थारु – पहाडिया , “काका काकी र वाजे वज्यै” साईनोले हुर्काएको जातिय सद्भाव



मेरो परिवार २०३३ सालमा चितवनको पदमपुरमा म्याग्दीको अर्मन भन्ने ठाउँवाट वसाई सरि आएको हो ।   त्यसैले मेरो वुबालाई अर्मने भनेर गाउँवासीले चिन्दछन् । शन्तप्रसाद भन्नेको घर जग्गा किनेर शुरु भएको  हाम्रो पदमपुरको घरजम अहिले सम्म पनि स्थायी रुपमा कायमै छ । त्यसवेला पदमपुरको भूमि पूर्णत थारु जातिकै स्वामित्वमा रहेको कुरा मेरो वुवा वताउनु हुन्छ ।अहिले पनि मेरो वडाको ९० प्रतिशत जनघनत्व थारु जातिकै छ । औलो संग लड्ने थारु जातिको साहासी जीवन गाथा ऐतिहासिक रहेको छ । जल, जङ्गल र जमनि जस्ता प्राकृतिक सम्पदा मानौ उनीहरुकै लागि वनाइएको थियो । धोती र खुर्पेटो हँसिया पुरुषको पहिचान अनि कछाड र टाटु देखिने शरीर महिला पहिरहन यो जातिको पुरानो चिनारी अव त लोपोन्मुख देखिदै छ ।सङ्गठित र सुडाल शारीरिक वनावट भएका यीनीहरु परिश्रमि र स्वभावमा अति मिलनसार हुन्छन् । खेतिपाती यीनीहरुको मुख्य पेशा रहेको छ । कृषि उत्पादनमा यस जातिको ठूलो भूमिका रहेको छ । खेतिपातीमा यीनीहरु अति जाँगरिला हुन्छन् । थारु जाति सङ्गठित भई एकै ठाउँमा गुजमुज्ज घर वनाई वस्न मन पराउँदछन् ।


 घरमा कुनै पाहुना वा आगन्तुक आएमा सवै भन्दा पहिले वस्ने चकटी वा पिर्का  अनि त्यस पछि सफा पारेर एक लोटा पानी दिई सत्कार गर्ने चलन यीनीहरुको अति सद्भावपूर्ण रहेको छ । खरको छानो र खडैले वारेको घर भएता पनि यीनीहरुको घर र आगन अति सफा हुन्छ । विहानै उठेर महिलाहरुले गोवर खेतवारीमा लाने र आगनमा घौरा वाल्ने चलन पनि नौलो छ । प्राय महिलाहरु घरभित्रको काम धन्दामा र पुरुषहरु घरवाहिरको काममा व्यस्त रहन्छन् ।  महिलाहरु माटो , पराल, गहुको नल , वाँस , काँस आदीको हस्त सामाग्रीहरु निमार्ण गर्दछन् ।  घरको भित्ताहरुमा विभिन्न चित्रहरु कोर्न पनि महिलाहरु सिपालु देखिन्छन् । पहिले जमिनदारी प्रथा भएकोले घरमा परिवारै काम गराउन राख्ने चलन पनि रहेको थियो । यसलाई थारु जातिको धनि र गरिव वीचको आन्तरिक शोषणको नकारात्मक पाटो मान्छि ।आफ्नो दाजु वा भाईले कुनै केटी विहे गरेमा वदलामा भाउजु वा वुहारीको दाजु वा भाई संग गोलावट विवाह गर्ने वैवाहिक चलन रहेको पाईन्थ्यो जुन आजभोली हटिसकेको छ    कुनै महिला विधुवा भएमा उसले आफ्नै देवर संग विहे गर्नु पर्ने चलन पनि थारु जातिका नराम्रो संस्कृति रहेको थियो  । घरमा हास कुखुरा पाल्ने र मिठो खाना खाने यीनीहरुको दैनिकि नै हो । वयल गाडा र खेत जोत्न गोरु रा चाहिने भएर यीनीहरु घरमा गाई भैसी पाल्दथे । मैले जान्दा सम्म यीनीहरु गाईको दूध दुहुदैन्थे । गाई भन्दा वहरको स्याहार सुसारमा वढी जुट्दथे ।

