अर्थशास्त्रमा व्यापार हुन कानुनी
लगानी गरिएको व्यवसाय हुनु पर्दछ र त्यसको नियमित कारेवारवाट आएको नाफा मात्र आयको
श्रोत मानिन्छ । अंग्रेजी शव्द commission र brokerage को अर्थ दलाली हो र यसलाई निश्चित
दरको आधारमा निश्चत आम्दानीमा लिने सेवा शुल्क भनिन्छ । विक्रेताको जागरिेले
विक्रि परिणामवाट कमिसन पाउँछ । त्यस्तै लाईसेन्स प्राप्त व्रोकरहरुले मात्र रियल
स्टेट कारोवार गर्न पाउँछन् । निश्चित विक्रि रकमवाट यस्तो शुल्क निर्धारण गरिन्छ
जसलाई दलाली शुल्क (tout) भनिन्छ र त्यसमा भ्याट समेत लाग्दछ । BAC @ r% र SAC @ r% को
सूत्रवाट यस्तो कमिसन निर्धारण हुन्छ । अनि वल्ल त्यस्तो आम्दानी लाई श्रोत सहितको
वैधानिक आम्दानीको मान्यता दिइएको छ ।
नेपालमा गत २ वर्ष देखि कुना कन्दरा सम्म जग्गाको कारोवारीहरुको ह्वात्तै वढोत्तरी भएको छ र एक समय त कति रातारात धनाढ्य वने त कति टाट समेत भए । फेरी एक्कासी यो व्यपार मन्दी अवस्थामा पुग्यो अनि आज जताततै आर्थिक तरलता देखिएको छ । गरिखानु राम्रो काम हो र लगानीको जोखिम लिनेहरुले नाफा कामउनु पनि पर्दछ । कुरा जग्गा कारोवारी भन्दा पनि अनैतिक र गैर कानुनी तवरवाट कुटिल जालझेल ,प्रलोभन ,दवाव तथा छलकपटपूर्ण तरिकावाट जग्गा आफ्नो स्वामित्वमा लिन गरिने शोषण क्रियाकलापहरु र त्यसले कानुनको ज्ञान नभएका जनजाति आदीवासी र सर्वसाधारणहरुमा ल्याउने अििर्थक गरिविको अवस्था तथा त्यसवाट परिवार र समाजमा पर्न गईरहेको नकारात्मक प्रभावलाई उठान गर्नु जरुरी छ भन्ने लागेको छ । आजको यस लेखमा मैले हाम्रा गाउँ घरमा भैरहेको फर्सी दिएर सुन लिने लालपूर्जाको मौलाउँदो खेतिका संवन्धमा चर्चा गर्ने धृष्टता गरेको छु ।
नेपालमा गत २ वर्ष देखि कुना कन्दरा सम्म जग्गाको कारोवारीहरुको ह्वात्तै वढोत्तरी भएको छ र एक समय त कति रातारात धनाढ्य वने त कति टाट समेत भए । फेरी एक्कासी यो व्यपार मन्दी अवस्थामा पुग्यो अनि आज जताततै आर्थिक तरलता देखिएको छ । गरिखानु राम्रो काम हो र लगानीको जोखिम लिनेहरुले नाफा कामउनु पनि पर्दछ । कुरा जग्गा कारोवारी भन्दा पनि अनैतिक र गैर कानुनी तवरवाट कुटिल जालझेल ,प्रलोभन ,दवाव तथा छलकपटपूर्ण तरिकावाट जग्गा आफ्नो स्वामित्वमा