वर्तमान समसामयीक राजनीति र यसका नेतृत्वहरुको चर्चा
निमार्णाधिन नयाँ नेपालका नेपालीहरुको साँझ विहानको आशाा र निराशा मिश्रित प्रसङ्ग
हो । थाहा छैन यो विषयमा चिन्तन गर्ने ल्याकत कति जना सगं छ भन्ने तर जाने पनि
नजाने पनि यो विषय राम्ररी विज्ञापित भने भएकै छ । अन्य अर्थ नलगाई एकछिन घोतलिदा यस्तो
पनि लाग्दछ कि वहसका विषयहरु आयात गरि त ल्याईयो तर उपभोग गर्ने अथवा उपयोगिता
श्रृजना गराउने निश्चित आधार ( वजार ) को अनुसन्धान नै नभएको पो हो कि ।
प्रभावकारी माग विनाको उत्पादन ग्रहाक विनाको वजारको विकाउ शुन्य वस्तु जस्तै हुन्छ भन्ने सैद्घान्तिक यथार्ततालाई पनि नव
राजनैतिक व्यवस्थापकीय कार्यमा नजर अन्दाज गर्न
हुदैन होला । संघियता पछिको नेपालको राजनैतिक
व्यवस्थापनको चुनौतिहरुप्रति गम्भिर भएर सोंच्ने हो भने नयाँ राजनैतिक सक्रंमणका
जटिल चरणहरुको शुरुवात यो भन्दा अझ धेरै जटिल भएर नआउलान भन्न सकिदैन । नेपाली
राजनीतिको संक्रमणकाल २०५२ देखि अहिले सम्म निरन्तर रहनु र अझ अनिश्चितकाल सम्म
लम्विन सक्ने स्थिितिले नयाँ नेपाल निमार्णको विज्ञापन अवधि वढ्नेमा कुनै दुईमत
छैन होला । नेपाली राजनीतिज्ञहरुको विज्ञापनमा हामी धेरै पटक झुक्किई सकेका छौं ।
यीनीहरुको कार्यान्वयन कौशलता पनि अनुभव गरिसकेका छौं । राजनैतिक विज्ञापनको
प्रतिस्प्रर्धा वढ्दै गएकोले रणनीतिक रुपमा विज्ञापनमात्र परिस्कृत हुदै गएको त
होईन , कार्यान्वयन नहुँदा सम्म पुन
संसयपूर्ण नै रहेको छ । कतै हामी पनि दोषी त छैनौ कुनै कोणवाट ?
राजनीतिले आम समुदाय
प्रभावित हुने भएरै होला सदैव यो वहुचर्चित रहन्छ यो । कारण र असरको सम्वन्ध
विधमान रहनुले राजनीति प्रयोगाश्रित सिद्घान्त त हुदै हो । यो पूर्ण वैज्ञानकि किन
हुन सकेन भन्ने वहस राजनैतिक अनुसन्धानको धेरै पुरानो तथा अनिर्णित विषयलाई
मैले उठाउन खोज्नु अवश्य सान्र्दभिक हुदैन । त्यसैले मेरो आजको चिन्तनको विषय भनेको म ( काल्पनिक ) या म जस्ताले किन र कस्ता राजनैतिक कुरा
गर्ने भन्ने विषय हो । मेरो सवैभन्दा वढी सरोकार मेरो घर परिवार हो । पहिले मैले
मेरो घरको सहि व्यवस्थापन गर्न सक्नु पर्दछ । मैले म वस्ने घर , मेरो आगन , मेरो खेतवारी र मेरा चौपायहरुको उचित हेरचाह र संरक्षणको
वातवरण वनाई आश्रित परिवारको गुणस्तरीय जीवन भोगाईको निम्ति आयआर्जनको सुनिश्चितता
गर्न सके र शन्तुष्ठ रहन सकें भने मेरो पारिवारिक व्यवस्थापन प्रयोगाश्रित रुपमा
अनुकरणीय होला । अनि म जस्तै मेरा सवै छिमेकीहरले गरे भने , मेरा वडावासीहरुले गरे भने मेरो गाउँ मेरो ठाउँ
कस्तो होला ? मैले यहि कल्पना गर्दा यसैलाइ चिन्तन गर्दा अनि
यसैलाई व्यक्तिगत कार्यदिशा वनाउन खोज्दा मैले आफूलाई अधैर्य महसुस गरें आज ।
मैले आफ्नो घरको चिन्तन गर्दा प्रकृतिवादी भएको पाएँ , स्वच्छाचारी पाएँ , सामन्त भएको पाएँ , एकिकृत नभई एकात्मक भएको पाएँ , विना योजनाको र अनिर्णित पाएँ , अविवेकी पाएँ । मलाई औंलो ठडाएर भन्दैन कसैले पहिले तेरो घर व्यवस्थापन गर
भनेर । म आफ्नो घर छोडेर फगत अरुको घर
वनाईदिने कुरा गरि हिढिरहेको छु । मलाई आफ्नो घर राम्रो वनाएको अनुभवनै छैन तर पनि
म अन्यहरुलाई घर व्यवस्थापनमा गुरु दिक्षा वाँडीरहेको छु । न जानीकन वढी जान्ने
भएको भूमिका प्रदर्शित गरिरहेको छु । मैले अरुलाई नजान्नेको कित्तामा किनारा लगाएर
आफूलाई जान्ने वनाउन खोजि रहेको छु । यो वर्तमान नेपाली राजनैतिक कार्यक्रताहरुको अलोक प्रिय “ म ’’ चरित्रले राजनीतिलाई असहिसुष्ण वनाएको सत्य
प्रसङ्ग सोचनीय रहेको छ ।
मैले मेरो घरको योजना र मेरो गाउँको योजनालाई प्राथमिकतामा
