नदि प्रवाह जस्तै सधैं गतिमान , निरन्तर चर्चा र आदरका साथ सम्झना गरिरहने नाम नै विश्वेसरप्रसाद कोईराला हो ।
संसारका थोरै व्यक्तित्वमा हुने विशेषता (व्यक्ति एक , व्यक्तित्व अनेक ) वोकेका विपि नेपाली धर्तीका वरदपुत्र
हुन् । । विपीको असाधारण अभिव्यक्ति कला , लेख्य क्षमता , भाषिक ज्ञान र
सर्मपण भाव अनि दुखदायी जीवनी पढ्दा जो कोही भावुक हुन्छ भन्ने लाग्दछ । जनयुद्घका नाईके भनिएका प्रचण्डले समेत विपीलाई
आफ्नो आदर पुरुष भनि प्रधानमन्त्रित्वकालमा भावुक अभिव्यक्ति दिनु नै यसको एक
प्रमाण हो ।आत्मवृतान्त , जेल जर्नल र
अदालति वयानका अंशहरु पढ्दा अनि विपीका सहकर्मीहरुको विपी दृष्टिकोण अध्ययन गर्दा
वाहाँ जस्तो सच्चा राष्ट्रनायक कोही नभएको वुझ्न सकिन्छ । थाहा छैन म आफैलाई कि मेरो
विवेकले यी महामानव विपीको स्मृति गर्ने योग्यता राख्छ या राख्दैन तर पनि म
वाहाँलाई छापाका सामाग्रीहरुकै आधारमा सम्झना गर्न गईरहेको छु ।
राणा शासन ढालेर देशमा प्रजातन्त्र स्थापना गर्ने राजनैतिक आन्दोलनमा होमिएका
सर्बाधिक लोकप्रिय नेपाली राजनेता बीपी कोइराला २००३ सालमा नेपाली कांग्रेसका एक
मुख्य संस्थापक मात्र होइनन् ,कांग्रेसको राजनीतिक सिद्धान्त र रणनीतिका
प्रमुख प्रवक्ता र व्याख्याकार पनि हुन् । तत्कालीन राणा शासकहरुको आँखामा बिझेपछि
भारत निर्वासित भएका समाज सुधारक पितासगै प्रबासमा अंग्रेज हटाऊ आन्दोलनबाट
राजनीतिमा होमिएका बीपी कोइरालाले नेपालमा राणा शासन बिस्थापित गरी प्रजातन्त्रको
बहालीका लागि देशबाहिर र भित्रबाट नेतृत्वदायी भूमिका खेलेका थिए । २००७ सालमा
प्रजातन्त्र स्थापनाका लागि भएको राजनीतिक आन्दोलनको सफलतापछि अन्तरिम सरकारका गृह
मन्त्री भएका बीपी कोइराला नेपाली कांग्रेसको मात्र नभै नेपालकै सबैभन्दा लोकप्रिय
नेताका रुपमा राजनीतिको केन्द्रमा थिए । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा दुई
तिहाई भन्दा बढी मत आर्जन गर्ने नेपाली कांग्रेसको नेताका रुपमा प्रधानमन्त्री
चुनिएर बीपीले २०१७ साल पुस १ गते प्रजातन्त्र अपहरण नभएसम्म पहिलो जननिर्वाचित
सरकार सञ्चालन गरेका थिए ।
प्रजातन्त्रको अपहरण भएपछि आठ वर्ष निरन्तर जेल जीवन भोगेका बीपी त्यसपछि पुनः
प्रवासबाट नेपाली कांग्रेसको नेतृत्व गरी २०३३ सालमा तत्कालीन राष्ट्रिय र
अन्तर्राष्ट्रि«य परिस्थितिको
विश्लेषण गरी देशभित्र मृत्युदण्डको माग गर्ने तत्कालीन हार्डलाइनर पञ्चहरुको
जोखिम स्वीकार गरी राष्ट्रिय मेलमिलापको नारा लिई नेपाल फर्केका थिए ।
प्रजातान्त्रिक समाजवादी राजनीतिक सिद्धान्त भएका बीपीले सोसलिष्ट इण्टरनेशनलको एक
अगुवाका रुपमा पनि अन्तर्राष्ट्रिय राजनितिमा आकर्षक भूमिका निर्वाह गरेका थिए ।
२०३७ सालको जनमत संग्रहमा बहुदलिय प्रजातान्त्रिक ब्यबस्थाका पक्षमा
अधिराज्यव्यापी प्रचार प्रसारको नेतृत्व गर्ने बीपीले २०३९ सालमा निधन नभएसम्म
संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका खातिर आफूलाई समर्पित गरेका थिए ।
