तीज
हिन्दु नारीहरुले मनाउने एउटा
महत्वपूर्ण चाड हो
। यो चाड
भाद्र शुक्ल तृतीया
देखि पञ्चमी सम्म
४ दिन मनाइन्छ
। तीजमा भगवान
शिवको आराधना गरिनुका
साथसाथै नाचगान र मनोरञ्जन
समेत गर्ने गरिन्छ
। नेपाली हिन्दू
महिलाहरुद्दारा स्वतन्त्र र आनन्दमय
रुपमा मनाइने तीज
अन्य धर्म र
जातजातिका नेपाली महिलाहरुले पनि
हर्षोल्लासका साथ मनाउन
थालेका छन् ।
यो पर्व मुख्य
रुपले नेपालभर मनाईन्छ
। यो चाडमा
माइतीले ( बावु,आमा,दाजुभाइ
) छोरी ,चेली लाई
घरमा बोलाएर मीठा
मीठा परिकार ख्वाउँछन्
तथा मनका भावना
एवं सुखदुख साटासाट
गरी एउटै ठाउँमा
खाने बस्ने चलन
छ ।