चितवन नेपालको ७६
औं जिल्ला भनेर चिनिने अनुपम वसोवासको आर्कषक स्थल हो भन्ने कुरा धेरै अघि देखिनै
सुपरिचित छ । अधिराज्यभरका मानिसहरुको वसाई सराइले गर्दा
यस्तो नयाँ परिचय यस जिल्लाले पाएको हो । वि.स. २०५८को तथ्याङ्क अनुसार चितवनको
वसाइ सराइ दर २९।५५ रहेको वाट पनि यस
कुराको पुष्टि गर्दछ । चितवनको जनसंख्या
वनोट यही कारणवाट पनि अन्य जिल्लाको भन्दा धेरै फरक रहेको छ ।
चितवनको नारायणगढ वजार काठमाण्डौं र देशका अन्य शहरहरुमा जाने केन्द्र नाका भएको कारण पनि चितवनमा दैनिक हरेक प्रकारका मानिसहरुको घुस पैठ सहज वनिरहेको छ । विधमान राजनैतिक संक्रमणकाल , अनियन्त्रित शहरीकरण, द्रुत आर्थिक कारोवार , प्राविधिक विकाश, खुल्लापन , उदारवादी जस्तो देखिने शासन व्यवस्था तथा वढ्दो वेरोजगारी तथा पेशेवर अपराधीहरुको गिरोहहरुको गतिविधिका कारण चितवनमा परम्परागत र विविध नयाँ शैलि एवम् नयाँ क्षेत्र र नयाँ प्रकृतिका अपराधहरुको वढोत्तरी भएको देखिन्छ ।
चितवनको नारायणगढ वजार काठमाण्डौं र देशका अन्य शहरहरुमा जाने केन्द्र नाका भएको कारण पनि चितवनमा दैनिक हरेक प्रकारका मानिसहरुको घुस पैठ सहज वनिरहेको छ । विधमान राजनैतिक संक्रमणकाल , अनियन्त्रित शहरीकरण, द्रुत आर्थिक कारोवार , प्राविधिक विकाश, खुल्लापन , उदारवादी जस्तो देखिने शासन व्यवस्था तथा वढ्दो वेरोजगारी तथा पेशेवर अपराधीहरुको गिरोहहरुको गतिविधिका कारण चितवनमा परम्परागत र विविध नयाँ शैलि एवम् नयाँ क्षेत्र र नयाँ प्रकृतिका अपराधहरुको वढोत्तरी भएको देखिन्छ ।
कानुन वमोजिम
सजाय हुने समाज,धर्म ,नैतिकता आदी विरुद्व गएर अरुलाई हानी पु्याउने
कामलाई अपराध भनिन्छ र यस्तो कार्य गर्ने व्यक्तिलाई अपराधी भनिन्छ । यसले सामाजिक
जनजीवन र शान्तिमा प्रत्यक्ष दख्खल पु्याउछ । सामाजिक मान मर्यदा तथा मूल्य
माान्यतामा हस ल्याउँदछ ।यस्तो कार्यलाई जनविराधी र दण्डनीय माािन्छ । प्राय
अपराधहरु आर्थिक प्रलोभन र यौन वासनावाट वढी प्रेरित भएको अनुसन्धानले देखाएको छ ।
सभ्य र कानुनी शासन भएको समाजमा अपराधले प्रसय पाउन सक्दैन तर हाम्रो जस्तो
दण्डहिनताको स्थिति भएको देशमा भने शुसासनको अवस्था निराशाजनक वन्दै गएको अवस्थाले
सवैलाई पिरोली रहेको छ ।
धनिहरुमा उच्च आर्थिक केन्द्रिकारण र मध्यम
वर्गको समेत आर्थिक पौच वढ्दै गएपछि खानपान तथा रहनसहनमा व्यापक परिवर्तन आएको छ ।
मोटरसाइकल , तडकभडक पोशाक ,मोवाईल र डिस्को दोहोरी तथा अन्य मनोरञ्जन युवा
वर्गको अनिवार्य आवश्यकता जस्तो वनिसकेको
छ । यसवाट नहुने वर्ग तथा नियमित खर्च धान्न नसक्नेहरुमा जसरी पनि समकक्षि सरह
वन्नै पर्ने महत्वकाँक्षाले गर्दा गैर आर्थिक तथा गैरकानुनी क्रियाकलापहरुमा
लाग्नुको विकल्प नदेख्ने प्रवृति उच्च दरमा वढिरहनु वर्तमान सामाजिक चुनौति हम्रा
लागि डरलाग्दो देखिएको छ । यस चुनौतिलाई
आत्मसात गरि अपराध नियन्त्रणका नयाँ कार्यक्रम को विकास र कार्यान्वयन आजको
अपरिहाह्य आवश्यकता पुरा गर्न गराउन सवेै पक्षहरुको सहभागिता अनिवार्य रहेको छ ।
यसको लागि सुरक्षा निकाय ,पत्रकार , राजनैतिक दल र
नागरिक समाज आदीको सामूहिक सक्रियताको खाँचो रहेको छ ।
आर्थिक चन्दा ,
लुटपाट , वाल वलत्कार , यौन धन्दा , भू माफियाहरु
, यातायात
वल्याकमेलिङ , अपराधी छुटाउने
प्रहरी त्था न्यायलय कमिसन गिरोह एवम
गुण्डागर्दीले चितवनको शुसासन केहि वर्षयतावाट नराम्रो संग विथलिएको छ । सोझा र
निमुखाहरुको सेवा दिने निकायहरुको अभावपूर्ण
