Showing posts with label Nepali Articles. Show all posts
Showing posts with label Nepali Articles. Show all posts

विद्यार्थी अनुत्तीर्ण हुँदा शिक्षकको केही गुम्ला, अभिभावकको त सर्वश्व जान्छ

डा. हरिप्रसाद कँडेल
प्रधानाध्यापक, भीमोदय मावि,कालिका–५, चितवन

भीमोदय माविको विशेषताहरु के–के छन् ?

कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजी माध्यममा पढाइहुने गरेको छ । कक्षा ८ को नतिजामा जिल्ला टप गरेको छ । भने एसइइ र एसएलसीको पनि नतिजा उत्कृष्ट छ । ९ र १० मा अंग्रेजी नेपाली दुबै माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यार्थीका लागि होस्टेलको व्यवस्था छ । त्यहाँ कक्षा १० का विद्यार्थी बसेर एसइइको तयारी गर्ने गर्छन् । कक्षा ८ का विद्यार्थीहरुका लागि बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन हुन्छ । उनीहरुलाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको छ । स्रोतकेन्द्रस्तरीय ३ वटा र विद्यालयले आन्तरिक ३ गरी ६ वटा परीक्षा लिने गरिएको छ । छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने गर्छौं । सबै छात्राहरुलाई स्कट निषेध गरिएको छ । पाइन्ट अनिवार्य छ । संस्थागत विद्यालयसरह झोला, जुत्ता–टाई अनिवार्य गरिएको छ । एक दिन स्कूल लोगो भएको टिसर्ट लगाउनुपर्ने व्यवस्था गरिएको छ । साउण्ड सिस्टमका आधारमा एसेम्ब्ली गरिन्छ । विद्यालयमा सुविधा सम्पन्न कन्फेरेन्स हलको व्यवस्था गरिएको छ । विद्यालयले आफू मात्रै सुधारको प्रयास गरेको नभई अन्य छिमेकी स्कूलहरुमा पनि सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । १३२५ विद्यार्थीका लागि २० सरकारी तलब खाने र २० जना आन्तरिक स्रोतका गरी ४० जनाको शिक्षक समूह छ । विद्यार्थीको अत्यधिक चापका कारण प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्नुपर्ने बाध्यता छ ।

स्थानिय शिक्षा ऐन हाम्रो सरोकार


आज नयाँ वर्षका दिन । नयाँ सोच , त्यो पनि अझ सकारात्मक सोच र चिन्तनले घर गर्ने शुभ दिन आज । एउटा विषयले मेरो मनमा लामो समय देखिनै घर गरिरहेको छ । विषय सानो छ , सामान्य छ । किन सामान्य कुराले मेरो मनमा घर गर्यो भन्नु हाृेला भन्ने संसय होला हजुरहरुलाई । उत्तर सहज छ , सरौकारवालाहरुले नै सामान्य माने पछि मैले असामान्य मानेर के गर्नु र ? यहि सामान्य विषयमा आज वहस गरौ न त । 

महिलाहरुको स्वतन्त्र र दमनको समिश्रण पर्व : तीज



 तीज हिन्दु नारीहरुले मनाउने एउटा महत्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल तृतीया देखि पञ्चमी सम्म ४ दिन मनाइन्छ । तीजमा भगवान शिवको आराधना गरिनुका साथसाथै नाचगान र मनोरञ्जन समेत गर्ने गरिन्छ । नेपाली हिन्दू महिलाहरुद्दारा स्वतन्त्र र आनन्दमय रुपमा मनाइने तीज अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । यो पर्व मुख्य रुपले नेपालभर मनाईन्छ । यो चाडमा माइतीले ( बावु,आमा,दाजुभाइ ) छोरी ,चेली लाई घरमा बोलाएर मीठा मीठा परिकार ख्वाउँछन् तथा मनका भावना एवं सुखदुख साटासाट गरी एउटै ठाउँमा खाने बस्ने चलन छ । 

