कृतिवाट त्यो ठूलो हुन्छ ।
स्वाधिन ,सार्वभौम,स्वतन्त्र
र अखण्ड नेपाल वनाउन ६ दशक संघर्ष गरेका,एकयुगभरि लागिपरेका नेताको स्वर्गारोहणको
तेस्रो पुण्य तिथिको सन्दर्भमानेपाली राजनैतिकआकास अनिश्चयको भूमरिमा रहेको
वर्तमान संक्रमित समयमा स्व.गिरिजाप्रसादको श्रदाञ्जली कार्यक्रम देशभर
विभिन्नतरिकावाट सम्पन्न भएका समाचारहरु विभिन्न अखवारहरुवाट पढ्ने अवसर पाइयो ।
नेका भातृ संस्थाहरुले
चितवनमा पनिचौविसकोठीमा मैनवत्तिप्रज्वलन तथा हस्पिटलमा विरामीहरुलाई फलफूलवितरण
गरि श्रदाञ्जली कार्यक्रम सम्पन्न गरेको समाचार प्रकासित भएको छ । फेसवुक , टुइटर र अन्य इलोक्ट्रिोनिक मिडियावाट पनि उनको
स्मृतिमा विभिन्न श्रदासुमनका वाक्याँसहरु पोष्ट भएको पढ्न पाइन्छ । यो हप्ता उनको
संझनामा देश तथा विदेशमा थुप्रै श्रदाञ्जली कार्यक्रम हुनुले स्वर्गिय गिरिजा
प्रसाद नेपाली राजनितिका केन्द्रविन्दुको रुपमा रहेका थिए भन्ने कुरामा अव कुनै
सन्देह देखिदैन । मृत्यु पछि उनका संवन्धमा गरिएका सारगर्भित मूल्याङ्कनका
टिप्पणीहरुले पनि उनी प्रतिको वास्तविक भावना उजागार भएको छ । आज म उनै गिरिजा
प्रसाद कोइरालाको स्मृतिमा केहि शव्दहरु खर्चिन प्रयासरत रहेको छु ।
वि.स. २०४६ सालको जनआन्दोलन
ताका म साविक पदमपुर स्थित हाइस्कूलको विधार्थी थिएँ । दुर्गम क्षेत्र भएकाले हामी
त्यतीवेला गोपी आचार्य , गोपालजी गुप्ता तथा भोला भटराई लगायतका संग
आन्दोलित भएर स्थानीय आवाजलाई प्रजातन्त्रको पक्षमा गुञ्जाउन अग्रसर रहेका थियौं ।
त्यस उप्रान्तका सवै राजनैतिक घटनाक्रममा भ्याए सम्म प्रजातन्त्रवादीको हैसियतले
नैतिक समर्थन तथा सहयोग गरेको छु । २०६२(६३ को आन्दोलनमा शिक्षक भएर पनि १७ दिन
महिला प्रशिक्षण केन्द्र जावलाखेलमा राजवन्दिको सजायँ भोग्नु परेकोले आफूले पनि
लोकतन्त्रका लागि सानै भए पनि मूल्य चुकाएको गर्वानुभुति हुन्छ । यस्र्तै र यीनै
कारणहरुले पनि पछिल्लो राजनैतिक
समिक्षागर्ने जमर्को गर्छ यो मनले ।
फेट एकम्लीवाट निर्मित वर्तमान राजनैतिक रियालिटी
कुनै कथितवाध्यताभन्दापनिआग्रहर पूर्वाग्रहवाट प्रेरित तथा वुद्दिमत्ताको
पराकाष्टावाट सृजित राजनैतिकउपपरिणाम हो । अन्यत्र संविधान वनाउन ४ वर्ष भन्दा
धेरै लागेको थियो भन्ने दृष्टान्त दिन भन्दा यो भन्दा कम समयमा संविधान वनेको
सक्षमता आत्मसाथ गर्न नसक्ने स्थिति यीनै दलहरुको नियत वस अनियन्त्रित वनाउदै
लगिएको नियोजित योजनाको परिणाम हो । पछिल्लो श्रीमान प्रधानमन्त्रि र लोकमान
सिंहलाई अख्तियारप्रमूख वनाउने राजनैतिक निर्णयले निर्दलियता लादिने होकी भन्न्ो
त्रास वढेको छ ।
व्यक्ति पदले ठूलो ठानिने र ठूलो हुने पदलोलुपताले जेगरेर भए पनि
पदमा पुग्ने अनि त्यसपछि पदियकर्तव्य भन्दापनि पद प्राप्तगर्नु अघि गरिएको
सम्झौताप्रतिउत्तरदायीवन्ने प्रवृतिले नेताहरु आजर्निदलियशासनको भूमरिमा परेको
वर्तमान समयमाअतित् समयको राजनैतिकयात्राहरु स्मरण गर्दा कम्तिमा राजनैतिक शक्तिको