राख्न सके अनि मैले जस्तै अरुले पनि त्यसै गरेदेखि त हामी सवै व्यस्त हुने थियौं ,अभ्यस्त हुने थियौं । हामी सवैको श्रम र समयको
सदुपयोग हुने थियो अनि यसले अवस्य पनि व्यत्तिःmगत र
सामाजिक उत्पादन र उत्पादकत्व वृद्घ गर्न सकिन्थ्यो । अनि त वर्तमान “ म ’’वादीहरुको
चरित्रमा पनि पुन रसंरचना हुन सक्थ्यो । तर मलाई यस्तो
गर्न मन लाग्दैन किन भने यो रचनात्मक काममा प्रत्यक्ष श्रम खर्चिनु पर्दछ र
कालन्तरको निरन्तरतावाट मात्र यो सम्भव छ र वढी झण्झटीलो
भएकोले मैले यसो नगरिकनै एक मुष्ठ रुपमा राजनैतिक शक्तिवाट
प्राप्त गर्न खोजी रहेको छ ु ।
प्रसङ्ग मेरो राजनीतिक मोह किन हो र यसको आवश्यकता के हो
भन्ने पनि हो ? वर्तमान राजनैतिक परिदृष्यमा राजनीति गर्नेहरु
प्रति सम्मान प्रकट हुनु पर्नेमा घृणा जाहेर
गर्ने प्रवृति वढ्दो छ र पनि म यसै क्षेत्रमा पाईला वढाउदै छु । मेरो लक्ष्य किन
राजनीति वन्दैछ म अनविज्ञ छु । आफ्नो घर वनाउन नसकेको मेरो ल्याकतले हजारौं घरहरु
वनाउने नेतृत्वको जिम्मेवारी किन आँकलन गर्न सकिरहेको छैन ? म भावानात्मक भएँ कि , म हौसियर विना लगानीले प्रतिफल
लिने कोसिसमा त लागीन कतै । या अभिमानी हुने मार्शलको चरम आवश्यकता चरणमा प्रवेश
गर्न पुगे म । या पुराना नेतृत्वको विकल्प म सगं छ ? मैले आफै नवुझेको कुरा अरुले झन के वुझ्लान र ? हो यसरी अरुले नवुझ्ने राजनैतिक संलग्नताको
सामाजिक मूल्य के हो ? भन्ने प्रश्नको उत्तर मैले कार्यात्मक
व्यवहारले दिन नसक्दा सम्म कुनै मञ्चमा वस्ने सो पिस अथिति वन्न त सकुँला तर तर म
भन्दा जान्नेहरुले वाहिर वसेर श्रद्घाको सट्टा म प्रति मुख खुम्चाउने वातावरण वन्दै
जानुले मेरो कुनै राजनैतिक पहिचान रहदैन ।
प्रसङ्ग राजनैतिक उदेश्य अर्थात सामुहिक लक्ष्य निर्धारण र
त्यसको प्राप्ती अभिमुख सङ्गठित प्रयासहरुको हो । अनि यस्तो कुन स्थानीय
नेतृत्वहरुले गरिरहेका छन् त ? अनि मवाट यो सम्भव छ त ? यस्तो कसले सोचेको छ र मैले सोँच्ने भन्ने
ग्रस्त भावनाले म कसरी भिन्न हुन सक्छु त ? अनि मेरो गन्तव्य कसरी पृथक हुन सक्ला त ? अनि यस्तै भई रहे कहिले नयाँ राजनैतिक चक्र प्रारम्भ होला ? शुरुवात मैले गर्न सके , मैले यस्तो योजना वनाउन सके म काम मुखी हुने
थिएँ कि , लोकप्रिय हुने थिएँ कि । नेतृत्व भनेकै प्रयासहरु
सङ्गठित गर्ने साहस लिनु हो , अरुवाट उनीहरुको भरोसाको आशा
सङ्कलन गर्न सक्षम हुनु हो । राष्ट्रिय नेतृत्वले हामी कुनै प्रकारले प्रभावीत त
रहौँला तर हाम्रा् प्रयास ले हाम्रो गाउँ प्रभावीत हुने भएकाले सधै. राष्ट्रिय
नेतृत्वको दोषारोपणवाट हाम्रा गल्तिहरु ढाक्ने स्थानीय म प्रवृतिले हाम्रो समाजको
गति अवरुद्घ भएको छ ।
म वेलैमा मेरो कर्तव्य प्रति चिन्तित रहन सके यस्ता म हरुवाट
हामी चिन्तित रहने वातावरण वनाउन सर्वप्रथम म वाटै शुरुवात हुन जरुरी छ । हजारौ म
हरुवाट राम्रो म को खाजी गर्ने अठोट गरे वा राम्रो म लेखाउन वा देखाउन प्रयास गरे
हाम्रो सामजमा नयाँ राजनैतिक अध्यायको पाना पल्टिन सक्छ भन्नेमा विश्वस्त भई
अरुहरुका कुरा होईन राम्रो म को कुरा गरौं , मैले गर्ने कामहरुको कुरा गरौ.ं । म अरुको दोष देखाउन भन्दा
आफ्नो गुण वृद्घि गर्न लागे देखि अवश्य अरु भन्दा भिन्न रहन सकुँला भन्ने चेतनाले
वोधगम्य भएमा राम्रो म को नयाँ कार्यात्मक दिशाले सार्थकता पाउने छ । आफुले गर्न
सक्ने कुरा गरौं , गर्ने प्रस्तावित कामका कुरा गरौं । कसरी गर्ने
भनेर चिन्तनका कुरा गरौं । घरका कुरा गरौं , टोलका कुरा गरौं । अरुहरुका कुरा , फगत वातका कुरा नगरौं ।