४२ वर्षीय अमेरिकन शिक्षिकाKeishia Thorpe ले जितिन ग्लेावल टिचर अवार्ड

४२ वर्षीय अमेरिकन शिक्षिका Keishia Thorpe ले यहि मंगसिर २ गतेका दिन 1 मिलियन डलर राशिको ग्लोबल शिक्षक पुरस्कार जितेको खबर सुने पछि वेस्सरी उफ्रिन्, त्यसपछि खुसीको आँसुले अनुहार भरिन्।मेरिल्याण्डको ब्लेडेन्सबर्गमा उनका विद्यार्थीहरू समेत भर्चुअल समारोह हेर्न भेला भएका थिए जव उनीहरूको शिक्षकको नाम घोषणा भयो उनीहरु पनि खुशीले खुब चिच्चाए।


वार्षिक पुरस्कार आयोजना गर्ने वार्की फाउन्डेसनका अनुसार ब्लाडेन्सबर्गको ल्याङ्ले पार्कस्थित इन्टरनेशनल हाई स्कूलमा अंग्रेजी पढाउने Keishia Thorpe लाई विश्वका १२१ देशका ८,००० भन्दा बढी मनोनयन र आवेदनहरूबाट छनोट गरिएको थियो। थोर्पलाई उनको जीतमा विश्वव्यापी शिक्षाका लागि संयुक्त राष्ट्र संघका विशेष दूत र बेलायतका पूर्व प्रधानमन्त्री, साथै संयुक्त राष्ट्रका पूर्व महासचिव बानकी मुनले बधाई दिएका थिए।

Keishia Thorpe ले पहिलो पुस्ताका अमेरिकी, आप्रवासी र शरणार्थीहरू समाबेश भएका आफ्ना विद्यार्थीहरूका लागि १२ औं कक्षाको अङ्ग्रेजी पाठ्यक्रमलाई सांस्कृतिक रूपमा सान्दर्भिक बनाउन पुन: डिजाइन गरेका कारण यो पुरस्कार दिईएको थियो।उनले आफ्नी जुम्ल्याहा बहिनी Dr.Treisha Thorpe सँग गैर-नाफामुखी U.S. Elite International Track and Field नाम संस्थाको पनि सह-संस्थापना पनि गरि विश्वभरका विद्यार्थी-एथलीटहरूलाई अमेरिकी कलेज र विश्वविद्यालयहरूमा छात्रवृत्तिहरू पछ्याउन मद्दत गर्रिरहेकी छिन्।

उनले आफ्ना विद्यार्थीहरूलाई कलेजका आवेदनहरू र आर्थिक सहायतामा सहयोग गर्न अनगिन्ती घण्टाहरू खर्च गर्छिन्।उनीहरूलाई 2018/2019 मा मात्रै 11 विभिन्न कलेजहरूमा $6.7 मिलियन भन्दा बढी छात्रवृत्ति जित्न मद्दत गरेकी थिइन्।आजसम्म, उनले 500 भन्दा बढी विद्यार्थीहरूलाई पूर्ण track and field scholarship प्राप्त गर्न मद्दत गरिसकेकि छिन् ।

जमैकामा हुर्केकि उनी track and field scholarship प्राप्त गरि संयुक्त राज्य अमेरिका उच्च अध्ययन गर्न गएकि थिइन् । पछि त्यहि शिक्षक बनेर अमेरिका कार्यथलो बनाउन पुगेकी हुन् । उनले हाल Langley Park स्थित इन्टरनेशनल हाई स्कूलमा काम गर्छिन् जहाँ ८५% भन्दा बढी विद्यार्थीहरू Hispanic र ९५% low-income भएका बिद्यार्थीहरु अध्ययन गर्दछन् ।