लिन गरिने शोषण क्रियाकलापहरु र त्यसले कानुनको ज्ञान नभएका जनजाति आदीवासी र सर्वसाधारणहरुमा ल्याउने अििर्थक गरिविको अवस्था तथा त्यसवाट परिवार र समाजमा पर्न गईरहेको नकारात्मक प्रभावलाई उठान गर्नु जरुरी छ भन्ने लागेको छ । आजको यस लेखमा मैले हाम्रा गाउँ घरमा भैरहेको फर्सी दिएर सुन लिने लालपूर्जाको मौलाउँदो खेतिका संवन्धमा चर्चा गर्ने धृष्टता गरेको छु ।
हाम्रो समुदाय राजनैतिक रुपमा चरम
असष्णुताको अवस्थावाट गुज्रिरहेको छ । सामान्य नागरिकहरुको अनुहारमा राजनैतिक ऐना
राख्ने गरिन्छ । यसले पनि सुचनाहरु लुकाउन सहज भईरहेको छ । जो जोले जे सुकै
आवरणमा राजनैतिक उत्कृष्टताको वकालत गरेता
पनि सवैको ठगि गर्ने पहिचानको पर्दाफास भैरहेको छ हिजो आज । विचित्रको कुरा के भने
कमिसन खान अनि कसैलाई वर्वाद गर्न चाही
राजनैतिक दृष्टिकोण शुन्यप्राय देखिदो रहेछ । यसको एउटै अर्थ निकालेको छु कि हरेक
मान्छेभित्र सामन्ती पन रहेको हुन्छ । उसको राजनैतिक विचार त केवल देखाउने दाँत हो
। हिजो आज पाहाड वाट चितवन आउन खोज्नेहरु , वसाइ सर्न
चाहनेहरु कोही पनि वर्गिय रुपमा हुने खाने छैनन र उनीहरु कुनै वाध्यता वस नै
(अपवाद वाहेक )वसाई आउन चाहेका छन् । कयौंले त
अरवको खाडीमा ज्याला मजदुरी गरि
वासको लागि र छोराछोरीको सुनौलो भविष्यको सपनाले घडेरी किन्न खोजेका छन् । मलाई कत्ति
पनि भन्न हिचकिचावट छैन कि उनीहरु वर्गीय रुपले प्रताडित र संरक्षण गरिनु पर्ने
व्यक्तिहरु हुन् । सर्वहाराको वकालत गर्नेहरुले उनीहरुको घडेरी वा जग्गा खरिद
गर्दा भैरहेको चरम आर्थिक शोषणको विरोध गरिनु पर्नेमा सवै भन्दा वढी त स्वयम
शोषणको धन्दा चलाउने दलाली गरिरहेको दृष्य प्रति सवैको मौनता देख्दा अचम्म लाग्दो
छ । शहर वजार इलाकामा वैधानिक रुपवाट
जग्गा स्वामित्वको लेनदेन भएको होला तर गाउँ घरतिर दलालीले आफ्नो नाममा
स्वामित्व नवनाई जग्गा धनी र ग्राहक वीच प्रत्यक्ष सम्र्पक नै नगरी एकै दिन
चिरञ्जिवी वाग्ले र खुम वहादुर खड्काहरुको
भन्दा पनि उच्च दरमा श्रोत विना आम्दानी गर्ने गरेको सामाजिक शोषण लाई किन
भ्रष्टचार नभन्ने ? यिनीहरुलाई निश्चित समय भित्रको यो अकुत कमाईको
कानुनी श्रोत देखाउन भने कसरी देखाउन सक्छन् ?
