभई अन्य छिमेकी स्कूलहरुमा
पनि सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । १३२५
विद्यार्थीका लागि २० सरकारी तलब खाने र २० जना आन्तरिक स्रोतका गरी ४०
जनाको शिक्षक समूह छ । विद्यार्थीको अत्यधिक चापका कारण प्रवेश परीक्षा
लिएर विद्यार्थी भर्ना गर्नुपर्ने बाध्यता छ ।
शिक्षक व्यवस्थापनका प्रयासहरु के–के भएका छन् ?
शिक्षकहरुलाई अनिवार्य पोशाकको व्यवस्था
गरेका छौं । कालो जुत्ता र टाईसँगै शिक्षकलाई झोला बोक्न अनिवार्य गरिएको छ
। शिक्षक डायरी अनिवार्य गरिएको छ । कक्षा शिक्षकहरुलाई थप सुविधाको
व्यवस्था गरिएको छ । शिक्षकलाई थप कक्षा पढाएवापत् थप सुविधाको व्यवस्था
गरेकाले कुनै शिक्षक अनुपस्थित रहेपनि पढाइ रोकिँदैन । शिक्षकहरुको डिजिटल
हाजिरीको व्यवस्था गरिदिएका छौं । को कतिखेर आयो, कति बस्यो ? भन्ने
जानकारी हुन्छ । यसले शिक्षकलाई नियमित र समय पालनमा सहयोग पुर्याएको छ ।
शिक्षकको उपस्थिति बढे सिकाइ र विद्यार्थीको रेखदेख बढी हुन्छ भन्ने
मान्यताले काम गरिएको छ । हाम्रा शिक्षकहरु यो विद्यालयको शिक्षक हुन
पाएकोमा उहाँहरुलाई गर्व छ । ‘हाम्रो मिहिनेतले राम्रो भएको’ छ भन्नुहुन्छ ।
समुदायको सम्मान पाइरहनुभएको छ ।
हामीले शिक्षकहरुलाई सन्तुष्ट पार्ने प्रयास गरेका छौं । हरेक शिक्षकका लागि दराज, ल्यापटप, पिउने पानीका लागि फ्रिजको व्यवस्था गरेका छौं । पर्याप्त शैक्षिक सामग्री, पत्रपत्रिका दिने व्यवस्था गरेका छौं । अतिरिक्त कक्षा लिने शिक्षकलाई थप सुविधा दिने व्यवस्था गरिएको छ । साथै, शिक्षकहरुलाई दण्ड र सजायको पनि व्यवस्था गरेका छौं । उहाँले पढाएको विषयमा गत वर्षको भन्दा नतिजा बढी ल्याउनुपर्ने व्यवस्था छ । आफ्नो विषयमा सबै विद्यार्थीलाई ८० प्रतिशत बढी अंकसहित उत्तीर्ण गराएमा एक तोलाको गोल्ड मेडल दिने र कमजोर नतिजा ल्याए तल्लो कक्षामा पढाउन लगाउने, स्पष्टिकरण दिने व्यवस्था गरेका छौं । एक वर्ष कमजोर नतिजा ल्याउने शिक्षकले अर्को वर्ष सोही कक्षा पढाउन पाउँदैनन् ।
सिकाइमा प्रविधिको कत्तिको महत्व छ ?
अब प्रविधिबिना सिकाइ सम्भव नै छैन । हामी
प्रविधिमैत्री सिकाइमा विश्वास गर्छौं । हरेक कक्षामा सिसिटिभी र स्मार्ट
बोर्डको व्यवस्था गरेका छौं । हरेक शिक्षकलाई एउटा–एउटा ल्यापटप निःशुल्क
उपलब्ध गराएका छौं । उहाँहरुले खोजेर, स्लाइड बनाएर प्रोजेक्टरको माध्यमबाट
पढाउने गर्नुहुन्छ । ३७ कम्प्यूटरसहितको ई–लाईब्रेरी र ई–कम्प्यूटर
ल्यावको व्यवस्था गरेका छौं । ई–लाईब्ररीमा ४० हजार बढी किताबको सफ्ट कपि
उपलब्ध छन् ।
विद्यालयको फरक अभ्यासहरु के–के छन् ?