जग्गा दलाली र दृष्टि प्रकरण : सामाजिक शोषण




अर्थशास्त्रमा व्यापार हुन कानुनी लगानी गरिएको व्यवसाय हुनु पर्दछ र त्यसको नियमित कारेवारवाट आएको नाफा मात्र आयको श्रोत मानिन्छ । अंग्रेजी शव्द commission र brokerage को अर्थ दलाली हो र यसलाई निश्चित दरको आधारमा निश्चत आम्दानीमा लिने सेवा शुल्क भनिन्छ । विक्रेताको जागरिेले विक्रि परिणामवाट कमिसन पाउँछ । त्यस्तै लाईसेन्स प्राप्त व्रोकरहरुले मात्र रियल स्टेट कारोवार गर्न पाउँछन् । निश्चित विक्रि रकमवाट यस्तो शुल्क निर्धारण गरिन्छ जसलाई दलाली शुल्क (tout) भनिन्छ र त्यसमा भ्याट समेत लाग्दछ । BAC @ r%  र SAC @ r% को सूत्रवाट यस्तो कमिसन निर्धारण हुन्छ । अनि वल्ल त्यस्तो आम्दानी लाई श्रोत सहितको वैधानिक आम्दानीको मान्यता दिइएको छ ।

थारु – पहाडिया , “काका काकी र वाजे वज्यै” साईनोले हुर्काएको जातिय सद्भाव



मेरो परिवार २०३३ सालमा चितवनको पदमपुरमा म्याग्दीको अर्मन भन्ने ठाउँवाट वसाई सरि आएको हो ।   त्यसैले मेरो वुबालाई अर्मने भनेर गाउँवासीले चिन्दछन् । शन्तप्रसाद भन्नेको घर जग्गा किनेर शुरु भएको  हाम्रो पदमपुरको घरजम अहिले सम्म पनि स्थायी रुपमा कायमै छ । त्यसवेला पदमपुरको भूमि पूर्णत थारु जातिकै स्वामित्वमा रहेको कुरा मेरो वुवा वताउनु हुन्छ ।अहिले पनि मेरो वडाको ९० प्रतिशत जनघनत्व थारु जातिकै छ । औलो संग लड्ने थारु जातिको साहासी जीवन गाथा ऐतिहासिक रहेको छ । जल, जङ्गल र जमनि जस्ता प्राकृतिक सम्पदा मानौ उनीहरुकै लागि वनाइएको थियो । धोती र खुर्पेटो हँसिया पुरुषको पहिचान अनि कछाड र टाटु देखिने शरीर महिला पहिरहन यो जातिको पुरानो चिनारी अव त लोपोन्मुख देखिदै छ ।सङ्गठित र सुडाल शारीरिक वनावट भएका यीनीहरु परिश्रमि र स्वभावमा अति मिलनसार हुन्छन् । खेतिपाती यीनीहरुको मुख्य पेशा रहेको छ । कृषि उत्पादनमा यस जातिको ठूलो भूमिका रहेको छ । खेतिपातीमा यीनीहरु अति जाँगरिला हुन्छन् । थारु जाति सङ्गठित भई एकै ठाउँमा गुजमुज्ज घर वनाई वस्न मन पराउँदछन् ।

