नेपाल विश्वकै कान्छो गणतन्त्रात्मक देशको रुपमा स्थापित
राष्ट्र हो । विश्वकै ठूलो लोकतान्त्रिक देश भारत र विश्वकै ठूलो कम्युनिष्ट देश
चिनको वीचमा रहेको हाम्रो देशको वर्तमान राजनैतिक अवस्था अत्यन्त तरल अवस्थामा
रहेको कुरा जगजाहेर छ । यसको मुख्य कारण द्घन्द पछिको राजनैतिक परिवर्तनहरुको
संस्थगत गर्ने कार्यमा भैरहेको ढिलाई र दलहरु वीचको विभिन्न सैदान्तिक मुद्घाहरुमा
रहेको मतभेदहरु नै हुन् । नया संविधान निर्माण
र शाान्तिप्रकृयाको सुनिश्चितता मुलुकको वर्तमान दुई चुनौतिपूर्ण कार्यहरु
हुन् ।
यस विषयमा प्रमूख तीन राजनैतिक दलहरुको आ आफ्नै दृष्टिकोणहरु रहेको छ ।
कयौं मुद्घाहरुमा दलहरुको दृष्टिकोण अस्पष्ट रहेको देखिन्छ । यस्तो परिवेसमा
मुलुकको सवै भन्दा पुरानो र अहिले सम्मको सवै राजनैतिक क्रान्तिहरुको नेतृत्व
गर्ने अवसर प्राप्त गर्न सफल मुलुककै सवै भन्दा ठूलो लोकतान्त्रिक दल नेपाली
काँग्रेसको १२ औं महाधिवेसन र्भखरै मात्र सम्पन्न भएको छ ।
छिमेकि मुलुक भारतमा पनि र्भखरै दुई ठूला दलहरुको महाधिवेसन
सम्पन्न भएका छन् तर नेपाली मिडियामा यी समाचारहरुले धेरै स्थान पाउन सकेनन् ।
भारतीय काँगे्रस पार्टीले चौथो कार्यकालको लागि पनि सोनिया गान्धिलाई पार्टी
अध्यक्षमा सर्वसम्मत रुपले निर्वाचित गरेको छ । यस्तै गरि भाजपाले नितिन गड्करीलाई
नेतृत्वमा चुनेको छ । कम्युनिष्ट देश उत्तर कोरियामा पनि केहि दिन अघि मात्र
भूमिगत सैलिमा सत्तारुढ वर्कसपार्टीको अधिवेसन राजधानी प्योङ्गयोङ्गमा सम्पन्न भएको
छ जसवाट राष्ट्रपति किमकै ३० वर्षे छोरालाई उनको उत्तराधिकारी चुनेको छ । नेपाली
काँग्रेसको १२ औं महाधिवेसनको चर्चाले सवै मिडियाहरु काँग्रेसमय नै देखिए ।
महाधिवेसनले गाउँ देखि केन्द्र सम्म नयाँ नेतृत्व चयन गरिसकेको छ । मनोनित गर्ने
पदहरुमा पदाधिकारीहरुको मनोनित गर्ने कार्यले अझै पूर्णता पाएको छैन । नयाँ नेतृत्वले कसरी काम गर्ला
भन्ने जिज्ञासा सवै काँग्रेसजनहरुमा रहेको देखिन्छ । विभिन्न नेतृत्वको वारेमा
कार्यक्रताहरुले विभिन्न अनुमानहरु ग्रिरहेका छन् । अधिवेसनमा पराजितहरु फलानोले
सहयोग गरेन भन्दै त्यागको मुल्यङ्कन नभएको
गुनासो गरेको सुनिन्छ भने कतिपय नयाँ नेतृत्वप्रति आसावादी पनि देखिएका छन्
।
नेपालको ७६ औं जिल्ला मानिने चितवनको राजनितिक इतिहास पनि
राष्ट्रिय राजनितिमा वहुचर्चित र महत्पूर्ण मानिन्छ । विभिन्न राजनैतिक
आन्दोलनहरुमा चितवनले अग्रणी र भरोसपूर्ण सहभागिता देखाएको छ । अन्य जिल्लाहरुले
समेत चितवनको वाटो पर्खने गर्दछन् । याहाँको काँग्रेस राजनितिले पनि जिल्ला मात्र
नभएर राष्ट्रिय राजनितिमा समेत प्रभाव पार्ने कुरा स्पष्ट छ । लामो समय सम्म
पुरानो पुस्ताका नेताहरुले नेतृत्व गरेको चितवन काँग्रेसमा १२ औं जिल्ला
अधिवेसनवाट नेपालभरिकै कान्छो जिल्ला सभापतिको रुपमा विकास कोइरालाई निर्वाचित
गरेको विषयले पनि चितवन राजनितिमा ठूलै चर्चा पाएको छ हिजोआज सम्म पनि । वुढाहरुको
चाहाना वावजुत पनि निर्वाचन जितेका विकास कोइरालाई वुढाहरुले आफ्नो नेताको रुपमा