स्थिति आईसकेको महसुस हुदै छ । अपराधिक क्रियाकलापहरुको नियन्त्रण गर्ने
न्यायीक तथा अर्ध न्यायीक निकायका प्रमूखहरु समेत आर्थिक रुपमा अपराधीहरुवाट
प्रभावित रहने गरेको अवस्थाले स्थिति थप विकराल वन्देै जाने मार्गचित्र देखिएको छ
।
पहिल्लो समय
कविलास ५ मा सञ्जय लामाको गोली हानी हत्या, पोखरा वस पार्कमा यातायात कर्मी शंन्तोष
श्रेष्ठको खुकुरी हानी हत्या र टिकौलीमा कानुन व्यवसायी कमलनाथ पाठक माथी साङघातीक
खुकुरी आक्रमण जस्ता शृङखलावद्द हिंसात्मक क्रियाकलापले चितवनवासीमा व्यापक
संत्रास फैलिएको छ । वजार क्षेत्रमा कति खेर के हुन्छ भनेर अनुमान गर्न नसक्ने
स्थिति उत्पन्न भएको छ । अभिभावकहरु आफ्ना छोरा छोरिहरुलाई कुन वेला के हुने हो
भन्ने कुराले मनोवैज्ञानिक रुपमा पिडित वनिरहेका छन् । त्यसमाथि हत्या हिंसालाई
राजनैतिक रुप दिएर पछि त झन राजनीतिक कर्मीहरुमा समेत परिवन्दमा परिने पो हो कि
भन्ने त्रास छाएको छ । आस्थाकै आधारमा प्रतिशेद्य साँच्ने कार्य वढ्ने अवस्था
देखिएकोछ । मर्ने मारिनेहरु कुनै न कुनै राजनैतिक दलका समर्थक भएका कारण र दलिय
विरोध तथा मौनताको अवस्था वृद्विले वास्तविक पिडित परिवारले आम सहानुभुति पाउन
नसक्ने परिस्थिति वन्दै जानु लोकलाई लाज लाग्दो भएको छ ।
शान्ती सुरक्षा
रात रात विग्रिने र रात रात नियन्त्रण हुने कुरा होईन । कालन्तरको नियन्त्रण
प्रयास तथा सुधारवाट मात्र कानुनी शासन वहाली हुन्छ । अपराधीको नियन्त्रण भन्दा
अपराधिक वृतिको अन्त्य ठूलो विषय हो । हिजो आज राजनैतिका नेताहरुवाट साना तिना अपराधहरुलाई गाउँ घरमै मिलाउने र
अपराधी संरक्षण गर्ने कार्यमा व्यापक वृद्वि भएको छ । यस संस्कार प्रति समयमा सचेत
नहुनाले अपराधिक प्रकृतिले पोत्साहन पाउदै गएको छ । यति मात्र होइन यस्ता
अपराधीहरुले अव त पार्टी पङतीमा समेत वर्चस्सो राखिसकेको अवस्था छ । यीनीहरु सँग
मनि तथा मसल दुवै भएको अवस्थावाट राजनीतिमा समेत अवसरवाद र निष्ठाहिनता वढ्दै छ ।
राजनैतिक वातावरण दिनानु दिन धेरै विकृत
वन्दै गएको छ । यसले समग्र राजनैतिक अवस्था तरल तथा घृणित वनाइदिने स्थिति तयार
भैसकेको अवस्था छ ।
स्वच्छ र
निश्पक्ष राजनैतिक व्यवस्थावाट मात्र सुशासन प्रारम्भ गर्न सकिन्छ । दिन भर
अपराधिहरुले कमाएको कालो धनवाट होटलहरुमा पार्टि गर्ने संस्कृति हाम्रा दलका नेतृत्वहरुको परिचय नेै वनेको छ । यसले आम निष्ठा र सिद्धान्त
लोपोन्मुख गराउँदै लगेको छ । स्वभाविक रुपमा यसले शान्ति सुरक्षा विगारीरहेको छ ।
दलका नेतृत्व स्वयम यीनीहरुवाट घेरिन
थालेपछि मात्र यीनिहरुको होस आएको देखिन्छ । माकुरालाई वच्चाहरुmले सिध्याँउछ भने झैँ आज दलका नेताहरु स्वयम
असुरक्षित भए पछि प्रशासन राम्रो भएन भनेर अरुलाई दोष दिन पत्रकार सम्मेलन र घेराउ
कार्यक्रम अगाडि बढाउदैछन् । के यीनीहरु भोली देखि अपराधी छुटाउन सिडियो , एसपी , सरकारी वकिल तथा न्यायधिसकाहाँ जाँदैनौ भनि लिखित प्रति
वद्धता जनउन सक्दछन् त ? मिडियासगं यो कुराको कवोल गर्न सक्दछन् त ? कदापी सक्दैनन् । वाहिर एउटा कुरा गर्दछन भित्र
भने कार्यक्तालाई घेराउ र चककाजाम गर्न यिनैले सिकाउँदछन् । यीनीहरुको शाान्ति
र्याली तथा भाषण सज्जनहरुको लागि देखाउने अपराधविराधी छौं भन्ने एउटा राम्रो
स्टन्ट मात्र हो । पिडित परिवार र नागरिक
समाजका लागि यो गोहीको आँखाको आसु जस्तै देखावटी सिवाय केहि होईन । तत्काल यसमा यिनिहरुको लोक छल्ने रणनिति र
प्रचारवाजी मात्र भएको वुभ्mिन्छ ।