जन नायक विपि कोइराला : ३१औ स्मृति दिवस सन्दर्भको सेरोफेरो


नदि प्रवाह जस्तै सधैं गतिमान , निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेसरप्रसाद कोईराला हो । संसारका थोरै व्यक्तित्वमा हुने विशेषता (व्यक्ति एक , व्यक्तित्व अनेक ) वोकेका विपि नेपाली धर्तीका वरदपुत्र हुन् । । विपीको असाधारण अभिव्यक्ति कला , लेख्य क्षमता , भाषिक ज्ञान र सर्मपण भाव अनि दुखदायी जीवनी पढ्दा जो कोही भावुक  हुन्छ भन्ने लाग्दछ ।  जनयुद्घका नाईके भनिएका प्रचण्डले समेत विपीलाई आफ्नो आदर पुरुष भनि प्रधानमन्त्रित्वकालमा भावुक अभिव्यक्ति दिनु नै यसको एक प्रमाण हो ।आत्मवृतान्त , जेल जर्नल र अदालति वयानका अंशहरु पढ्दा अनि विपीका सहकर्मीहरुको विपी दृष्टिकोण अध्ययन गर्दा वाहाँ जस्तो सच्चा राष्ट्रनायक कोही नभएको वुझ्न सकिन्छ । थाहा छैन म आफैलाई कि मेरो विवेकले यी महामानव विपीको स्मृति गर्ने योग्यता राख्छ या राख्दैन तर पनि म वाहाँलाई छापाका सामाग्रीहरुकै आधारमा सम्झना गर्न गईरहेको छु । 

ग्रीसको अर्थतन्त्र र वर्तमानमा यसले श्रृजना गरेका चुनौतीहरु


वालकान समुन्द्रको काखैमा रहेको टापुहरुको देश भनेर पनि चिनिने ग्रीसको जनसङ्ख्या  १०,७८७,६९०  रहेको छ । विश्वमा यो देश प्रतिव्यक्ति आयमा ३३औं तथा नोमिनल जिडीपीमा ३२औं स्थानमा पर्दछ । याहाँ संसदिय गणतन्त्रात्मक राजनैतिक शासन व्यवस्था रहेको छ । यो विश्वको ऐतिहासिक स्थल पनि हो । आर्थिक वनावट हेर्दा सर्भिस सेक्टरले ७८.८ प्रतिशत , उधोगले १७.९ प्रतिशत र कृषिले केवल ३.३ प्रतिशत मात्र हिस्सा ओगटेको छ । १३ क्षेत्र र ३२५ नगरपालिकाहरुमा यसको प्रशासनिक विभाजन रहेको छ ।
 १९ जुन २००० मा ग्रीसले युरोपियन युनियनको सदस्यता पाएको थियो । सन् १९९९ मा झुटो आर्थिक विवरण पेश गरेर सदस्यता लिन सफल भएको तथ्य अहिेले मात्र सार्वजनिक भएको छ । र्जज पाण्डेराको पार्टी र न्यु डेमोक्रेटिक पार्टीको अस्तित्व वढी रहेको छ । हाल यी दुवै पार्टीहरुको लोकप्रियता धेरैनै गिरेको छ ।  अहिले कुल वजेटको १५.४ प्रतिशत राष्ट्रिय ऋण तथा कुल जिडाीपीको १२६.८ प्रतिशत नागरिक ऋणको भार ग्रीसले वोक्न पुगेको छ ।

विकास , शीरको कालो टोपी र अवको चितवन कांग्रेस


नेपाल विश्वकै कान्छो गणतन्त्रात्मक देशको रुपमा स्थापित राष्ट्र हो । विश्वकै ठूलो लोकतान्त्रिक देश भारत र विश्वकै ठूलो कम्युनिष्ट देश चिनको वीचमा रहेको हाम्रो देशको वर्तमान राजनैतिक अवस्था अत्यन्त तरल अवस्थामा रहेको कुरा जगजाहेर छ । यसको मुख्य कारण द्घन्द पछिको राजनैतिक परिवर्तनहरुको संस्थगत गर्ने कार्यमा भैरहेको ढिलाई र दलहरु वीचको विभिन्न सैदान्तिक मुद्घाहरुमा रहेको मतभेदहरु नै हुन् । नया संविधान निर्माण  र शाान्तिप्रकृयाको सुनिश्चितता मुलुकको वर्तमान दुई चुनौतिपूर्ण कार्यहरु हुन् ।