हामी फरक कामभन्दा पनि हरेक काम फरक ढंगमा
गर्न मन पराउँछौं । एउटै शिक्षकले एउटा विषय पढाउँदा विद्यार्थीलाई
‘मोनोटोनस’ हुन्छ भनेर एउटै विषय पनि फरक–फरक शिक्षकले पढाउने व्यवस्था
गरेका छौं । ११ र १२ मा गणित पढाउने शिक्षकहरुले पनि नौ र १० मा गणित
पढाउने, ९ का गणित पढाउनेले ११ पढाउने गर्नु हुन्छ । त्यस्तै, ४ पढाउनेलाई ८
र ८ पढाउनेलाई ४ कक्षाको गणित पढाउन लगाउने गरिएको छ । यसबाट विद्यार्थीले
सिकाइमा फरक स्वाद र विधि थाहा पाउँछन् । शिक्षक पनि मिहिनेती बन्छन् ।
नर्सरीदेखि नै कक्षागत रुपमा अभिभावकहरुको नियमित भेला गर्छौं । विषयगत
शिक्षकमार्फत् नतिजा विश्लेषण गर्ने गर्छौं । यसले विद्यार्थीको सिकाइ र
विद्यालयको अवस्थाबारे अभिभावकलाई थाहा हुन्छ ।
शिक्षकहरुलाई थप सुविधा दिएमात्रै मिहिनेती बन्छन् भन्न खोज्नुभएको हो ?
थप सुविधा दिएमात्रै मिहिनेती बन्छन्
भन्ने होइन । सकारात्मक परामर्श, हौसला र सम्मान पनि दिनु पर्छ । हाम्रो
विद्यालयका केही शिक्षक नौ बजे आएर पढाउन थाल्नुहुन्छ । विद्यार्थीहरु पनि
विद्यालय आउन हतारिन्छन् । घरमा भन्दा विद्यालयमा रमाउँछन् । हामीले
विद्यालयमा पार्क पनि बनाइदिएका छौं । मुख्य कुरा वातावरण निर्माण हो ।
शिक्षकलाई विद्यार्थी फेल हुने होइन, शिक्षक हुने हो भन्ने विषय बुझाउन
सक्नु पर्छ । तालिम, सुविधा, सुरक्षा छ तर सिकेको कुरा डेलिभरीमा समस्या हो
। शिक्षक तालिमलाई सुविधाको रुपमा वायोडाटा बनाउन मात्रै लिइयो । क्षमता
वृद्धि गर्न लिइएन । मुख्य कुरा, प्रोजेक्ट वर्क हो । शिक्षकलाई व्यस्त
बनाइराख्नु पर्छ । मस्त बनाइ राख्नुपर्यो। तर, त्रस्त बनाइनु भएन ।
विद्यालय सुधारमा प्रधानाध्यापकको भूमिका कत्तिको रहन्छ ? तपाईँ प्रअ भइसकेपछि के–के सुधार गर्नुभयो ?
विद्यालयका प्रधानाध्यापकले शिक्षकहरुको
नेतृत्व गर्ने भएकाले उनीहरुको भूमिका मुख्य हुन्छ । पहिले सुधारको आँट
प्रअले नै गर्नुपर्छ । विव्यसले सधैं राम्रो होस्, सुधार होस् भन्ने चाहन्छ
। उनीहरु दीर्घकालका लागि आएका पनि हुँदैनन । आफ्नो कार्यकाल राम्रै बनाउन
चाहन्छन् । शिक्षकहरुलाई उनीहरुले हस्तक्षेप गर्न सक्दैनन् । शिक्षक बढी
जानेका र पढेका हुन्छन् । प्रअले शिक्षक, समुदाय, समितिसँग सहकार्य गरेर
अघि बढ्न सक्छ । मुख्य सिकाइ वितरण गर्ने शिक्षकले नै हो । हरेक शिक्षकलाई
सकारात्मक प्रतिस्पर्धा र सिकाइ व्यवस्थापक बनाउने प्रअले नै हो । स्रोत
व्यवस्थापनमा पनि प्रअकै भूमिका रहन्छ । मेरै कुरा गर्ने हो भने, दुई करोड
बढी अनुदान रकम मेरै पहलमा विद्यालयमा भित्रिएको छ । म पहिले यही
विद्यालयको विद्यार्थी हुँ । म २०५६ सालदेखि विज्ञान शिक्षकका रुपमा
विद्यालयमा प्रवेश भएको हुँ । २०६३ सालमा स्थायी भएँ । २०६९ मा द्वितीय
श्रेणीमा बढुवा भएँ । २०७१ असारदेखि प्रधानाध्यापकको जिम्मेवारीमा छु ।
म प्रअ भएपछि शुरुमा पोशाक परिवर्तन र
