तीज
हिन्दु नारीहरुले मनाउने एउटा
महत्वपूर्ण चाड हो
। यो चाड
भाद्र शुक्ल तृतीया
देखि पञ्चमी सम्म
४ दिन मनाइन्छ
। तीजमा भगवान
शिवको आराधना गरिनुका
साथसाथै नाचगान र मनोरञ्जन
समेत गर्ने गरिन्छ
। नेपाली हिन्दू
महिलाहरुद्दारा स्वतन्त्र र आनन्दमय
रुपमा मनाइने तीज
अन्य धर्म र
जातजातिका नेपाली महिलाहरुले पनि
हर्षोल्लासका साथ मनाउन
थालेका छन् ।
यो पर्व मुख्य
रुपले नेपालभर मनाईन्छ
। यो चाडमा
माइतीले ( बावु,आमा,दाजुभाइ
) छोरी ,चेली लाई
घरमा बोलाएर मीठा
मीठा परिकार ख्वाउँछन्
तथा मनका भावना
एवं सुखदुख साटासाट
गरी एउटै ठाउँमा
खाने बस्ने चलन
छ ।
तीज
ब्रतको दिन घरको
कामकाजलाई चटक्क छोडेर नेपाली
महिलाहरु स्वतन्त्र तथा हर्षित
भएर घर बाहिर
निस्कन्छन् । हाल
विदेशमा रहेका नेपाली महिलाहरुले
पनि यो चाड
बडो धुमधामकासाथ मनाउने
गरेको पाइन्छ ।
आजको यस लेखमा
तीज पर्वको सन्र्दभमा
मैले धार्मिक तथा
पौराणीक विषय उठान
गर्ने कोसिस गरेको
छु । मलाई
यो लेख तयार
गर्न फोन मार्फत
कनटेन्ट शेयर गरि
सघाउनु हुने धरान
स्थित पिण्डेश्वर विधापिठका
प्रध्यापक मित्र कृष्णप्रसाद सापकोटा
प्रति विशेष अभार
प्रकट गर्न चाहान्छु
।
ब्रतकथा
हिन्दु
धार्मिक ग्रन्थ अनुसार राजा
हिमालयले आफ्नी छोरी पार्वतीको
कन्यादान भगवान विष्णुसंग गरिदिने
वचन नारद मार्फत
गरेका थिए ।
पार्वतीलाई यो कुरा
मन नपरे पछि
घर छोडी आफ्ुलाइ
मन परेको वर
पाउन सहेली साथ
जङ्गल गएर शीवजीको
तपस्या गर्न थालिन
। पार्वतीको चिन्तित
र दयनीय मुहार
देखेर उनको त्यो
सखीले पार्वतीको दुखको कारण सोद्दा
पार्वतीले भनिन् मैले
मनैदेखि भगवान शिवलाई वरण
गरेकी छु तर मेरा
पिताले मेरो विवाह
विष्णुजीसँग गरिदिने निधो गर्नु
भयो । म विचित्र धर्म सङकटमा
छु । अव
मैले प्राण त्याग्नु
वाहेक कुनै उपाय र
विकल्प देखेकी छैन ।
पार्वतीकी ती संगिनी
अति नै चङ्ख
र समझदार थिइन्
।
उनले पार्वतीलाई
भनिन् प्राण नै
त्याग गर्नुपर्ने यहाँ
के नै कारण
छ र संकटको
घडीमा धैर्यताका साथ
काम गर्नुपर्छ ।
हिन्दूनारीको जीवनको सार्थकता नै
केमा छ भने
जसलाई मनैले पतिका
रुपमा एक पटक
वरण गरिन्छ , उसैसँग
निष्ठापूूर्वक जीवन निर्वाह
गर्नुपदर्छ । दीगो
आस्था र एक
निष्ठाका सामु त
स्वयम् भगवान पनि असहाय
र किंकर्तव्यविमुढ बन्न
पुग्नुहून्छ । त्यसपछि
उनले पार्वतीलाई घनघोर
