जनयुद्घका नाईके भनिएका प्रचण्डले समेत विपीलाई आफ्नो आदर पुरुष भनि प्रधानमन्त्रित्वकालमा भावुक अभिव्यक्ति दिनु नै यसको एक प्रमाण हो ।आत्मवृतान्त , जेल जर्नल र अदालति वयानका अंशहरु पढ्दा अनि विपीका सहकर्मीहरुको विपी दृष्टिकोण अध्ययन गर्दा वाहाँ जस्तो सच्चा राष्ट्रनायक कोही नभएको वुझ्न सकिन्छ । थाहा छैन म आफैलाई कि मेरो विवेकले यी महामानव विपीको स्मृति गर्ने योग्यता राख्छ या राख्दैन तर पनि म वाहाँलाई छापाका सामाग्रीहरुकै आधारमा सम्झना गर्न गईरहेको छु ।
राणा शासन ढालेर देशमा प्रजातन्त्र स्थापना
गर्ने राजनैतिक आन्दोलनमा होमिएका सर्बाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला
२००३ सालमा नेपाली कांग्रेसका एक मुख्य संस्थापक मात्र होइनन् ,कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका प्रमुख प्रवक्ता
र व्याख्याकार पनि हुन् । तत्कालीन राणा शासकहरुको आँखामा बिझेपछि भारत निर्वासित
भएका समाज सुधारक पितासगै प्रबासमा अंग्रेज हटाऊ आन्दोलनबाट राजनीतिमा होमिएका
बीपी कोइरालाले नेपालमा राणा शासन बिस्थापित गरी प्रजातन्त्रको बहालीका लागि
देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका खेलेका थिए । २००७ सालमा प्रजातन्त्र
स्थापनाका लागि भएको राजनीतिक आन्दोलनको सफलतापछि अन्तरिम सरकारका गृह मन्त्री
भएका बीपी कोइराला नेपाली कांग्रेसको मात्र नभै नेपालकै सबैभन्दा लोकप्रिय नेताका
रुपमा राजनीतिको केन्द्रमा थिए । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा दुई तिहाई
भन्दा बढी मत आर्जन गर्ने नेपाली कांग्रेसको नेताका रुपमा प्रधानमन्त्री चुनिएर
बीपीले २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण नभएसम्म पहिलो जननिर्वाचित सरकार
सञ्चालन गरेका थिए ।
संसारका समृद्घ
मुलुकहरु त्यसदेशको राजनीतिक स्वच्छन्दता र इमानको परिणति हुन भन्दा फरक नर्पला ।
राजनीति नेतिकताको एउटा वलियो धरातल हो
अनि विवेकशिल व्यक्तिहरुको महासभा हो । कानुनको धरातलमा टेकेर जनताको भलाईको लागि
गरिने अशल कृत्य राजनीति हुनु पर्दछ । तर नेपाली समाज अझै अचेत र अर्धचेतनको
स्थितिमा गुज्रिरहेको छ । मानिसहरु भीडको पछि दौडने स्थिति अझै विधमान नै छ ।
भविश्य र वास्तविकता भन्दा पनि तत्कालिन प्रचारवादी कुराको पछाडी दौडने समाजिक
अवस्था रहदा सम्म विपी जस्ता असाधारण र ऐतिहासिक युग पुरुषको महिमा गाथाको
महत्ववोध हुन सक्छ भन्ने कुरा अझै केहि समय लाग्न सक्ला तर नेपाली जनताले त्यो दिन
धेरै पखर्नु पर्ने छैन । मुलुक जति जति खराव स्थितिमा गुज्रदै जान्छ ,जनताहरु तव टाउकोमा हात राखेर असल नेताको खोजि
र महिमा गानको स्थितिमा पुग्ने छन् ।
“कहिलेकाही त
यस्तो मान्छेलाई हामीले कसरी १० वर्षे युद्घ राजनीतिको नायक वनायौं र याहाँ सम्म
आइपुग्यौं भन्ने पनि लाग्छ । कहिले एउटा र कहिले अर्कोलाई उचाल्ने र पछार्ने ,
जालझेल, कपट ,षडयन्त्र,चौविसै घण्टाआफु र आफ्नो परिवारवारे मात्रै सोच्ने , सुख सुविधा मोजमस्ति भन्दा अरु अहिले प्रचण्ड
जी सित केहि भए ररहे जस्तो लाग्दैन .....। यताका ४ वर्षमा प्रचण्डले आफुलाई
ज्ञानेन्द्रशाहको नयाँ अवतारको रुपमा वुझ्न रवुझाउन खोजे । ...अव प्रचण्डवाट
क्रान्तिकारी विचारको नेतृत्व लिने स्थिति छैन । ...वादशाहलाई घोडावाट खसाल्नै
पर्छ । ’’ (डा. ऋषिराज वराल,
अन्नपूर्णपोष्ट) । नेपाली
जनताहरुलाई नाटकिय रुपमा क्षणिक राजनैतिक प्रभाव पारेका कमरेड प्रचण्ड प्रतिको