आफ्नो जीवनकाल भरि देशको राजनीतिमा समर्थन र बिरोधको केन्द्रमा रहेका बीपी
अन्तर्राष्ट्रिय स्तरमा पनि परिचित लोकप्रिय नेपाली राजनेता हुन् । नेपाली
कांग्रेस उनकै नाम, सिद्घान्त,
कर्म र आकर्षणले अनुप्राणित रहदै आएको छ ।
संसारका समृद्घ मुलुकहरु त्यसदेशको राजनीतिक स्वच्छन्दता र इमानको परिणति हुन
भन्दा फरक नर्पला । राजनीति नेतिकताको
एउटा वलियो धरातल हो अनि विवेकशिल व्यक्तिहरुको महासभा हो । कानुनको धरातलमा टेकेर
जनताको भलाईको लागि गरिने अशल कृत्य राजनीति हुनु पर्दछ । तर नेपाली समाज अझै अचेत
र अर्धचेतनको स्थितिमा गुज्रिरहेको छ । मानिसहरु भीडको पछि दौडने स्थिति अझै
विधमान नै छ । भविश्य र वास्तविकता भन्दा पनि तत्कालिन प्रचारवादी कुराको पछाडी
दौडने समाजिक अवस्था रहदा सम्म विपी जस्ता असाधारण र ऐतिहासिक युग पुरुषको महिमा
गाथाको महत्ववोध हुन सक्छ भन्ने कुरा अझै केहि समय लाग्न सक्ला तर नेपाली जनताले
त्यो दिन धेरै पखर्नु पर्ने छैन । मुलुक जति जति खराव स्थितिमा गुज्रदै जान्छ ,जनताहरु तव टाउकोमा हात राखेर असल नेताको खोजि
र महिमा गानको स्थितिमा पुग्ने छन्
“कहिलेकाही त यस्तो मान्छेलाई हामीले कसरी १० वर्षे युद्घ राजनीतिको नायक
वनायौं र याहाँ सम्म आइपुग्यौं भन्ने पनि लाग्छ । कहिले एउटा र कहिले अर्कोलाई
उचाल्ने र पछार्ने , जालझेल, कपट ,षडयन्त्र,चौविसै घण्टाआफु
र आफ्नो परिवारवारे मात्रै सोच्ने , सुख सुविधा मोजमस्ति भन्दा अरु अहिले प्रचण्ड जी सित केहि भए ररहे जस्तो
लाग्दैन .....। पछिल्ला वर्षहरुमा प्रचण्डले आफुलाई ज्ञानेन्द्र शाहको नयाँ
अवतारको रुपमा वुझ्न रवुझाउन खोजे । ...अव प्रचण्डवाट क्रान्तिकारी विचारको
नेतृत्व लिने स्थिति छैन ।...वादशाहलाई घोडावाट खसाल्नै पर्छ । ’’ (डा. ऋषिराज वराल, अन्नपूर्णपोष्ट) । नेपाली जनताहरुलाई नाटकिय रुपमा क्षणिक
राजनैतिक प्रभाव पारेका कमरेड प्रचण्ड प्रतिको जनभावना माथिका भनाईले प्रष्ट्याई
सकेको छ । आम जनताहरु जसका कारणवाट नेपाली राजनीतिको निर्वाचनमा प्रभाव पार्दछ ,उनीहरु प्रचण्डको अशली चरित्रवाट अझै अनविज्ञ
होलान् । यहि अनविज्ञता र भ्रमवाट आजको संक्रमणकाल जन्मिएकोमा कसैको दुईमत छैन
होला । अव नेपाली जनताले सहि वाटोको अभिमत जाहेर गर्नै पर्दछ ।
जीवन भरि राजनैतिक सङ्घर्ष गरेका , आफ्नो उपचार गर्न नसकेका र नेपाली जनताका लागि आफ्नो जीवन प्रवाह नगरेका अनि
आफ्नै नेपाली नामको राजनैतिक दल र सिद्घान्तका प्रर्वतक महामानव विपी कोइरालाको
आर्दशतम व्यक्तित्व नेपालभित्र अतुलनीय तथा
विश्वभरिमा पनि तुलनायोग्य रहेको छ
। कोइरालाको अनुयायी भनाउँदा नेताहरुले पनि उनको जीवनशैली अनुसरण गर्न सकिरहेका
छैनन् । उनको सिद्वान्तको अनुयायी भन्नेहरु र उनको आर्दश वोक्नेहरु केवल विपीको
नाम भजाएर आज विपीप्रतिको सच्चा आदरभावलाई अनादर गराउने कोसिसमा देखिनु एउटा
विडम्वना हुन गईरहेको प्रति सचेत चाल अघि वढाउने समय ढिलो हुदै गएको छ । वर्तमान
नेपाली राजनीतिका नेतृत्वहरु विपी कोइरालाको अघि अति फिका देखिनुले पनि आज फेरी