वनमा लगिन जुन साधनास्थल
पनि हो र
जहाँ पार्वतीका पिताले समेत पार्वतीलाई
खोजेर पाउनुहुन्नथ्यो ।
उनले भनिन् कि
उनलाई पूर्ण विश्वाश
छ ईश्वरले अवश्य
पार्वतीको सहायता गर्नुहुनेछ ।
अनि पार्वतीले आफ्न्
सहेलीले भने झै
गीरन् । यता
पार्वतीका पिता पार्वतीलाई
घरमा नदेखेपछि धेरै
चिन्तित र दुखी
हुनुभयो । उहाँ
सोच्न थाल्नुभयो मैले
त मेरी पुत्रीको
भगवान विष्णुसँग विवाहको
निधो गरेको थिएँ
, भगवान विष्णुविवाहका निम्ति जन्ती लिएर
आउनुभएका बखतमा कन्यालाई घरमा
नभेट्दा अनर्थ हुन जानेछ
, विष्णुलाई मैले के
जवाफ दिन ? यति
विचार गरी पार्वतीका
पिताले चारैतिर पार्वतीको खोजीको
कार्य शुुरु गराउनुु
भयो । यता
पार्वतीको धुुमधामसँग खोजीकार्य रहयो
उता पार्वती आफ्नो
सहेलीका साथ नदीका
तटमा एउटा गुुफामा
आराधनामा लीन भइन्
। भाद्रपक्ष शुक्लको
तृतीया तिथि , अनि त्यस
दिन हस्ता नक्षत्र
थियो ।
त्यसदिन पार्वतीले बालुवाको शिवलिङग
निमार्ण गरिन् र रातभरी
शीवको स्तुुतीमा गीत
गाउँदै जागरण वसिन् । पार्वतीले
१०० वर्ष तपस्या
गर्दा पनि तपस्याको
फल नपाउदा गंगातटमा
पानी पनि नपिइ
निराहार व्रत वसिन
। उले आफ्नो
बाल्यावस्थामा अधोमुखी भई घोर
तपस्या गरेकी थिइन् ।
उतm अवधिमा पार्वतीले
कुनै अन्नपानी नखाई
केवल हावाको मात्र
सेवन गरेकी थिइन्
। केवल उनले
सुख्खा पत्ताहरु मात्र चपाई
दिनहरु काटेकी थिइन् र
माघको चिसोमा पनि
उनले निरन्तर जलमा
प्रवेशगरी तप गरेकी
थिइन । वैशाखको
शरीर जलाउने गर्मीमा
पञ्चाग्निद्दारा शरीर तपाएकी
थिइन् र साउनको मुसलधारे वर्षामा
खुल्ला आकाशमुनी बिना अन्नपानी
व्यतीत गरेकी थिइन । यसरी
पार्वतीको कठोर वर्त
पछि शीवजी प्रकट
भएर चिताएको पुगोस
भनि आर्शीवाद दिए
पछि शीव पार्वतीको
विवाह भएको थियो
। त्यो दिन
भाद्र तृतीयाको दिन
थियो । त्यही
दिन देखि नेपाली
महिलाहरुले यस पर्वलाई
उत्सवको रुपमा पौराणीक कालदेखिनै
मनाउन लागेको भन्ने
भनाइ रहेको छ
।
महत्व
हाम्रो
समाजमा तीज महिलाहरुले
मनाउने एउटा महत्वपूर्ण
पर्व हो ।
आधुनिक समाजमा तीजको महत्वलाई
जुनरुपले व्याख्या गरिए पनि
यो एक पौराणिक
कालदेखि चलिआएको परम्परा हो
। सृष्टि र
समाज चल्नको लागि
पूर्विय मान्यता अनुसार महिलाहरु
विवाह पश्चात आफ्नो
श्रीमान्को घरमा बसी
बाँकी जीवन विताउनु
पर्नेहुन्छ । यसरी
आफु जन्मेको घर,