यो भन्दा त त्यो वेला कमै अवमूल्यन भएको थियो भनेर चित्तवुझाउने ठाउँ रहेको थियो
भन्ने आभास हुन्छ ।
गिरिजाप्रसाद सधैं
निवार्चनको पक्षमा रहन्थे ।निवार्चनको अवसर उनले जति अरु कसैले श्रृजना गरेको थिएन
। उनी कठिन राजनैतिक परिस्थितिमा पनि जनता माझ जान चाहन्थे तर निवार्चन टार्न चाहदैन्थे
। यसले पनि उनी अन्य नेता भन्दा वढी लोकतन्त्रवादी थिए भन्न सकिन्छ ।प्रतिपक्षमा
रहदापनिउग्रक्रियाकलापमाकहिल्यै कार्यक्रताहरुलाइउत्प्रेरित गरेनन् ,गर्न पनि दिएनन् । खानपानमा सधैं आफूलाई संयमित
वनाउन सके , भोग र विलासिताले उनलाई कहिल्यै पछ्याउन सकेन ।
भाईको मृत्यु हुदाँ कात्रो किन्न नसकेको पिडा , चनाको गुँड पकाएर छाक टारेको गरिवि अनि धनाढ्रय परिवारको
स्थितिवाट आम जनताका निम्ति राणासंग पैठेजोरी खेलेर सर्वस्वहरण भई निर्वासित भएको
घटना अनि वर्षौको जेल र यातनाहरु गिरिजाप्रसादका जीवनका मूलभुत प्रेरणाश्रोतहरु
रहेका थिए होलान जसले गर्दा उनले जीवनमा जनताको विपक्षमा कहिल्यै कुनै सम्झौता
गरेनन् । जे जे नारा उनको विरुदमा लगाइन्थ्यो सत्तामा पुग्दा त्यसको नविकरण उनै विरोधीहरुवाट
हुनुले उनी वास्तवमा सहि रहेका थिए भन्न्ो यर्थात छर्लङ्ग भैसकेको छ ।०४६ को
जनआन्दोलनपछि नेपालका कम्युनिस्टप्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवि
कम्युनिस्ट विरोधीका रुपमा समेत चर्चामाथियो ।
उहाँविरुदकाकर्मचारी आन्दोलन ,टनकपुरसन्धि विरोधीआन्दोलन,दासढुङ्गा घटनाकोआन्दोलन तथा महगींविरुदको
आन्दोलनहरुले त्यस्तो भावनाजन्माएको पनिहुन सक्दथ्यो ।गिरिजाप्रसाद
वामविरोधीथिएनन् तर वमापन्थिहरुले अवलम्वनगर्ने उग्रपन्थिक्रियाकलापको कडा
विरोधीभने अवश्यथिएभन्नु पर्दछ । राणा, महेन्द्र , विरेन्द्र र ज्ञानेन्द्र जस्ता तानाशाहरुका विरुदको
अभियानमा पुरै परिवार र आफ्नो जीवन उत्सर्ग गरेको कुराप्रति आँखा चिम्लेर
लघुशव्दावलीवाट टिप्पणी गर्ने टिप्पणीकारहरुले आफ्नो त्यो मौलिकअधिकारकालागि सर्घष
गर्ने अग्रणी अभियन्ताउनै गिरिजाप्रसाद थिएभन्ने कुरा विर्सेको प्रतित हुन्छ ।
ज्ञानेन्द्रशासन विरोधी संसद
पुर्नस्थापना गर्ने तत्कालिन हटवादी ठानिएको अडानले स्वरुप वदल्दै माओवादी समेतलाई
सहकार्यतामा ल्याई तेस्रो जनआन्दोलनको माहोल ल्याएर अन्तत शाही शासन मात्र नभई
राजसंस्थानै सदाका लागि अलविदा गर्न अग्रणी भूमिका निर्वाह गर्ने एक मात्र साहसी
नेता उनै गिरिजा प्रसाद कोइराला थिए । सवै वैदेसिक दवावलाई आफ्नो इच्छामुताविक
दिशा दिन सक्ने एकमात्र नेपाली नेता उनै गिरिजाप्रसाद थिए जसको प्रतिविम्व छिमेकी भारतीय नेताका लागि
अकाट्य रहन्थ्यो ।
कोइराला परिवारले जहाँनियाँ
राणाशासनको विरोध गरेबापत भारतको विहार राज्यको टेडी सहषार्मा निर्वासित जीवन
बिताइरहेको वेला गिरिजाप्रसाद कोइरालाको जन्म सन् १९२७ अर्थात् वि.सं १९८१ भारतीय
भूमीमै भएको हो । गर्भमा रहेको बेला कोइरालाका माता पिता छोरीको आशामा
