विद्यार्थी असफल हुँदा शिक्षकको केही गुम्ला तर अभिभावकको सर्वस्व नै गुम्छ ।



चितवनको कालिका नगरपालिका पदमपुरमा रहेको भीमोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक डा. हरिप्रसाद कँडेल २०७६ को सर्वोत्कृष्ट शिक्षक हुन सफल भएका छन् । प्रधानाध्यापक बनेपछि उनले गरेका फरक अभ्यास र प्रयत्नले भीमोदय माविले छोटै समयमा पनि शैक्षिक र भौतिक क्षेत्रमा ठूलो फड्को मारेको छ । विद्यालयमा कार्यरत प्रत्येक शिक्षकलाई निःशुल्क ल्यापटप वितरण, दण्ड र पुरस्कारको नयाँ व्यवस्था, हरेक कक्षामा स्मार्टवोर्ड र प्रोजेक्टरको व्यवस्था, शिक्षकहरुसँग कार्यसम्पादन करार, विद्यालयमा बालउद्यानको निर्माणले केही वर्षदेखि विद्यालयको सिकाइस्तर उम्दा बन्दै गएको छ । ननस्टप टेलिभिजनको शिक्षा संवाद कार्यक्रममा बोल्दै डा. कँडेलले भनेका छन्, “विद्यार्थी असफल हुँदा शिक्षकको केही गुम्ला तर अभिभावकको सर्वस्व नै गुम्छ ।”