मातापिता, भाइबहिनी ,ईष्टमित्र र
समाज चटक्क छोडी
पराइघरमा जीवन बिताउदा
आउने माइतीको यादलाई
कमी गर्ने एउटा
महत्वपूर्ण अवसरको रुपमा तीजपर्वको
गहन महत्व रहेको
छ । तीजमा
महिलाहरुलाई मीठा मीठा
भोजनको परिकारहरु खुवाइन्छ , नयाँ
लुगा कपडा दिइन्छ
। महिलाहरुलाई पराइघरको
विभिन्न जिम्मेवारी तनाव , साथै
माइतीको सम्झनाको खाडललाई कम
गर्न यो पर्वको
ठूलो भूमिका रहेको
छ , तीजमा विवाहिता
महिलाहरु आफ्नो पतिको दीर्घायुको
कामना गर्दै ब्रत
बसी नाचगान र
मनोरञ्जन गर्छन भने अविवाहिताहरु
सुयोग्य वरको आशा
राखी ब्रत बस्छन्
।
ब्रतको समयमा
महिलाहरुले तीजको ब्रतकथा सून्ने
र समापनमा पूजा
लगाई बाम्ह्ण बाम्ह्णीहरुलाई
दानदक्षिणा गर्ने चलन रहेको
छ । यो
ब्रतको महत्व यसकारणले पनि
महत्वपूर्ण छ ।
जसले यो ब्रत
निष्ठापूर्वक पालना गर्दछ , त्यसलाई
मनोवाञ्छित फल प्राप्त
हुनेछ । यो
ब्रतलाई हरितालिका भन्नुको अर्थ
पनि पार्वतीलाई साथीहरुले
पिता र आफ्नो
प्रदेशबाट हरण गरी
जङगलमा लगेको प्रसङगसँग जोडिन्छ
। हरितालिका शब्दमा
रहेका हरिता र
आलिका यी दुई
शब्दको अर्थ क्रमश
हरण गरिएकी र
साथीहरु भन्ने हुन्छ ।
भगवान शिवले पार्वतीजीलाई
भन्नुभयो यस ब्रतलाई
विधिविधानपूर्वक जसले लिन्छ
, त्यसले तिम्रोजस्तो सुयोग्य र
अशल श्रीमान् प्राप्त
गर्दछ । उनीहरुको
गीतमा आफ्ना अधिकार
तथा वेदनाका कुराहरु
समेटिएका हुन्छन् । यसले
महिलाहरुलाई सशक्त बनाउँछ ।
यी कुराहरु तजिको
सकरात्मक पक्ष हो
।
ऋषिपञ्चमी
शास्त्रअनुसार
१२ महिनाको रजस्वलामा
अञ्जानवस कति कुरा
छोइएको हुन सक्छ
। उक्त पापबाट
मूक्त हुन भाद्र
शुक्ल पञ्चमीको दिन
३६५ वटा दतिवन
टोकी माटो तथा
गाईको गोबार लगाएर
३६५ पटक नुहाउनु
पर्छ र यसको
पनि थुप्रै विधिहरु
छन् । तर
मूलत ,३६५ वटा
दतिवनका डाँठ टोकेर
खोलामा बगाउनु , माटो र
गोबरले शरीरका सबै अंगहरु
सुद्ध गर्नु , चाल्नीमा
गनौती ( गनिएका तिलचामल र
जौँ ) राखेर माथिबाट
पानी खन्याई छानिएको
पानीले नुहाउनु र सप्तऋषीको
पूजा गरेपछि महिलाहरु
पूर्णरुपमा सुद्ध हुन्छन् भन्ने
विश्वास गरिन्छ । वास्तवमा
भन्ने हो भने
तीज आफैमा एक
सुन्दर पर्व हो
र यसलाई ब्रतमा
परिणत भएको भए
पनि फलफूल ग्रहण
गरेर दिनभरि बस्नमा
पनि वैज्ञानिक हिसाबले
हेर्दा फलदायक नै देखिन्छ
। नारीहरुले रातो
टीका रातो कपडा
, रातो चुरा, पोते आदि