खुलस्त रुपमा सर्मथन गर्न अफ्ठ्यारो मानिरहेको देखिन्छ । विकासले पनि आफ्ना
अग्रजहरुवाट कसरी सहयोग लिने भन्ने कुराले मनोवैज्ञानिक सजगता अपनाउने गरेको
देखिएको छ ।
राजनैतिक जिम्मेवारी निश्चयनै कार्यालयीय काम जस्तो कदापी
होईन । यो त मानवीय व्यवहारहरु संग पूर्णरुपमा सम्वन्धित रहेको हुन्छ । यस्ता
व्यवहारहरु अन्तर मनका भावनाहरु संग जोडिएका हुन्छन् । फेरि राजनिति सवैको
सरोकारको विषय भएकोले पनि राजनैतिक जिम्मेवारी वहन गर्न साेंचे जति सहज छदै छैन ।
त्यसैले लोकसेवा आयोगवाट छनोट भएको एउटा युवा अधिकृत संग विकासको राजनैतिक जिम्मेवारी तुलना गर्ने युवा सोंचमा पनि त्रुटि रहेको छ ,
यसरी तुलना गर्न कदापि मिल्दैन । तर काँग्रेसीहरुमा वर्षौ देखि
राजनितिमा वूढा पाकाले मात्र नेतृत्व गर्न सक्छन् भन्ने मनोवैज्ञानिक र परम्परागत
मान्यता रहि आएको छ जुन राजनैतिक मान्यता भनि कहिल्यै स्विकारर्न सकिदैन । छोरा
छोरीहरुले राम्रो काम गरेर उनीहरुको नामवाट पनि आफ्ना अभिभावकहरु गौरान्भुत हुने
तथा असल अभिभावकिय भूमिकाको प्रशंसा र सम्मान प्राप्त गर्ने हाम्रा सँस्कृति प्रति
प्रौढ काँग्रेसीहरु स्पष्ट हुनै पर्दछ । अनि आफूलाई राजनितिज्ञ भन्नेले वुझ्नु पर्दछ कि भारतका राहुल गान्धिको र
नेपाली ३३ वर्षे गगन थापाको सर्वाधिक राजनैतिक लोक प्रियताको कारण के हो भनेर ?
याहाँ विकास र उनको
उमेर सगँ सम्वन्धित गर्न खोज्नेहरु जो लामो समय सम्म चितवनको राजनितिक नेतृत्वमा रहेका थिए त्यसकारण
उनीहरुले र्निवाह गरेको भूमिकाको आत्मसमिक्षा गरिसके पछि मात्र गर्भ भित्र रहेको
विकासको कार्यदक्षताको टिका टिप्पणी गर्नु
सान्र्दभिक देख्दछु । कुरा विकासको नभएर विकास जस्ता युवाहरुलाई भूमिका दिन
नचाहनेहरुको मानसिकताको हो । विकासको नेतृत्वलाई परिक्षण गर्न समेत धैर्यता
नदेखाउने व्यक्तिहरु आफू , क्षमता भन्दा पनि
राजनैतिक संरक्षणवाट स्थापित भएको तथ्य नजरअन्दाज नर्गनु उनीहरुको मनोगत त्रुटी हो
भनि वुझ्न आवश्यक छ । पञ्चायत कालमा काँग्रेसको पक्षमा लाग्दा शिक्षकको
स्थायी जागिरवाट च्युत हुनु भएका राजनैतिक
पिडित र संघर्षशिल व्यक्ति मनोहरि कोईरालाका सुपुत्र विकास कोइराला वाल्यकाल वाटै
राजनैतिक संस्कारमा हुर्केका र माध्यमिक तहदेखि नै ने.बि .संघको पदाधिकारी भएर
कहिले स्ववियु सभापति , कहिले जिल्ला
अध्यक्ष त कहिले केन्द्रिय सदस्यको हैसियतले निरन्तर क्रियासिल रहि काँग्रेस राजनितिमा स्थापित युवा
नेतृत्व भएको कुरा घाम जस्तै छर्लङ्ग छ ।
शिक्षामा स्नातक कोईरालामा विश्व राजनितिको ज्ञान र सङ्गठन सञ्चालनको आधुनिक व्यवस्थापन सीप समेत
रहेको छ ।
यस अघिका काँग्रेस सभापतिहरुमा खुला राजनितिको अभ्यास भन्दा
भूमिगत सङ्गठन सीप र अनुभव बढी थियो तर वाहाँहरुले खुला रुपमा मास पोलिटिक्स गर्ने
अवसर कमै प्राप्त गर्नु भएको कुरा पनि स्मरणीय छ । युवा , तरुण र प्रौढहरुको समान सहभागिता विना आजको
प्रतिस्प्रधात्मक राजनितिमा सफल हुन धेरै कठिन हुने हुँदा सवैले यसलाई हेक्कामा