गाउँ विकासका पूव उपाध्यक्ष र गाउँ
विकासका कर्मचारीले नै लालपुर्जाको खेति गर्न थाले पछि त्याहाँका जनताहरुको कल्याण
नहुने भन्ने प्रश्न गरिरहन नै नपर्ला । साँझ विहान पिल्सिएकाहरुका गुनासो सुन्न
कचरी गर्नु पर्ने नेताको घरमा लालपुर्जाको चाङ , क्यालकुलेटर ,
कमिशन
र षडयन्त्र योजना अनि त्यही धन्दा गर्नेहरुको भीड देख्दा लाग्दै छ कि उहाँ
सर्वहाराको हीतमा जुटीरहनु भएको छ । मालपोत कार्यालय, अदालत र जिल्ला
प्रशासन कार्यालयको सेरोफेरोमा उहाँको न्युन वर्गीय हीतको चिन्तनले उच्च गति
लिईरहेको हुदा हामीले यस्ता नेता धेरै वनाउन सकेमा समाजमा समानता र समता हासिल गर्न धेरै कुरि
रहनु पर्ने थिएन । हुन त ठगिनेहरु पनि
जानाजानी वल्छिमा पर्न जाने गर्दछन् । काम गर्नु भन्दा अघि जान्ने सुन्नेहरु संग
परार्मश गर्न नचाहाने र ठगि गर्नेहरुले नै भलो गरिरहेको ठान्नेहरु पनि कम दोषी त
छैनन् । कानुनी रुपमा निर्दोष देखिने तर भु स्वाह वनाउने यो कार्य कति अनैतिक र
निर्लज्जतापूर्ण छ भन्नै सकिदैन । दश हजारमा चेपाङले गैडा मार्ने र वीस हजारमा
चेली वेच्ने जस्तो काम हो , त्यो भन्दा यो कम अमानवीय र दण्डनीय
छैन । पैसााको लागि छोराले वावु भनेका छैनन् , भाञ्जोले मामा
भनेनन् , सानावुवा अनि भिनाजु पनि भनेन् । छोरालाई खाडी पठाउन चाहिने एक डेढ
लाख रुपैया दिएर एक विघा दृष्टि गराउने अनि छोरो फर्कदा उसको अंश नरहने घटनालाई
हामी कस्तो आर्थिक कारोवार भन्ने ? के यस्तो जे भैरहेको छ ,त्यो
ठीक भैरहेको छ त ?
विशेष गरि थारु जातिहरु एक दुई लाखमा
एक डेढ विघा काठमाण्डौ देखि भैरहवा सम्मका
मानिसहरुलाई दृष्टि गर्ने र सावाँ
फिर्ताको भाकामा सम्पर्कमा नआउने घटना पदमपुरमा व्यापक देखिएको छ । थारु मुक्तिका नारा दिनेहरु काहाँ छन कुन्नी १
केही दिन अघि जनजाति र आदीवासीहरुले हातमा लाठी लिएर गाउँ गाउँ देखि आन्दोलनमा
हिडेको सवैले देखेकै हौं । मेरा एक जना
सहकर्मी चौधरी शिक्षक जसले भन्दै हुनु हुन्थ्यो कि चितवन पहिले हाम्रो थियो
पछि आउने पहाडेहरुले आज रजाई गरिरहेका छन र यी सवैलाई लखेट्नु पर्दछ भनि ।
आन्दोलनमा रत्ननगर क्षेत्रमा उहाँ आक्रमक रुपमा प्रस्तुत हुनु भएको थियो भन्ने पनि सुनेको थिएँ । यति सचेत
व्यक्तित्वलाई पक्कै थाहा भएको हुनै पर्दछ कि रातारात पदमपुरमा आदीवासी थारुहरुको
जग्गाहरु किनवेच होईन एक दुई लाखमा ऋणमा दृष्टि गरिएका छन र आज दृष्टिकर्ताहरु
सम्पर्कमा छैनन् । उनीहरुको लालपुर्जा आज काठमाण्डौं लगाएत देशका प्रमुख शहरमा
रहेका वैंकहरुमा धितो राखी दृष्टिकर्ताहरु फरार रहेका छन । आज आदीवासी जग्गा
धनीहरु गाउँमा रोएर हिडेका छन् । अनि मलाई आत्मै देखि सोध्न मन लाग्छ उहाँ मार्फत
खोई तपाईहरुको थारु कल्याणकारी नेतृत्व ? के छ त उनीहरुलाई न्याय दिने कार्यक्रम
?
