Showing posts with label Articles. Show all posts
Showing posts with label Articles. Show all posts

जग्गा दलाली र दृष्टि प्रकरण : सामाजिक शोषण




अर्थशास्त्रमा व्यापार हुन कानुनी लगानी गरिएको व्यवसाय हुनु पर्दछ र त्यसको नियमित कारेवारवाट आएको नाफा मात्र आयको श्रोत मानिन्छ । अंग्रेजी शव्द commissionbrokerage को अर्थ दलाली हो र यसलाई निश्चित दरको आधारमा निश्चत आम्दानीमा लिने सेवा शुल्क भनिन्छ । विक्रेताको जागरिेले विक्रि परिणामवाट कमिसन पाउँछ । त्यस्तै लाईसेन्स प्राप्त व्रोकरहरुले मात्र रियल स्टेट कारोवार गर्न पाउँछन् । निश्चित विक्रि रकमवाट यस्तो शुल्क निर्धारण गरिन्छ जसलाई दलाली शुल्क (tout) भनिन्छ र त्यसमा भ्याट समेत लाग्दछ । BAC @ r%  SAC @ r% को सूत्रवाट यस्तो कमिसन निर्धारण हुन्छ । अनि वल्ल त्यस्तो आम्दानी लाई श्रोत सहितको वैधानिक आम्दानीको मान्यता दिइएको छ ।

थारु – पहाडिया , “काका काकी र वाजे वज्यै” साईनोले हुर्काएको जातिय सद्भाव



मेरो परिवार २०३३ सालमा चितवनको पदमपुरमा म्याग्दीको अर्मन भन्ने ठाउँवाट वसाई सरि आएको हो ।   त्यसैले मेरो वुबालाई अर्मने भनेर गाउँवासीले चिन्दछन् । शन्तप्रसाद भन्नेको घर जग्गा किनेर शुरु भएको  हाम्रो पदमपुरको घरजम अहिले सम्म पनि स्थायी रुपमा कायमै छ । त्यसवेला पदमपुरको भूमि पूर्णत थारु जातिकै स्वामित्वमा रहेको कुरा मेरो वुवा वताउनु हुन्छ ।अहिले पनि मेरो वडाको ९० प्रतिशत जनघनत्व थारु जातिकै छ । औलो संग लड्ने थारु जातिको साहासी जीवन गाथा ऐतिहासिक रहेको छ । जल, जङ्गल र जमनि जस्ता प्राकृतिक सम्पदा मानौ उनीहरुकै लागि वनाइएको थियो । धोती र खुर्पेटो हँसिया पुरुषको पहिचान अनि कछाड र टाटु देखिने शरीर महिला पहिरहन यो जातिको पुरानो चिनारी अव त लोपोन्मुख देखिदै छ ।सङ्गठित र सुडाल शारीरिक वनावट भएका यीनीहरु परिश्रमि र स्वभावमा अति मिलनसार हुन्छन् । खेतिपाती यीनीहरुको मुख्य पेशा रहेको छ । कृषि उत्पादनमा यस जातिको ठूलो भूमिका रहेको छ । खेतिपातीमा यीनीहरु अति जाँगरिला हुन्छन् । थारु जाति सङ्गठित भई एकै ठाउँमा गुजमुज्ज घर वनाई वस्न मन पराउँदछन् ।

