यस्ता राज्यक्रान्तिका अगुवा ब्यक्तिहरु मध्ये
केहिले हिंसात्मक बाटो र दमन नीति अख्तियार गरे भने केहिले अहिंसा र शान्तिपूर्ण
आन्दोलन नीति अख्तियार गरे । ढिलो वा चाँडो दुवै सिद्धान्तहरुले राज्यक्रन्ति गर्न
सफल भएको इतिहास छ । तर क्रान्ति पश्चात लक्षित गरेको ‘समाजवाद’ संस्थागत्
गर्नबाट भने धेरै नेतृत्वहरु असफल रहेको इतिहास छ ।
सन् १९३४ मा भारतको पटनामा काँग्रेस सोसलिष्ट
पार्टी स्थापना भएको थियो । त्यस संगठनमा जन नायक वि.पी. कोइराला संगठित हुनुभएको
कुरा पढ्न पाईन्छ । आचार्य नरेन्द्र देव, जयप्रकाश नारायण र राममनोहर लोहिया त्यस संगठनका नेता र सिद्धान्तकार थिए ।
वि.पी. कोइरालाको राजनैतिक शिक्षामा पनि यिनीहरुकै प्रभाव परेको थियो । झण्डै आज
भन्दा ७५ वर्ष अघिको कुरा थियो यो । नेपाली राजनीतिका महानायक , जननायक वि.पी. कोइरालाको समाजवाद नीति नै
हाम्रो समाजवादी धारणा हो । हामी यसैका
अनुयायी हौँ ।
जनताको मुक्ति गर्न याताना सहन तयार हुने, प्रवासिन तयार हुने, जेल जान तयार रहने र जीवन भरि संघर्ष गर्ने हिजोका नेताहरुमा ब्यक्तिगत महत्वाकांक्षा देखिन्नथ्यो । नेपाली राजनीतिमा २००७, २०३६, २०४६ र २०६२÷०६३ क्रान्तिका महत्वपूर्ण वर्षहरु रहे । यिनीहरु नेपाली काँग्रेसका गौरवपूर्ण र ऐतिहासिक क्षणहरु हुन् । यी सवै संघर्षहरु नागरिक अधिकार र नागरिक शासन स्थापना गर्न नै अघि बढेका हुन् । जनताहरु आफ्नो अधिकार प्राप्तीको शासनलाई निर्विकल्प शासन ठान्दछन् । त्यसैेले यी मुद्दाहरुमा जनता सबै आन्दोलनमा होमिन्छन् र क्रन्तिहरु सफल हुन्छन् ।
राजनीति सर्वश्रेष्ठ नीति हो भन्ने गरिन्छ र हो
पनि तर वर्तमान राजनैतिक सन्दर्भमा नेपाली राजनीति प्रति जनताहरुको दृष्टिकोण
नेतृत्व गर्ने नेताहरुको अनुदार व्यवहार र सिद्धान्त विचलनताबाट नकारात्मक हुँदै
गएकोछ । दलका नेताहरु राज्य अवस्था प्रति संवेदनशिल नभएको अवस्था झन–झन् बढ्दै गइरहेकोछ । यसले अशुभ घटना
निम्त्याउने संकेत नेपाली राजनीतिको क्षितिजको वर्तमान राज्य शुन्यताको अवस्थालाई
मान्न सकिन्छ ।
चियापसलहरुमा आफूलाई राजनीतिको पारङ्गत मान्ने
र गफ हाँक्ने ब्यक्तिहरुको स्वभाव बढ्दो छ । प्रत्येक दलका कार्यकर्ताहरु स्थानीय
नेताको अभिनय गरिरहेका छन् । उनीहरु जनताको दुःख र राज्य अवस्था भन्दा आफ्नो दलका
अमूक नेताहरुको समर्थन वा विरोध गरिरहेका देखिन्छन् । फलानो भन्दा म पहिले जन्मेको,
