कोहलपुर, भदौ २०,
पिपी प्रसाई फाउन्डेसनले वर्ष २०१९ को लागि देशैभरीका सामुदायिक
विद्यालयमध्येबाट सर्वोत्कृष्ट प्रधानाध्यापक पुरस्कार श्री भीमोदय मा.वि.,
पदमपुर, चितवनका प्रधानाध्यापक डा .हरिप्रसाद कंडेललाई प्रदान गरेको छ ।
पुरस्कारको राशी एक लाख र सम्मान पत्र तथा विद्यालयलाई दश हजारको
शैक्षिक सामाग्रीहरु रहेको छ । डा. कंडेल यस विद्यालयमा विगत ४ वर्षदेखि
प्रधानाध्यापकको भूमिकामा रहनुभएको छ । विद्यालयमा पूर्ण अंग्रेजी माध्यम,
प्राविधिकतपÞर्m कृषि र कक्षा ११÷१२ मा विज्ञान संकाय सञ्चालन, स्कूल बस
सेवा, एक हजार १ सय पचास भन्दा बढी विद्यार्थी, विज्ञान प्रयोगशाला,
कम्प्यूटर ल्याव, कृषि ल्याब, साइकल स्टैण्ड, लाइब्रेरी÷ई–लाईबे्ररी,
सभाहल, मञ्च, चमेना गृह, एक शिक्षक–एक ल्यापटप, सिसि–क्यामेरा, डिजिटल
हाजिरी, शिक्षकको कार्य सम्पादन करार, शिक्षक लगबुक, विद्यार्थी लगबुक
लगाएतको सेवा सुविधा रहेको विद्यालयले जनाएको छ ।
देशभरका ७ प्रदेशबाट उत्कृष्ट ७ जना र देश भरीबाट १ जनालाई सर्वोत्कृष्ट
गरि जम्मा ८ जनालाई यो पुरस्कार हरेक वर्ष वितरण गर्ने गरिएको छ ।
http://eaawaj.com/archives/32521