जन नायक विपि कोइराला : ३१औ स्मृति दिवस सन्दर्भको सेरोफेरो


नदि प्रवाह जस्तै सधैं गतिमान , निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेसरप्रसाद कोईराला हो । संसारका थोरै व्यक्तित्वमा हुने विशेषता (व्यक्ति एक , व्यक्तित्व अनेक ) वोकेका विपि नेपाली धर्तीका वरदपुत्र हुन् । । विपीको असाधारण अभिव्यक्ति कला , लेख्य क्षमता , भाषिक ज्ञान र सर्मपण भाव अनि दुखदायी जीवनी पढ्दा जो कोही भावुक  हुन्छ भन्ने लाग्दछ ।  जनयुद्घका नाईके भनिएका प्रचण्डले समेत विपीलाई आफ्नो आदर पुरुष भनि प्रधानमन्त्रित्वकालमा भावुक अभिव्यक्ति दिनु नै यसको एक प्रमाण हो ।आत्मवृतान्त , जेल जर्नल र अदालति वयानका अंशहरु पढ्दा अनि विपीका सहकर्मीहरुको विपी दृष्टिकोण अध्ययन गर्दा वाहाँ जस्तो सच्चा राष्ट्रनायक कोही नभएको वुझ्न सकिन्छ । थाहा छैन म आफैलाई कि मेरो विवेकले यी महामानव विपीको स्मृति गर्ने योग्यता राख्छ या राख्दैन तर पनि म वाहाँलाई छापाका सामाग्रीहरुकै आधारमा सम्झना गर्न गईरहेको छु । 

ग्रीसको अर्थतन्त्र र वर्तमानमा यसले श्रृजना गरेका चुनौतीहरु


वालकान समुन्द्रको काखैमा रहेको टापुहरुको देश भनेर पनि चिनिने ग्रीसको जनसङ्ख्या  १०,७८७,६९०  रहेको छ । विश्वमा यो देश प्रतिव्यक्ति आयमा ३३औं तथा नोमिनल जिडीपीमा ३२औं स्थानमा पर्दछ । याहाँ संसदिय गणतन्त्रात्मक राजनैतिक शासन व्यवस्था रहेको छ । यो विश्वको ऐतिहासिक स्थल पनि हो । आर्थिक वनावट हेर्दा सर्भिस सेक्टरले ७८.८ प्रतिशत , उधोगले १७.९ प्रतिशत र कृषिले केवल ३.३ प्रतिशत मात्र हिस्सा ओगटेको छ । १३ क्षेत्र र ३२५ नगरपालिकाहरुमा यसको प्रशासनिक विभाजन रहेको छ ।
 १९ जुन २००० मा ग्रीसले युरोपियन युनियनको सदस्यता पाएको थियो । सन् १९९९ मा झुटो आर्थिक विवरण पेश गरेर सदस्यता लिन सफल भएको तथ्य अहिेले मात्र सार्वजनिक भएको छ । र्जज पाण्डेराको पार्टी र न्यु डेमोक्रेटिक पार्टीको अस्तित्व वढी रहेको छ । हाल यी दुवै पार्टीहरुको लोकप्रियता धेरैनै गिरेको छ ।  अहिले कुल वजेटको १५.४ प्रतिशत राष्ट्रिय ऋण तथा कुल जिडाीपीको १२६.८ प्रतिशत नागरिक ऋणको भार ग्रीसले वोक्न पुगेको छ ।

विकास , शीरको कालो टोपी र अवको चितवन कांग्रेस


नेपाल विश्वकै कान्छो गणतन्त्रात्मक देशको रुपमा स्थापित राष्ट्र हो । विश्वकै ठूलो लोकतान्त्रिक देश भारत र विश्वकै ठूलो कम्युनिष्ट देश चिनको वीचमा रहेको हाम्रो देशको वर्तमान राजनैतिक अवस्था अत्यन्त तरल अवस्थामा रहेको कुरा जगजाहेर छ । यसको मुख्य कारण द्घन्द पछिको राजनैतिक परिवर्तनहरुको संस्थगत गर्ने कार्यमा भैरहेको ढिलाई र दलहरु वीचको विभिन्न सैदान्तिक मुद्घाहरुमा रहेको मतभेदहरु नै हुन् । नया संविधान निर्माण  र शाान्तिप्रकृयाको सुनिश्चितता मुलुकको वर्तमान दुई चुनौतिपूर्ण कार्यहरु हुन् । 

कसरी धनी भए गल्फ (खाडी) राष्ट्रहरु ?