गिरिजादेवीको मन्दिर जानुहुन्थ्यो । सन्तान जे जन्मिए पनि गिरिजाप्रसाद वा
गिरिजादेवी राख्ने सल्लाहअनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको थियो । उहाँले
भारतमा अङ्ग्रेज धपाउने आन्दोलनलाई नजिकबाट हेर्न अवसर पाउनुभयो । सन् १९७०–७१ मा नेपालमा चलेको प्रजातन्त्र बहालीको
आन्दोलनमा लागेका कोइराला सन् १९४७ –४८ को
विराटनगरस्थित जुटमिलको मजदुर हड्तालमा सक्रिय सहभागी हुनुभएको थियो ।
राणाशासनमा
परिवारसँगै जेल परेका कोइराला राणाशासनको अन्त्यपछि नेपालीकांग्रेस मोरङ जिल्ला
सभापतिहुनुभयो । उहाँनेपाल टे«ड युनियनकाँग्रेसको
संस्थापकअध्यक्षहुनुभयो । २०१७ सालमा प्रजातन्त्रको अपहरण भएपछि उहाँले तत्कालीन
प्रधानमन्त्री विश्वश्वरप्रसाद कोइराला,नेता
गणेशमान सिंह,कृष्णप्रसाद भट्टराई र अरु
सयौँ नेतासँग नजरबन्द र त्यसपछि सातवर्ष लगातार जेल सजायँभोग्नुभयो । २१ दिन भोक
हडताल गरी उहाँ सन् १९३७ मा जेलवाट छुट्नुभयो । कोइरालाले सन् १९७१ देखि भारतमा
निर्वासित जीवन बिताउनुभयो । गिरिजाप्रसादले श्रीमतिको साथ केवल १६ वर्ष मात्र
पाएका थिए ।
सन्१९७६ मा भारतको पटनामा
भएको काँग्रेसको अधिवेशनमामहामन्त्रिमानिर्वासितभएपछि उहाँ डेढ दशकसम्मउतmपदमा रही २०४८ को आमनिर्वाचिनपछि
जननिर्वाचितप्रधानमन्त्री रहनुभयो । पटक पटक गरि उहाँ ५ पटक प्रधानमन्त्रि वन्नु
भएको थियो । यस हिसावले उहाँले नेतृत्व गर्ने धेरेै अवसर पाउनु भएको तर उहाँमार्फत
त्यस अवधिमा सफलनेतृत्व हुननसकेको टिप्पणी गरिन्छ । खासगरि मुलुक द्घन्दमाजानु
अघिको उहाँको नेतृत्व आलोचनीयरहेको भन्नै पर्दछ ।सुरुमा माओवादीलाई निस्तेज पार्न
चालेको कदमका कारण उहाँ त्यतिबेला कम्युनिस्टका लागि अनुदार व्यतिmका रुपमा चित्रित हुनुभयो । तर पनिशिक्षा, स्वास्थ्य,सञ्चार, कृषि, उधोगर सडक यातायातक्षेत्रमागिरिजा सरकारले गरेको
उल्लेखनीयकामहरुको जगमाआज नेपाल अघि वढिरहेको कुरा भुल्नभने हुदैन हामीले ।
राजा ज्ञानेन्द«ले संकटकाल लगाई उहाँ लगायत अन्य संसदवादी दलका
नेताहरुलाई नजरबन्द र गिरफ्तार गरेपछि कोइरालाले २०६२ सालमा जनयुद्घ लडिरहेको
कम्युनिस्ट पार्टिसँग समेत हातेमालो गर्नुभयो । युद्घकालमै माओवादीसँग
राजतन्त्रविरुद्घ सहमति गरेपछि काँग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो तर
कोइरालाको व्यतिmत्वका अगाडि त्यो विरोध गौण
बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढ सय वर्ष पुरानो राजतन्त्रका
विरुद्घ आन्दोलनको अगुवाइ गर्नुभएको थियो । लोकतन्त्र स्थापना भैसकेपछि पनि
कोइराला नेपाली राजनीतिको केन्द्र«भागमै
रहनुभयो । कोइरालाकीएकमात्र छोरी सुजाताएमाले नेतृत्वको सरकारमाउपप्रधानमन्त्री
तथा पराराष्ट्रमन्त्री हुनु भए पछि नेपाली काँग्रेसमा परिवारवाद हावी भएको भन्दै
कोइरालाले कडा आलोचना समेत खेप्नुपरेको थियो।
वि.स.२०५८ सालमा