जनभावना माथिका भनाईले प्रष्ट्याई सकेको छ । आम जनताहरु जसका कारणवाट नेपाली
राजनीतिको निर्वाचनमा प्रभाव पार्दछ ,उनीहरु प्रचण्डको अशली चरित्रवाट अझै अनविज्ञ होलान् । यहि
अनविज्ञता र भ्रमवाट आजको संक्रमणकाल जन्मिएकोमा कसैको दुईमत छैन होला । अव नेपाली
जनताले सहि वाटोको अभिमत जाहेर गर्नै पर्दछ ।
जीवन भरि
राजनैतिक सङ्घर्ष गरेका , आफ्नो उपचार गर्न नसकेका र नेपाली जनताका लागि आफ्नो जीवन प्रवाह नगरेका अनि
आफ्नै नेपाली नामको राजनैतिक दल र सिद्घान्तका प्रर्वतक महामानव विपी कोइरालाको
आर्दशतम व्यक्तित्व नेपालभित्र अतुलनीय तथा
विश्वभरिमा पनि तुलनायोग्य रहेको छ
। कोइरालाको अनुयायी भनाउँदा नेताहरुले पनि उनको जीवनशैली अनुसरण गर्न सकिरहेका
छैनन् । उनको सिद्वान्तको अनुयायी भन्नेहरु र उनको आर्दश वोक्नेहरु केवल विपीको
नाम भजाएर आज विपीप्रतिको सच्चा आदरभावलाई अनादर गराउने कोसिसमा देखिनु एउटा
विडम्वना हुन गईरहेको प्रति सचेत चाल अघि वढाउने समय ढिलो हुदै गएको छ । वर्तमान
नेपाली राजनीतिका नेतृत्वहरु विपी कोइरालाको अघि अति फिका देखिनुले पनि आज फेरी
नेपाली धर्तीमा विपी कोइरालाको आवश्यकता खट्किएको छ । देशको माटोको कसम वोक्ने
नेता चाहिएको छ आज नेपाल आमालाई । किसानको फाटेको टोपी र उसको गाइगोठ हेरेर निर्णय
गर्ने राजनेता चाहिएको छ नेपाली जनतालाई । अखण्ड नेपाल हाँक्ने महामानव चाहिएको छ
हामीलाई । सामाजिक सहिसुष्णता कायम गर्ने नेतृत्व चाहिएको छ नेपाली जनतालाई ।
भिजाएको चना , नुन र गुण खाएर
छाक टार्न सक्ने विपी कोइराला जस्ता सर्वहारा नेता चाहिएको छ नेपालीलाई ।
सत्ययुगको जस्तो वरदान मागेर पाईने भए फेरी विपी कोइरालाको अवतार चाहिएको नेपाल
आमालाई ।
सङ्घर्षमय
जीवनगाथाले रङ्गिन विपीको २८ औं स्मृति दिवसको समयको सन्र्दभमा छौ हामीहरु यस वर्ष
पनि । काँग्रेस र काँग्रेसको भातृ संस्था तथा शुभेचछुकले यस घडिमा मुलक लगायत
विदेशमा पनि विविध कार्यक्रम आयोजना गरि आफ्ना संस्थापक नेताको सम्झना गरिरहेका
छन् । जीवनका पछिल्ला दिनहरुमा राष्ट्रिय मेलमिलापको देशभक्तिपूर्ण उच्चतम
राजनीतिको आयाम विपीको जीवनपर्यन्तको यात्रा वन्नगयो । आज देशमा स्वार्थपरायणता , सम्प्रादायिकता , व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने
प्रवृत्तिको वोलवाला छ । आज नेपाली काँग्रेसको काँधमा दुई जिम्मेवारी छ ।
लोतन्त्रको रक्षा गनु र राष्ट्रियता जोगाउनु । राष्ट्रिय एकता लोकतन्त्रको
जर्गेनावाट मात्र हुन सक्दछ र लोकतन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र
न्यायपूर्ण व्यवस्थामा मात्र वलियो हुन सक्दछ भनि विपीले लिएको नीति आज झन
सान्र्दभिक भएको छ । यस घडिमा सम्विधान निर्माण र शाान्ति प्रकृया टुङ्याउने
राष्ट्रिय अभिभारा पुरा गर्न नेपाली काँग्रेसले नेतृत्व दिन सक्नु पर्दछ र यसको
राजनैतिक प्रण गरि नेपाली जनतालाई आश्वस्त पार्न सक्नु पर्दछ । अनि विपीवादलाई
कार्यान्वयन गराउने लक्ष्यमा दृढ रहने प्रतिज्ञा गर्न सक्नु पर्दछ । यो भएमा विपी
को सच्चा स्मृतिगानको अर्थ युगौ युग फैलदै
जाने छ ।
आजको दिनमा
विपीपथ विराउनेहरुलाई धिक्कार गर्न चाहान्छु । चाटुकारहरु विपीको नाम लिएर आजको
पवित्र स्मृतिपलमा नाटकिय गाथा गाउने दुस्साहस नगर भन्न चाहान्छु । मञ्चमा अरुलाई
सिकाउन जानेहरुलाई आफू स्वयम विपी संस्कार गरेर देखाउन अनुरोध गर्दछु । अन्तमा
विपी वादको आर्दशप्रति श्रद्घा व्यक्त गर्दै विपी प्रति पुष्पगुच्छा सहित हार्दिक
श्रद्वाञ्जली अर्पण गर्दछु ।