(१)
रातको निष्पट अँधेरीमा, उज्यालो बन्दै आउनू
जाडो मौसमको त्यो पारिलो घाम बनी
वर्षातको त्यो झरीमा दरिलो ओत बनी
आउनु है तिमी, नयाँ उमँग बोकी
हर श्वासहरूमा खुसी बनी आउनू ।
----------------------------------
(२)
गरिबहरुको जिउ ढाक्ने चादर बनी
धनीहरुको त्यो मनमा उदारता बनी
रोगब्याधी हटाउँदै ,सोकहरु भुलाउँदै
हर आत्मामा स्नेहको मुहान खोल्दै आउनू
हर्षको बहार बन्दै, मिठा रहरहरु बोकी आउनू
आउनु है तिमी, श्रद्दा र सहिष्णुता बोकी
अदम्य उत्साह अनि उमङ्ग लिई आउनू ।
------------------------------------