 यीनीहरुले पाहाडवाट वसाई सरि आएका व्रह्रामण जातिलाई पहाडिया भन्ने र वाजे वज्यै भनि सम्वोधन गर्दथे । पहिले खेत जोत्ने ट्याक्टरहरु थिएन त्यसैले व्रह्रामण जातिले हलो नजोत्ने धार्मिक चलन भएकोले उनीहरु खेतिको लागि थारुहरुवाटै सहयोग लिन्थे । गृह निर्माणमा पनि उनीहरुवाटै सहयोग लिने गरिन्थ्यो ।  यहि माध्यमवाट थारु र व्रह्रामणहरुको आपसि सम्वन्ध निर्माण भएको पाईन्छ । व्रह्रामणहरु उनीहरुलाई काका काकी  भनि सम्वोधन गर्दथे । व्रह्रामणहरुलाई तराईको खेतिपाती गर्न यीनै थारु समुदायले नै सिकाएको हो । तराईका भूमि पुत्र थारु समुदायमा आर्थिक सञ्चितिको सोंच शुन्य प्राय भएकोले र भूमि धेरै भएकाले यीनीहरुले आफ्नो जग्गा जमिन वेच्दै गए । पहाडमा धान खेतीको ठूलो महत्व रहेकोले व्रह्रामणहरुलाई तराईको धानखेतको आकर्षण धेरैनै थियो । त्यसैले वर्षेनी पहाडवाट तराई आउनेको संख्या वढ्दै गयो । व्रह्रामणहरुमा ठूलो जाती भएको अहंकार हिजोका दिनहरुमा त अति नै थियो । थारुजाति अति सहनशिल भएर होला उनीहरुले पहाडियाहरुको ठालु पनालाई सहजै पचाउँदथे । पहाडियाहरुले पनि थारु संस्कृति र रीति रिवाजको कहिल्यै अवहेलना गरेनन् । आज त यी दुई जातिको वढ्दो घुलमिलका कारण युवा युवतिहरुको  अन्तरजातिय विवाहको कयौं अभ्यास समेत भैसकेको छ । वर्षौ देखि थारु पहाडियाको वीचमा प्रगाढ जातिय सम्वन्ध र सद्भाव रहेको छ यसलाई तराई विकासको महत्वपूर्ण आधार मानिन्छ । आज विशेष गरि चितवनमा थारु भन्दा थारु इतर जातिको जनसंख्या वढी भैसकोको अवस्था छ । तथापि थारुहरुमा जातिय एकताको भावना मजवुत देखिन्छ ।

चितवनको राजनीतिमा समेत थारु जातिकेैे अग्रणि भूमिका रहेको छ । तत्कालिन गाउँ पञ्चायतमा स्थानिय निकायहरु थारु नेतृत्वमै सञ्चालन भएको कुरा सवैलाई अवगतनै रहेको छ । अहिले पनि कयौं गाविसहरु थारु नेतृत्वमुखि नै छ । पदमपुर पनि त्यस मध्येको एक हो । त्यसैले थारु जातिले आफू जातिय रुपमा हेपिएको तर्क गर्नु स्वभाविक मान्न सकिदैन । निश्चित रुपमा समाजमा दुई किसिमको कुराले वढी प्रभाव पार्दछ । आर्थिक शक्ति र शिक्षा वा चेतनाको विकास । समाजमा जग्गा जमिनको स्वामित्व  अझै पनि थारु जतिकै वढी छ । यस हिसावले आर्थिक शक्तिको कमि  पनि यीनीहरु संग छैन । दोसा्रो कुरा शिक्षा वा चेतनाको हो , यसमा भने निश्चित रुपमा उनीहरु हिजो त धेरै गुना पछि रहेका थिए र आज पनि तुलानात्मक रुपमा पछि नै छन् । यहि कारणले रोजगारीका अवसरहरुमा पनि उनीहरुको पहुच निकै कमि रहन गयो । आर्थिक वचत गर्ने वानी र वचतको सदुपयोग गर्ने सीपमा पनि यीनीहरु पछि नै देखिन्छन् । तर अव थारु जातिमा पनि सामाजिक चेतनाको दियो वलि सकेको छ , यीनीहरु पनि चेतनाले  प्रदिप्त भैसकेका छन् । राज्यले पनि यीनीहरुलाई आदीवासीमा सूचिकृत गरि प्रत्येक अवसरमा आरक्षित गर्ने गरेको छ ।

विश्व भूमण्डलिकरणको वर्तमान समयमा मान्छे भित्र वर्ग वा जातिय सोंच पहिचानको उदेश्य वाहेक अन्य दृष्टिकोणवाट उपयुक्त मानिदैन । हाम्रो प्रयत्न जाति, धर्म र भाषा जस्ता समाज विभाजन गर्ने विषयहरुलाई सहिष्णुतामुखि वनाउन अभिप्रेरित हुनु पर्दछ ।   भाषा , भेषभुषा, रीति रिवाज र जातिय संस्कृतिको संरक्षण र सम्वर्धन गर्न तथा वंशवाली, कुल एवं धर्म र परम्परालाई युगौ सम्म स्थानन्तरण गर्न अन्य जातिको जस्तै थारु जतिको पनि जातिय सङ्गठन वन्नु गौरवपूर्ण विषयको रुपमा लिएको छु । यसले भविश्यमा अध्ययन र अनुसन्धानलाइै समेत सहयोग पु्याउने हुदा समग्र नेपाली भाषा र संस्कृतिको क्षेत्रमा यो प्रकासन कोसे ढुङ्गा सावित हुने छ ।

 जातिय सद्भाव प्रत्येक समुदायको सामाजिक सम्पति हुन्, शाान्तिको प्रतिक हुन् । हामीमा रहेको थारु पहाडियाको ऐतिहासिक जातिय सद्भावलाई  हक , अधिकारको नाममा विक्षुप्त वनाउनु हुदैन । सवैको प्रगति हुने वाटो पहिल्याउन अग्रसर वनौ । सवै समान रुपले अटाउन सक्ने व्यवस्थाको खोजि गरौं । आपसि सम्मानको रक्षा गर्ने संस्कृतिको निर्माणमा एक भई जुटौं । सवैको कल्याणकारी मार्ग प्रशस्त गरौं । भातृत्वको भावना फैलाउन तपाई हाम्रो हात मिलोस् । थारु पहाडियाको वर्षौ पुरानो काका काकी र वाजे वज्यैसाईनोले वृजारोपण गरको जातिय सद्भाव अझै झाँङ्गिदै  जाओस् भन्ने कामना व्यक्त गर्न चाहान्छु ।