सबै रातै रंगमा
सजिनु तीज पर्वको
रंग हो ।
नारीहरु त्यस दिन
नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरी
भोकै बसी श्रीमानको
दिर्घायुको कामना गर्नु नै
विशेष यस तीज
पर्वको सन्देश मानिन्छ ।
विकृति र
विसंगति
यति
पवित्र र ऐतिहासीक
पर्व वुझेर वा
नवुझेर हिजो आज
सम्भ्रान्तवर्गका लागि मात्रै
हो भन्ने गरि गहना
र महङ्गा कपडाको
प्रदर्शनको प्रतिस्प्रधामा सिमति हुन गइरहेको
अवस्थाले सर्वसाधरण महिलाहरु घर
वाहिर निस्कन नसक्ने
परिस्थिति वन्दै छ । तीज महिला
राजनैतिक अवसरको प्लेटर्फम वन्दै
गएको स्थिति पनि
मननीय छ । तीज आउनु
१ महिना अघिवाट
दर खाने र
खुवाउने होड वाजीलाइ
कसरी स्विकार गर्ने
हो ? कतै महिला
स्वतन्त्रता र मुक्तिको
नारा लगाउदै गर्दा
यसले औषत भन्दा
तलका आम महिलावर्गको
अपमान त भैरहेको
छैन भनि सोंच्नु
पर्ने विषय वहस
वनाउनु छ अव
। सादगी , सरल
र लोक शैलीले
यसलाई मनाउने हो
भने तीजले कसैको
घर परिवारमा निरास
नल्याउला भन्ने सोच्नुछ
हामी महिलाहरुले ।
सवै महिलाका पति
उनका लागि समान
अनि उनको दिर्घायुको
नामामा यत्रो रडाको किन
? तीज पर्वले महिला
स्वतन्त्रताको नाममा त्यही वर्गको
दमन गर्ने संस्कार
र संस्कृतिको विकास
भैरहेको अवस्थामा सहयोगी नवनौ
हामी सचेत महिला
वर्गहरु । अन्याय
र अत्याचारवाट प्रताडित
महिलालाई घर आँगनवाट
वाहिर ल्याउन आफू
जस्तो पहिरनमा रहेर
मुस्किल होला वरु
उनीहरुको हौसलाको लागि हो
भने उनीहरु संग
मिल्दोे पहिरन मिलाउनु पर्ला
। सुकिला मुकिलाहरुको
जमातमा आम महिला
वर्गको उपस्थिति हौसलापूर्ण वनाउन
पक्कै हिजो आजका
रौनकपूर्ण कार्यक्रम अनुकुल छैनन्
भन्ने लागिरहेको छ
।
पारिवारिक र
सामाजिक शोषण , घरेलु हिंसा
, वोक्सी आरोप , वेचविखनको जोखिम
, यौन हिंसा , लैङ्गिक
छनोटको गर्भपतन , वाझोपन , वालविवाह,
वहुविवाह , अंशअधिकार जस्ता विषयले
तीजका गीतमा स्थान
पाउन छोडेको देख्दै
छौं । कानुन
तथा संवैधानीक अधिकारहरु
अनि राजनैतिक अधिकारहरुमा
महिला पहुच वृद्घि
गर्ने आवाजको वोल
गीतले कम स्थान
ओगट्नु निश्च्यनै सुखद छैनन्
। अर्को वर्षको
तीजलाई महिला समता र
समानताको पर्व वनाउने
तर्फ अग्रज महिला
दिदी वहिनीहरुको सोंच
पुगोस् भन्ने शुभेच्छा प्रकट
गर्दै सवै महिला
दिदी वहिनी रआमाहरुमा
यस वर्षको तीजको
हार्दिक मंगलमय शूभकामना व्यक्त
गर्दछु ।