प्रधानमन्त्रिवाट ज्ञानेन्द्रको असहयोगका कारण राजीनामा दिए पछि वनेको देउवा सरकारले धारा
१२७ प्रयोग गर्ने सिफारिस गरे र राजाले संकटकाल लगाएपछि पार्टी भित्रको मतभेदवाट
तात्कालिन अवस्थामा काँगे्रस विभाजित भए पछि कोइरालामा प्रजातन्त्र मासिन्छ भन्ने
चिन्ताले ग्रस्त वनाएको थियो । माओवादीसंग वार्ता गर्दा सार्वभौमसत्ता , वहुदलीय व्यवस्था ,स्वतन्त्र न्यायपालिका र मौलिक अधिकारको पालना
उहाँको वटम लाइन सर्त रहेको थियो । ज्ञानेन्द्रले जनतामा तपाँइको क्रेडिविलिटी छैन
राजीनामा गर्नु वेस भन्दा उल्टै मौसुफलाई पनि लेट किंगको हत्यारा आरोप छ भन्ने
जवाफ दिन सक्ने साहास प्रसङ्ग पनि कम रोचक छैन ।गिरिजाप्रसाद कैलाली कन्चनपुर
दौडाहमा पुग्दा कैलालीका परशुराम चौधरी र कन्चनपुरका मदन शास्त्रिलाई घाँटी रेटेर
हत्या गरेको लासको प्रत्यक्षदर्शी वन्नु परेपछि उक्त दिनपाट शान्ति र
प्रजातन्त्रको संकल्प गर्नु भएको थियो र तत्पश्चात त्यही मिसनमा डटेर लागेपछि
अन्तत त्यो सफल पनि वनाउनु भयो नै ।
२०५९ अशोज १८ गते राजाले
उनीलगाएत ४० पूर्व मन्त्रिहरुकाविरुदअख्तियारमा कारवाहीचलाउनहाजिर हुने पुर्जीको
अवज्ञा मात्र गरेनन् सर्वोच्चले संवैधानीकआयोगले वोलाउँदाजानु पर्ने भन्ने फैसला
पछि उनले सर्वोच्चलाई पनिनारायाणीहिटी सारिदिए हुन्छ भन्ने अभिव्यक्तिदिएर आफ्नो
अडानवाट राजाको शैलीलाई लत्ताईदिएको घटना पनिकमचर्चित रहेन त्यसवेला
।गिरिजाप्रसादलोकतन्त्रका साँच्चिकैका पहरेदार नै थिए ।८५ वर्षको उमेरमा शरीरिले नसकेर पनि सडक
आन्दोलनको नेतृत्व गरेको घटना विश्जराजनीतिमा विरलै होला । राजाले देउवा ,सूर्यवहादुर र लोकेन्द्र वहादुर प्रयोग गर्दा
गिरिजाप्रसादले सडक समातेर हिडेको क्षण अनि अपत्यारिलो घटनावाट टर्निङ दिलाउदै
संविधान सभाको निर्वाचन मार्फत लोकतन्त्रको नयाँ गोरेटोमा देशलाई दिशा दिएर
मृत्युवरण प्राप्त गरेका स्वर्गीय गिरिजाप्रसादको पछिल्लो राजनैतिक नेतृत्व
विश्वकै उदाहरणीय रहेको पाईन्छ ।लोकतन्त्रप्राप्तिपछि भारतीयप्रधानमन्त्रीमनमोहन
सिंहबाट एसियाकै महान् नेताको सम्मानपाएका कोइराला १० वर्ष लामो सशस्त्र युद्घ
गरेको नेकपामाओवादीलाई शान्तिप्रकृयामाल्याउन महत्वपूर्ण स्थानमा रहेर कामगर्नुभयो
। त्यसैले तत्कालिन नेपाल सरकारले नोवेल शान्ति पुरस्कारकालागिसिफरिस गरेको
निर्णयले पनिउनी सम्मानित राजनेता घोषित भएको प्रमाण रहेको छ ।
दिन र रात , घाम र छाँया , दुख र सुख भने जस्तै गुण र दोष पनि सगं सगैं आउने चिजहरु
हुन् । सय गुन र एक वैगुन भए पनि वैगुनलाई अघि सारेर आलोचनागर्ने हाम्रो संस्कारमा
परिवर्तन गर्न त समय लाग्ला नै तर पनि अघिपछि नसके पनि यो समय गिरिजाप्रसादले
दिएकाथोरै भए पनि राम्रापक्षहरुको चर्चा गर्दा कसैको अवहेलनानहोलाभन्ठानेको छु ।
ऐतिहासिक परिवर्तनकाअगुवा र लोकतन्त्रका संरक्षक स्वर्गीय
गिरिजाप्रसादकोस्वर्गारोहणको तेस्रो पुण्य तिथिको अवसरमाउहाँप्रतिर्हािर्दक
श्रदाञ्जलीव्यक्तगर्दछु ।