अनिवार्य गरेँ । पुस्तकको पैसाले जाडोमा विद्यार्थीका लागि एकैखाले स्वीटर
किनिदिए्ँ, जुत्ता, झोला र टाइ अनिवार्य गरेँ । पर्खाल बनाएर विद्यालय
घेरावार गरेँ । गेटमा हरेक दिन पाले राखेर विद्यार्थीको समय, कपाल, पोशाक,
नङ चेक गर्ने व्यवस्था मिलाएँ । शिक्षकको हकमा पनि त्यही हो । एउटा गेटबाट
प्रवेश गर्ने र अर्कोबाट बाहिर निस्कने व्यवस्था गरेँ । नर्सरी र केजीको
शुरुवातसँगै निःशुल्क खाजाको व्यवस्था गरेँ । १–५ मा कपि–किताब, कलम नल्याए
तत्काल दिने व्यवस्था गरेँ । अंग्रेजी माध्यम शुरु गरेँ । पहिलो वर्ष
नर्सरीदेखि शुरु गरियो । अर्को वर्ष ३ सम्म लगेँ तेस्रो वर्ष ५ पुर्याएँ ।
उता, ६ देखि शुरु गरेँ र एकैचोटी ८ पुर्याएँ । तेस्रो वर्ष ९ र १० मा लगेँ ।
तीन वर्षमा नर्सरीदेखि १० सम्मै अंग्रेजी माध्यम शुरु गरेँ । मुख्य सुधार
प्रअ आफूबाटै बन्नु पर्छ ।
अंग्रेजी माध्यमका लागि शिक्षक तयारी कसरी गर्नुभयो ?
२०६६ सम्म बिहान चल्ने कक्षा ११ र १२ लाई
दिउँसो लगियो । दिउँसो नभ्याउने शिक्षकले छाड्नुभयो, त्यहाँ नयाँ शिक्षकहरु
ल्याइयो । उमाविमा प्रायः नयाँ जेनेरेशनका शिक्षक हुनुहुन्थ्यो ।
उहाँहरुलाई दिउँसो ल्याउनेबित्तिकमै दुई पिरियड पढाएर उहाँहरु खाली हुनुभयो
। त्यसपछि उहाँलाई ६ देखि माथिका कक्षाहरुमा पढाउन लगायौं । ८ सम्मका
शिक्षकलाई ३ देखि पढाउन लगायौं । शिक्षकहरुले घरमा मिहिनेत गर्नुभयो ।
त्यतिबेला नसकुँला कि भन्ने शिक्षकहरु अहिले मजाले पढाउन थाल्नुभएको छ ।
फेरि पछिल्लो दिनमा निजी विद्यालयका राम्रा विद्यार्थी र राम्रा शिक्षक पनि
भीमोदयमा आउन थाल्नुभएको छ । हाम्रो कालिका स्रोतकेन्द्रमा रहेका १२ निजी
विद्यालयहरु हामीसँग सहकार्यमा हुनुहुन्छ । हामी मिलेर एउटै पाठ्यक्रम
बनाउने तयारीमा छौं । उहाँहरुले रोजेको पाठ्यक्रम लागू गर्न समानस्तरको
परीक्षा सञ्चालन गर्न हामी तयार छौं । हामीले परीक्षालाई सिकाइकै
प्रक्रियाका रुपमा लिने गरेका छौं । निजीले ४ वटा परीक्षा लिनुहुन्छ तर
हामी ६ परीक्षा लिने मार्कसिट तयार गर्ने गर्छाैं ।
शैक्षिकस्तर सुधारका लागि कस्ता प्रयासहरु भए ?
हामीले सुधारको शुरुवात सानो
कक्षाबाट गर्यौं । इसिडिबाट एकैपटक कक्षा १ मा भर्ना हुने परम्पराविपरीत
नर्सरी, केजी र युकेजीको व्यवस्था ग¥यौं । नर्सरीदेखि कक्षा २ सम्म
मल्टिमिडियाको कक्षा र ग्रेड शिक्षक राखिएको छ । एकजना शिक्षकले वर्षभरी
पढाउनुहुन्छ । र, अर्को कक्षामा चढ्दा पनि रोटेशन गरेर एउटै शिक्षकलाई
जिम्मा दिएका छौं । नर्सरीदेखि कक्षा २ सम्म पुग्दा एकै शिक्षकले
पढाउनुहुन्छ । बालमैत्री डेस्कबेञ्च र कर्नर पुस्तकालयको व्यवस्था गर्यौं।
कक्षाकोठामा दराज, जुत्ता दराजको व्यवस्था गरिदियौं । संस्थागत विद्यालयका
अंग्रेजी माध्यमका जुन पाठ्यक्रम र पाठ्यपुस्तक छ, त्यो नै लागू गरेका छौं ।
शिक्षकलाई पढाउन होइन, सिकाउन लगाएका छौं ।
विव्यसको सहयोग कत्तिको छ ?
