नेतृत्व गर्ने व्यक्ति सक्षम भयो भने कुनैपनि संस्था वा संगठन बलियो हुन धेरै समय कुर्नुपर्दैन । चितवनको भीमोदय माध्यमिक विद्यालयमा देखिएको परिवर्तनले स्कुलका प्रार्चाय डा. हरिप्रसाद कंडेल एसिया लिडरसीप अवार्ड पाउन सफल भएका छन ।