छिटो राजनीति गरेको, अवधि धेरै भएको भन्ने जस्ता तथ्यहिन आधारबाट आफ्नो सक्षमता
र योग्यताको दाबी गर्नेहरुलाई राजनीतिज्ञको संज्ञा दिन खोजिएको वर्तमान राजनीतिबाट
धेरै आशा गर्ने कुनै ठाँउ छँदै छैन । २४ घण्टा प्रत्येक ब्यक्तिलाई ‘भोटर’ हो÷होइन भन्ने दृष्टिकोणबाट
हेर्ने वर्तमान सामाजिक राजनीति विभेदपूर्ण र अहितकारी एवं सिद्धान्तहिन छ भन्नु
पर्दछ । आफूलाई शिक्षित र अरुलाई दिक्षित गर्न खोज्नेहरु पनि राजनैतिक बिचार र
दर्शनको अध्ययन गरी त्यसलाई सम्प्रेषण गर्न भन्दा ब्यक्तिहरुको भ¥याङ बनेको देख्दा समाज रुपान्तरणको गति अझै
विश्राममुखी रहेको आभास हुन्छ ।
चिया पसलमा गफ गरेर समय विताउनु भन्दा आफूलाई राजनैतिक
दर्शन अध्ययनमा जुटाउने, सृजनाहरु लेख्ने,
आफ्नो
टोल÷छिमेकमा के–कस्ता सुधार कसरी गर्न सकिन्छ भन्ने गहन सोच–चिन्तन लिने र समाजलाई पथप्रदर्शन गर्ने प्रयास
गरे अरुले सम्मान गर्ने वातावरण बन्न सक्थ्यो होला । जर्मनमा जन्मेका कार्लमाक्सले
२३ वर्षमा नै भौतिकवादमा डाइरेक्टर उपाधी लिएको कुरा यहाँ उल्ल्ोख गर्न सान्दर्भिक
रहला । उनले पत्रकार भएर चेतना फैलाउँदा फ्रान्समा प्रवासिनु प¥यो । फ्रान्समा पनि युवा भड्किने डरले उनी
प्रजातन्त्रको काख बेलायतमा गएर आफ्नो अध्ययनमा पुरा समय लगाएका थिए । ब्रिटिश
हिस्ट्रि म्यूजियम पुस्तकालयमा उनको धेरै समय बितेको थियो । त्यहीँ बसेर
कम्युनिष्ट दर्शन मानिने Dos Capital / Manifesto of the Communist
Party जस्ता विशव किर्तिमानी
पुस्तक रचना गरेका थिए । उनी राजनीतिज्ञ होइनन् । उनी त अर्थशास्त्री र दार्शनिक
थिए । कम्यनिष्टहरु कार्लमाक्सलाई नेता भन्दछन् तर उनी नेता होइनन् ठूला अध्येता र
सिद्धान्तकार हुन भन्ने बुझ्नु पर्दछ । उनको बिचार भन्दा पनि उनको लगनशिलता र
त्याग अनुशरणिय लाग्छ ।
जननायक वि.पी. कोइराला पनि ठूला अध्येता थिए ।
उनको आत्मवृतान्तमा उनले विश्वका ठूला राजनैतिक दर्शनहरु अध्ययन गरेको प्रसङ्गहरु
पढ्न पाइन्छ । उनले नेपाली साहित्यमा समेत ठूलो योगदान पु¥याएको इतिहास जीवितै छ । उनको अध्ययनशिल स्वभाव र सकृयताबाट
वि.पी. ले नेपाली समाजवाद
आविस्कार गरेका
थिए । कार्लमाक्सको कम्युनिष्ट बिचारलाई फेड्रिक एन्जेल्सले अझै परिस्कृत गरेको
थिए । Das Capital लेख्न सघाउने प्रमूख ब्यक्ति एन्जेल्स थिए भन्ने कुरा पढ्न
पाइन्छ । कम्युनिष्टहरु एन्जेल्सलाई पनि नेता भन्दछन् तर उनि शासक भएनन् कहिल्यै ।
महामानव वि.पी. को नेपाली समाजवादलाई सि.के.