एकदमै छ । हाम्रोमा विव्यस, शिक्षक,
विद्यार्थी र अभिभावकको एकदमै एकता र सहकार्य छ । विव्यसका अध्यक्ष नियमित
विद्यालय अनुगमनमा आउनुहुन्छ । समितिका अन्य सदस्यहरु पनि दिनको एकपल्ट
विद्यालयमा छिर्नुहुन्छ । उहाँहरुको नियमित चासो र अनुगमन हुने गर्छ । राती
अबेरसम्म पनि विव्यसका अध्यक्ष होस्टेलको अनुगमनमा रहनुहुन्छ । सबै दलको
सर्वसम्मतिमा विव्यस गठन भएकाले यहाँ राजनीतिभन्दा शैक्षिक सुधारको चिन्ता
मात्र बढी छ ।
सामुदायिक विद्यालयका सिकाइ कमजोर हुनाको कारण नियत हो कि नीति ?
सामुदायिक विद्यालयहरुमा अभाव र अपुग छन् ।
आवश्यकताभन्दा बढी विद्यालय खोल्न दिइयो । २०५६/०५८ देखि सरकारले एउटा पनि
शिक्षक दरबन्दी दिएको छैन । यो बीस वर्षमा चितवनमा मात्रै २३ मावि थपिएका
छन् । ९९ मध्ये २५ माविमा मावि दरबन्दी शून्य छ । भौतिक पूर्वाधारको अभाव छ
। चितवनका ४६ निमाविमा दरबन्दी शून्य छ । अनि कसरी गुणस्तर बढ्छ ? देशभरको
अवस्था यस्तै हो । फेरि, शिक्षकको पनि नियतमा समस्या छ । मुख्यगरी,
शिक्षकहरुमा ‘म सरकारी शिक्षक हुँ । मेरो जागिर कसैले चलाउन सक्दैन । म
सुरक्षित छु’ भन्ने अनुभूति छ । छोराछोरी अन्त लगेर पढाउने गर्नुहुन्छ ।
शिक्षकहरु विद्यार्थीको सिकाइ, आफ्नो शिक्षकको सिकाइ क्षमता, समाजप्रतिको
उत्तरदायित्वप्रति प्रतिबद्ध छैनन् । शिक्षकको पो केही विद्यार्थी फेल
भएपनि केही प्रतिशत मात्र फेल हुन्छन् तर अभिभावकको त शतप्रतिशत फेल हुन्छ
नि ! त्यसमा बढी ध्यान दिन जरुरी छ । शिक्षकले राजनीति गरेकाले मात्रै
शिक्षा बिग्रिएको होइन । म पनि शिक्षक संघको जिल्ला अध्यक्ष हुँ । नारायणी
माविका प्रअ पूर्ण दवाडी पनि शिक्षक नेता हो । तर उहाँकै विद्यालय मोडल छ ।
हामी राजनीतिक नेता होइनौं । शैक्षिक र पेशागत नेता हौं । दलको झोले नेता
बन्ने शिक्षकका विद्यालय मात्रै खस्किएका छन् ।
तपाईँको विद्यालयमा पचास प्रतिशत निजी शिक्षक भएकाले उनीहरुलाई काममा लगाउन सजिलो छ । राम्रो नगरे जागिर जाने डर छ । के शिक्षकहरुलाई स्थायी गरिनु हुँदैन, हो ?
शिक्षकहरुको हरेक वर्ष नतिजा परीक्षण हुनु
आवश्यक छ । नतिजाकै आधारमा शिक्षक परीक्षण हुनु पर्छ । एक समय
विश्वविद्यालय टपर सधैं टपर रहन सक्दैन । समय अनुसार मिहिनेत गर्न आवश्यक छ
। संस्थागत विद्यालयमा मिहिनेतलाई राम्रो व्यवस्थापन हुन्छ । संस्थागत
विद्यालयका शिक्षकले ४५ मिनेटको पिरियडमा कक्षाकार्य, गृहकार्य हेर्न दिन,
सिकाउन सबै गर्न भ्याउँछ । सरकारीमा केही गर्न भ्याउँदैनन् । शिक्षकहरुको
क्रियाशिलता बढाउनुको विकल्प छैन । हौसला र सम्मान दिएर सकारात्मक उत्पेरित
गरिनु आवश्यक छ ।
प्रस्तुतिः रोशन क्षेत्री गाउँलेhttps://www.edukhabar.com/news/11648