पदमपुर ३ का पूर्व वडा अध्यक्ष लक्ष्मण
चौधरीले दृष्टिवाट एक्कासी पुरै जग्गा गुमेको पत्तै पाएनन् । पदमपुर ७ का देवनारायण
चोैधरीको पनि उस्तै हालत वने पछि हार
गुहार गर्दा अभियुक्तलाई वलपूर्वक आशिंक जग्गा फिर्ता गर्न लगाएको घटना र अन्य वाहिर नआइरहेका घटनाहरु याहाँ धेरै छन्
। पदमपुर ७ का सत्यदेव , शन्ता र अन्य केही व्यक्तिहरुको पूर्जा
आज काठमाण्डौको पशुपति वैकमा रहेको र मञ्जुरी नामा लिनेहरु आज सम्र्पकमा नरहेको
वुझिएको छ । आज तमसुकका भरमा अदालतमा मुद्घा गरि जग्गा हत्याउन कयौं फटाहाहरुले
वादी भएर तिनै थारु जातिका सर्व साधारणलाई तारिकमा अदालत धाउने दुख दिईरहेका छन् ।
अवको एक डेढ वर्षमा यो अवस्था सयौंको सङ्ख्यामा पुग्ने निश्चित छ । यो सामाजिक
शोषण डढेलो जस्तै सल्किरहेको छ र थुप्रै गाउँवाट विस्थापित गराउने गरि अनि
सन्ततीहरुलाई सडकमा पु्याउने गरि दन्किरहेको छ ।
राष्ट्रिय सर्तकता केन्द्रले जति गरे
पनि भूमाफियाहरुको मनोवल घटेको छैन । जव सम्म घर घरमा सचेतना दिईदैन तव सम्म यसको नियन्त्रण
अति कठिन छ । यिनीहरुको गिरोह ठूलो छ । फेरि गाउँ घरमा चप्रासीहरु पनि त छन् जसले उनीहरुको गुलामी गरेर लुटाउन सहयोग
गरिरहेका छन । हामीले गाउँ घरमा यस्तो अनियमितताको विरोध गर्नुका साथै
सर्वसाधारणलाई त्यस्तो कारोवार नगर्न सचेतना फैलाउन जरुरी छ । युथर्फोस , वाईसियल
र तरुण दलका युवाहरुले गाउँमा सानो पर्चा सहित यस्तो सचेतना कार्यक्रम गरे पनि
हुने थियो की । थारु कल्याणकारी समितिले पनि यसको लागि कार्यक्रम गरे हुने थियो नी
। हामी पनि वाहाँहरुलाई साथ दिने थियौं । यस लेख मार्फत सोझा सर्वसाधारणमाथि
भैरहेको यस प्रकारको अन्यायप्रति केही गर्ने गरि संवन्धित निकाय र व्यक्तिहरुको
ध्यानाकर्षण गर्न सके राम्रै हुने ठानेको छु । हाम्रो ज्ञान र विवेकले सधै तटस्थता
रोज्यो भने , खराव क्रियाको अवरोध गरिन भने अनि मौनता
साधिरहियो भने हाम्रो समाजमा मनपरि गर्नेहरुको अनि खराव मनसाय राख्नेहरुको मनोवलमा
अवरोध कसरी आउन सक्छ होला र ? हिजो सुकरात ,प्लेटो र
अरस्तुहरुले सामाजिक जागरण नगरेको भए आज पश्छिमी दर्शन र सभ्यता यति आधुनिक वन्न
सक्थ्यो होला त ? तात्कालिन समयमा उनीहरुलाई समाज भड्काउने कु
तत्व भनेर अनेक षड्यन्त्र गरिन्थ्यो । उनीहरुले कैयौ उल्झनहरुको सामना गर्नु परेको
कुरा जीवनीवाट सवैलाई थाहा भएकै विषय छ । वर्गवादीहरु र जातियवादीहरु ढिलो नगरि तपाईहरु
सर्वसाधारणहरुलाई थप वर्वादी हुन वाट जोगाउन लाग्नुहोस । एन्.जी.ओ.को प्रवक्ता भएर
मात्र सर्वसाधारणको मुक्ति हुदैन भन्ने चेतना होस् । आन्दोलनमा उठेका लाठी र
मुट्ठीहरु ती शोणकहरु प्रति उठाउने छौं भनि खवरदारीको शंखघोस गर्नुहोस् ।