डा. हरिप्रसाद कँडेल
प्रधानाध्यापक, भीमोदय मावि,कालिका–५, चितवन
प्रधानाध्यापक, भीमोदय मावि,कालिका–५, चितवन
भीमोदय माविको विशेषताहरु के–के छन् ?
कक्षा नर्सरीदेखि १० सम्म अंग्रेजी
माध्यममा पढाइहुने गरेको छ । कक्षा ८ को नतिजामा जिल्ला टप गरेको छ । भने
एसइइ र एसएलसीको पनि नतिजा उत्कृष्ट छ । ९ र १० मा अंग्रेजी नेपाली दुबै
माध्यममा पठनपाठन हुँदै आएको छ । विद्यार्थीका लागि होस्टेलको व्यवस्था छ ।
त्यहाँ कक्षा १० का विद्यार्थी बसेर एसइइको तयारी गर्ने गर्छन् । कक्षा ८
का विद्यार्थीहरुका लागि बिहान ६ देखि बेलुका ६ बजेसम्म कक्षा सञ्चालन
हुन्छ । उनीहरुलाई विद्यालयमै खाना खाने व्यवस्था मिलाइएको छ ।
स्रोतकेन्द्रस्तरीय ३ वटा र विद्यालयले आन्तरिक ३ गरी ६ वटा परीक्षा लिने
गरिएको छ । छात्राहरुलाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने गर्छौं ।
सबै छात्राहरुलाई स्कट निषेध गरिएको छ । पाइन्ट अनिवार्य छ । संस्थागत
विद्यालयसरह झोला, जुत्ता–टाई अनिवार्य गरिएको छ । एक दिन स्कूल लोगो भएको
टिसर्ट लगाउनुपर्ने व्यवस्था गरिएको छ । साउण्ड सिस्टमका आधारमा एसेम्ब्ली
गरिन्छ । विद्यालयमा सुविधा सम्पन्न कन्फेरेन्स हलको व्यवस्था गरिएको छ ।
विद्यालयले आफू मात्रै सुधारको प्रयास गरेको नभई अन्य छिमेकी स्कूलहरुमा
पनि सुधारका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । १३२५
विद्यार्थीका लागि २० सरकारी तलब खाने र २० जना आन्तरिक स्रोतका गरी ४०
जनाको शिक्षक समूह छ । विद्यार्थीको अत्यधिक चापका कारण प्रवेश परीक्षा
लिएर विद्यार्थी भर्ना गर्नुपर्ने बाध्यता छ ।