प्रसाई, कृष्ण खनाल र यज्ञ
अधिकारीहरुबाट बिस्तार गर्ने काम भएको
पाईन्छ । हाल प्रदिप गिरी ज्यूबाट पनि यसको थप ब्याख्या गर्ने अमूल्य काम भैरहेको
छ । नरहरी जी पनि साथमा हुनुहन्छ । त्यसैले नेपाली समाजवाद कस्तो हुने भन्ने बारेमा
हाम्रा चिन्तनहरु बढाउन सके र समय त्यता खर्चिन सक्दा गहन विचारहरु सृजना हुने थिए
कि ? अनि हाम्रो बिचार
समाजभित्र प्रसारित हुने थियो कि ?
गाउँका कार्यकर्ताहरुसँग मेरो सम्पर्क ज्यादै
कम छ । म सँधै घरबाट सुकिलो लाएर चोक वजार झर्छु, चियापसलमा बस्छु, अरुको कुरा काट्छु, आपूm केहि गर्दिन तर अरुलाई सानो बनाउन खोज्दछु,
चोक वजार कार्यथलो मान्दछु । घर–गाँउमा कति बिरामीहरु छन्, कतिलाई पारिवारिक समस्या होला, पुजा÷आजा होला , सहकारीहरु होलान,
स्कूलहरुमा समस्या होलान, बाटो बिग्रिएका होलान, खानेपानीको समस्याहरु होलान, स्वास्थ्य चौकीमा समस्यहारु होलान, गाँउघरमा सदभाव खलबलिएको छ भन्ने तिर मेरो कुनै ध्यान
पुग्दैन । म चिया खान छिमेकमा जान पाए ,उ सँग एकछिन भलाकुसारी गर्न पाए ,उसको मन बिसाउने चौतारी बन्दिन पाए म धन्य हुन्थे । तर मलाई फुर्सद छैन नी यी
कुराहरु गर्न । फेर म यस्ता साना कुराहरुमा अल्झिदा त देश बिग्रीहाल्छ नी । मैले
देश सोच्नु पर्दछ, गाँउ घर होइन नी
। झुपडीका सकुम्बासीको जिविका प्रतिको चिन्ता, दलितहरुको समाजिक हेपाई प्रति मेरो कर्तव्य, लैङ्गिक भेदभाव, बालविवाह र कुरितिहरु उन्मुलन प्रति मेरो संलग्नता छैन ।
म यस्ता कार्यमा लाग्ने मान्छे हुँ र ? यो त राज्यले गर्ने होइन र ? म यस्ता काममा लागे त मञ्चहरुमा अतिथि को हुने
नि ? म नभए म नगए मेरो ठालु
पना कसरी संरक्षित हुन्छ ? फेरी ती कार्यहरु
त गाँउका कार्यकर्ताहरुको हो नि त । जनताहरुले यि कुराहरु बुझ्नु पर्दछ । म त मत पत्रमा,
पम्पलेटहरुमा, पोष्टरहरुमा जनताको घरका भित्ताहरुमा, भोटरहरुको हातमा एक पटक त पुगेकै छु नि ।
उनिहरुले आवश्यकता ठाने मलाई बोलाउनु प¥यो नि, नबोलाई कसरी जाने त ?
मैले यसरी नै राजनीतिमा वषौँ बिताएँ । म नेता बनेकै छु । माने पनि
नमाने पनि म नेता नै हुँ । कसलाई थाहा छैन म रातदिन यहिँ हुन्छु । मैले यसरी धेरै
सेवा गरेको छु । अझै यसरी बाँचुञ्जेल सेवा गरी रहन्छु । म धन्य छु, म लोकप्रिय छु । कसले भन्दछ “म” राजनीतिज्ञ होइन भनेर ?