अरव स्टेट अफ दि परसियन गल्फ शव्दावलीले साउदी अरव, युयई , कतार ,कुवेत , ओमन वहराईन गरि ओटा खाडी किनारका देशहरुलाई जनाउँदछ यीनीहरु गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्टहरु हुन् परसियन गल्फ किनारमा पर्ने भएर यीनीहरुलाई गल्फ राष्ट्र भनिएको हो तेल ,पिअरल तथा ग्याँसको उत्पादन वाट अन्य छिमेकि देशहरु भन्दा जिडिपिमा माथी रहेका यी देशहरुको आर्थिक वृदि दर निरन्तर वढ्दो अवस्थामा रहेको

स्मृतिपटलमा स्व.गिरिजाप्रसाद कोइराला

कृतिवाट त्यो ठूलो हुन्छ । स्वाधिन ,सार्वभौम,स्वतन्त्र र अखण्ड नेपाल वनाउन ६ दशक   संघर्ष गरेका,एकयुगभरि लागिपरेका नेताको स्वर्गारोहणको तेस्रो पुण्य तिथिको सन्दर्भमानेपाली राजनैतिकआकास अनिश्चयको भूमरिमा रहेको वर्तमान संक्रमित समयमा स्व.गिरिजाप्रसादको श्रदाञ्जली कार्यक्रम देशभर विभिन्नतरिकावाट सम्पन्न भएका समाचारहरु विभिन्न अखवारहरुवाट पढ्ने अवसर पाइयो । 

यसरी मात्र जीत — जीतको अवस्था आउन सक्दछ ।

नेपालको राजनितिक घटनाक्रम अनुमान गरेभन्दा एकदमै फरक तरिकाले विकास हुँदै गईरहेको जसको अनिश्चितताले हामी नेपालीहरुले अझै यो भन्दा वढी दुख कष्ट भोग्नु पर्ने होईन भन्ने त्रास हिजोआज झन वढ्दै गईरहेको १० वर्षे जनयुद्घवाट आक्रान्त नेपालीहरुले १२ बुँदे सम्झौतासगंै शान्ति कायम हुने आशा मनभित्र सँगाली अव दुस्ख सुख जे भए पनि आफ्नो गरेर खाने वातावरण वन्छ भन्नेमा पूर्ण विश्वास लिएका थिए

कामको कुरा गरौं ,फगत गफ नगरौं

वर्तमान समसामयीक राजनीति र यसका नेतृत्वहरुको चर्चा निमार्णाधिन नयाँ नेपालका नेपालीहरुको साँझ विहानको आशाा र निराशा मिश्रित प्रसङ्ग हो ।  थाहा छैन यो विषयमा चिन्तन गर्ने ल्याकत कति जना सगं छ भन्ने तर जाने पनि नजाने पनि यो विषय राम्ररी विज्ञापित भने भएकै छ   अन्य अर्थ नलगाई एकछिन घोतलिदा  यस्तो पनि लाग्दछ कि वहसका विषयहरु आयात गरि त ल्याईयो तर उपभोग गर्ने अथवा उपयोगिता श्रृजना गराउने निश्चित आधार ( वजार ) को अनुसन्धान नै नभएको पो हो कि  

“ जन नायक विपि अनि महामानव विपि पुर्नजन्म माग्दैछ नेपाल मातृ भूमि ’’


नदि प्रवाह जस्तै सधैं गतिमान , निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेसरप्रसाद कोईराला हो । संसारका थोरै व्यक्तित्वमा हुने विशेषता (व्यक्ति एक , व्यक्तित्व अनेक ) वोकेका विपि नेपाली धर्तीका वरदपुत्र हुन् । । विपीको असाधारण अभिव्यक्ति कला , लेख्य क्षमता , भाषिक ज्ञान र सर्मपण भाव अनि दुखदायी जीवनी पढ्दा जो कोही भावुक  हुन्छ भन्ने लाग्दछ ।  

जनयुद्घका नाईके भनिएका प्रचण्डले समेत विपीलाई आफ्नो आदर पुरुष भनि प्रधानमन्त्रित्वकालमा भावुक अभिव्यक्ति दिनु नै यसको एक प्रमाण हो ।आत्मवृतान्त , जेल जर्नल र अदालति वयानका अंशहरु पढ्दा अनि विपीका सहकर्मीहरुको विपी दृष्टिकोण अध्ययन गर्दा वाहाँ जस्तो सच्चा राष्ट्रनायक कोही नभएको वुझ्न सकिन्छ । थाहा छैन म आफैलाई कि मेरो विवेकले यी महामानव विपीको स्मृति गर्ने योग्यता राख्छ या राख्दैन तर पनि म वाहाँलाई छापाका सामाग्रीहरुकै आधारमा सम्झना गर्न गईरहेको छु । 