राख्नै पर्दछ । मनोवैज्ञानिक व्यवस्थापनको कौशलता पर्दसन गर्न नसकेमा नेतृत्वले
धेरै चुनौति सामना गर्नु पर्ने हुन्छ । विकासले शीरमा भाद गाउँले कालो टोपी
पहिरनुले पनि उनलाई आफूमा धेरै जिम्मेवारी र कर्तव्यहरु रहेको अनुभव भैसकेको
प्रतिक उनको त्यो कालो टोपी हो भन्ने मैले विश्वास गरेको छु । उनले आफूलाई कालो
टोपीको पहिरनमा वदल्नु अघि धेरै
मनोवैज्ञानिक संकल्पहरु गरेको हुनु पर्दछ । सर्वदलिय वैठक उनका गहन विचारवाट
प्रभावित हुन सके उनको नेतृत्व छवि अकासिदै जान सक्छ भन्ने कुरा उनको टोपी भित्रको
मनोविज्ञानमा अवश्य रहेको होला ।
सार्वजनिक मनतव्यहरु विषयान्तर नगरि प्रस्तुत गर्ने नयाँ शैलि अख्तियार
नगरे कालो टोपीले पनि पुरानै आत्मअभिमानी नेतृत्वकै निरन्तरता पर्दशन गर्ने छ ।
मिडियाले कालो टोपीलाई प्रमुख जिल्ला नेतृत्वको रुपमा पाउन नसकेमा पनि विकासको
नयाँपनको खोजि निरर्थक रहन्छ । विकासले निर्वाचनमा उठाएका विकास योजनाहरु उनको आकर्षक निर्वाचन
सामाग्रीकै रुपमा रहे भने विकास पुरानै स्वादका नयाँ ब्राण्ड नामको व्यवसायीक
उत्पादन जस्तै हुने कुरा प्रति त्यो कालो टोपीको रोजाई मनोविज्ञान अवश्य सजक रहेको
छ होला ।
निर्वाचनको वेला युवाहरुले गरेको उनीप्रतिका ठूलो भरोसा
भनेको कार्यक्र्र्रताको सुरक्षा र सङ्गठित संरक्षण नै हो । गाउँमा नेवि संघ र
तरुणदलको उपस्थिति अनि उनीहरुवाट वि.पि.को नेपाली समाजवादको समाजिक सम्प्रेषण
गर्ने कामलाई नियमित गराउने कार्ययोजनाको कार्यान्वयन होला भन्ने दरिलो भरोसा उनीवाट अपेक्षा गरेका थिए । युथ फोर्स
र वाईसियलले कानुन हातमा लिएर न्यायीक निकायको अधिकार प्रयोग गरेको र अशान्ति मच्चाएको वर्तमान घृणित युवासंस्कारको अन्त्यमुखि अभियान
र राष्टिय सन्देशको स्थापना गर्न विकासको योगदान रहन सकेमा उनी र चितवन काँग्रसको
गरिमा उच्च हुन सक्थ्यो होला । उनले भने जस्तै प्रत्येक गाविसहरुमा एक पूर्णकालिन
कार्यलय सचीवको व्यवस्था अनि वैज्ञानिक पार्टी कार्यालय व्यवस्थापन मात्र गर्न सके
उनको कार्यकालको ठूलो सुधार भनेर मूल्याङ्कित हुने छ । पार्टी कार्यक्रताहरुमा
संस्थागत वन्न वाध्यकारी वनाएमा अव उप्रान्त व्यक्ति प्रधानताको निरन्तरता भङ्ग
हुन सक्दथ्यो । अनि युवाहरु प्नि पार्टी कार्यालय नियमित जाने र यो भन्दा वढि
सहभागी हुने वातवरण वन्न सक्द छ । सवै भातृ सस्था र शुभेच्छुक सस्थाहरुको राजनैतिक
भूमिका सुनिश्चित गरे मात्र चितवन काँग्रेसमा उनी लोकप्रिय हुने छन् । जिल्लामा
व्याप्त राजनैतिक र कर्मचारी भ्रष्ट्रचारीत्वको नियन्त्रण अनि चितवन विकासको गुरुयोजना कार्यान्वयन गराउन
केन्द्र देखि गाउ“ सम्म अग्रणी
भूमिकामा उभिएमा जिल्लावासीकै मनमा उनी वस्न सक्दछन् ।
कस्तो नेता राम्रो
हुन्छन् ? भन्ने वहस चलिरहदा र
राम्रो नेताको खडेरी भएको समयमा उनले वुझ्नु पर्दछ – live
and let live. prevent corruptions from own position onwards disciplined.
Practical make realistic promises and fulfill them . यस भावनालाई आत्मसाथ गरेमा अवश्य पनि हाम्रा विकास राम्रा
नेता वन्न सक्नेछन् ।