नेपाली धर्तीमा विपी कोइरालाको आवश्यकता खट्किएको छ । देशको माटोको कसम वोक्ने
नेता चाहिएको छ आज नेपाल आमालाई । किसानको फाटेको टोपी र उसको गाइगोठ हेरेर निर्णय
गर्ने राजनेता चाहिएको छ नेपाली जनतालाई । अखण्ड नेपाल हाँक्ने महामानव चाहिएको छ
हामीलाई । सामाजिक सहिसुष्णता कायम गर्ने नेतृत्व चाहिएको छ नेपाली जनतालाई ।
भिजाएको चना , नुन र गुण खाएर
छाक टार्न सक्ने विपी कोइराला जस्ता सर्वहारा नेता चाहिएको छ नेपालीलाई ।
सत्ययुगको जस्तो वरदान मागेर पाईने भए फेरी विपी कोइरालाको अवतार चाहिएको नेपाल
आमालाई ।
सङ्घर्षमय जीवनगाथाले रङ्गिन विपीको ३१ औं स्मृति दिवसको समयको सन्र्दभमा छौ
हामीहरु यस वर्ष पनि । काँग्रेस र काँग्रेसको भातृ संस्था तथा शुभेचछुकले यस घडिमा
मुलुक लगायत विदेशमा पनि विविध कार्यक्रम आयोजना गरि आफ्ना संस्थापक नेताको सम्झना
गरिरहेका छन् । जीवनका पछिल्ला दिनहरुमा राष्ट्रिय मेलमिलापको देशभक्तिपूर्ण
उच्चतम राजनीतिको आयाम विपीको जीवनपर्यन्तको यात्रा वन्न गयो । आज देशमा स्वार्थपरायणता , सम्प्रादायिकता , व्यक्तिवादी मनोवृत्ति र विदेशपट्टि आमुख हुने प्रवृत्तिको
वोलवाला छ । आज नेपाली काँग्रेसको काँधमा दुई जिम्मेवारी छ । लोतन्त्रको रक्षा गनु
र राष्ट्रियता जोगाउनु । राष्ट्रिय एकता लोकतन्त्रको जर्गेनावाट मात्र हुन सक्दछ र
लोकतन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण व्यवस्थामा मात्र
वलियो हुन सक्दछ भनि विपीले लिएको नीति आज झन सान्र्दभिक भएको छ । यस घडिमा
संविभान सभाको निर्वााचन , सम्विधान निर्माण
र राज्य पुर्नसंरचनाको राष्ट्रिय अभिभारा पुरा गर्न नेपाली काँग्रेसले नेतृत्व दिन
सक्नु पर्दछ र यसको राजनैतिक प्रण गरि नेपाली जनतालाई आश्वस्त पार्न सक्नु पर्दछ ।
अनि विपीवादलाई कार्यान्वयन गराउने लक्ष्यमा दृढ रहने प्रतिज्ञा गर्न सक्नु पर्दछ
। यो भएमा विपी को सच्चा स्मृतिगानको
महत्व युगौ युग फैलदै जाने छ ।
“ विपी नेपाली काँग्रेसका मात्र नेता नभएर आमनेपाली जनताकै प्रिय नेता हुन् ।
देशको विद्यमान राजनैतिक खिचातानीका कारण यसपल्टको विपी स्मृति दिवसको उत्साह भने
देशव्यापी रुपमा देखिदैन , स्वयम् नेपाली
काँग्रेस भित्र पनि आफ्ना अग्रज नेताको स्मृति दिवस प्रति त्यति उत्साही देखिएको
छैन । ” हिजोको चितवन पोष्टको यो
मर्मस्पशी सम्पादकीयले राजनेता प्रतिको सम्मान गर्नु पर्ने दायीत्व मात्र झल्काएको
छैन , राज्य हाँक्नेहरुको
चिन्तनको हवीगत कस्तो छ भन्ने पनि सन्देश दिएको छ । सम्पादक ज्यू प्रति विशेष आभार
प्रकट गर्न चाहान्छु ।
आजको दिनमा विपीपथ विराउनेहरुलाई धिक्कार गर्न चाहान्छु । चाटुकारहरु विपीको
नाम लिएर आजको पवित्र स्मृतिपलमा नाटकिय गाथा गाउने दुस्साहस नगर भन्न चाहान्छु ।
मञ्चमा अरुलाई सिकाउन जानेहरुलाई आफू स्वयम विपी संस्कार गरेर देखाउन अनुरोध
गर्दछु । अन्तमा विपी वादको आर्दशप्रति श्रद्घा व्यक्त गर्दै स्वर्गीय महामानव विपी प्रति पुष्पगुच्छा सहित
हार्दिक श्रद्वाञ्जली अर्पण गर्दछु ।