शान्ति सुरक्षाको चासो — दलहरुको लोक छल्ने रणनीति र प्रचारवाजी

चितवन नेपालको ७६ औं जिल्ला भनेर चिनिने अनुपम वसोवासको आर्कषक स्थल हो भन्ने कुरा धेरै  अघि देखिनै  सुपरिचित  छ । अधिराज्यभरका मानिसहरुको वसाई सराइले गर्दा यस्तो नयाँ परिचय यस जिल्लाले पाएको हो । वि.स. २०५८को तथ्याङ्क अनुसार चितवनको वसाइ सराइ दर २९।५५  रहेको वाट पनि यस कुराको पुष्टि गर्दछ ।  चितवनको जनसंख्या वनोट  यही कारणवाट  पनि अन्य जिल्लाको भन्दा धेरै फरक रहेको छ ।   

भ्रस्टचार र नियन्त्रण : एक सन्दर्भ


संविधानसभाको चुनावसँगै नेपाली जनताले अपेक्षा गरेका हरेक अवस्थाहरूको यसरी उल्टो नतिजा क्रमशः देखा पर्दैजाला भनेर सायदै कहिल्यै कल्पना गरेका थिए यदि प्रक्रियागत रूपमा परिवर्तनसँगै त्यसको प्रत्याभूति पनि भएन भने निराशाको साम्राज्य विस्तार हुन्छ भन्ने तथ्य अहिले लागू भएको यथार्थ छ । यस्तो कुनै क्षेत्र छैन, जहाँ प्रगतिको मार्गले आफ्नो बाटो प्रशस्त गरेको होस् । यस्तो कुनै गौरवशाली क्षण छैन जसबाट सन्तुष्टि हुने आधार फेला पार्न सकियोस् ।

कसले भन्दछ “ म राजनीतिज्ञ होइन भनेर ?

सन् १७८९ मा फ्रान्सेली राज्यक्रान्ति  पश्चात विश्वमा राजनैतिक संघर्षहरु एक पछि अर्को हुँदै घेरै देशहरुमा शुरु भए । युरोपमा  त्यसको पहिलो प्रभावहरु रहेको थियो । बिस्तारै यसिया सम्म पनि राजनैतिक परिवर्तनका संघर्षहरु सञ्चालनमा आए । दुई ओटा विश्वयुद्धहरु समेत मावन इतिहासमा राजनैतिक संघर्षकै रुपमा सम्पन्न भए । सबै राज्यक्रान्तिहरु समाजवादको स्थापना गर्न लक्षित देखिन्छन् । तीनीहरु केवल केहि कम्यनिष्ट समाजवाद र केहि प्रजातान्त्रिक समाजवादको आवरणमा मात्र फरक रहेका थिए ।

परिवर्तनले लाएको महंगी

डा. हरिप्रसाद कडेल

संविधानसभाको चुनावसँगै नेपाली जनताले अपेक्षा गरेका हरेक   अवस्थाहरूको यसरी उल्टो नतिजा क्रमशः देखा पर्दैजाला भनेर सायदै   कहिल्यै कल्पना गरेका थिए यदि प्रक्रियागत रूपमा परिवर्तनसँगै त्यसको   प्रत्याभूति पनि भएन भने निराशाको साम्राज्य विस्तार हुन्छ भन्ने तथ्य अहिले लागू भएको यथार्थ छ । यस्तो कुनै क्षेत्र छैन, जहाँ प्रगतिको मार्गले आफ्नो बाटो प्रशस्त गरेको होस् । यस्तो कुनै गौरवशाली क्षण छैन जसबाट सन्तुष्टि हुने आधार फेला पार्न सकियोस् ।