It’s the teacher that makes the difference, not the classroom.

यो चित्र भारतको पूर्वराष्ट्रपति डाक्टर सर्वपल्ली राधाकृष्णनको शिक्षकीय भूमिका हो। उनले आफ्नो हातले कालोपाटीमा लेखेको अक्षर गुगलले लेखेको जत्तिकै आकर्षक देखिन्छ। उनलाई पढाउनमा निकै रमाइलो लाग्दथ्यो। सामान्यतया एक घण्टाको अवधिको छलफलमा समय बिर्सेर उनले कहिलेकाहीँ दुईतीन घन्टा व्याख्यान गरिरहन्थे । उनी त्यस समयका महान शिक्षक थिए।

राधाकृष्णन धर्म र दर्शनका बीसौं शताब्दीका सर्वश्रेष्ठ र सबैभन्दा प्रभावशाली विद्वानहरू मध्ये एक थिए। उनले भारतको पहिलो उपराष्ट्रपति तथा दोस्रो राष्ट्रपतिको रूपमा सेवा गरे। उनले भारतको राष्ट्रपति हुँदा रु १०,००० तलबमध्ये रु २,५०० मात्र स्वीकार गरि बाँकी रकम प्रत्येक महिना प्रधानमन्त्री राष्ट्रिय राहत कोषमा दान गरे ।

राधाकृष्णन नोबेल साहित्य पुरस्कारका लागि १६ पटक र नोबेल शान्ति पुरस्कारका लागि १२ पटक मनोनित भएका थिए।उनी एक दार्शनिक,एक शिक्षक र एक राजनेताको रूपमा विश्व भर सम्मानित थिए। डा.राधाकृष्णनको सम्झनामा अक्सफोर्ड विश्वविद्यालयले राधाकृष्णन चेभेनिङ्ग छात्रवृत्ति र राधाकृष्णन मेमोरियल अवार्ड वितरण गर्ने गर्छ । भारतमा उनको जन्मदिन सेप्टेम्बर ५ लाई राष्ट्रिय शिक्षक दिवसको रूपमा मनाइन्छ।