मोवाइल सिकाईका १८ ओटा विश्वस्तरका बेस्ट एपहरु


नेपाली समुदायमा हाल सम्म मोबाइलको प्रयोगलाइ गलत आदत बिकास गर्ने यन्त्रको रुपमा ब्याख्या भएको अवस्था चुनौतीपूर्ण नै छ। अर्को तिर यी सबै एपहरु फ्री पनि छैनन्।आर्थिक हिसावले पनि उपयोग गर्न गराउन पनि विचारणीय नै छ।र पनि बिस्तारै यिनीहरु हाम्रा जीवनमा प्रयोग नगरी नहुने चाहि निश्चित हो।त्यसैले यस विषयलाई पनि छलफल गर्न आवश्यक छ भन्ने लागेको छ।अरु न सके पनि फ्री एपहरुको प्रयोग किन नगर्ने त ? तल उल्लेखित मोवाइल एपहरु मध्ये बिद्यालयको परिवेश अनुसार कुनै एक मोबाइल एपको प्रयोगले अवश्य पनि सिकाइमा सहजता ल्याउने छ।

1) Epic
यो प्राथमिक शिक्षकहरुको लागि उपयोगी छ।अमेरिका र
क्यानाडामा यसको प्रयोग व्यापक छ। यसमा प्राथमिक
तहलाई चाहिने सबै क्षेत्रगत ज्ञानका बिषयहरु भिडियो
समेत उपलब्ध छन्।यसवाट करिव १५,००० कितावहरु
अध्ययन गर्न मिल्छ।
2) Ted
प्रेजेन्टेसनवाट शिक्षण गर्न मिल्ने एप। प्रयोगकर्ताको
अनुभवमा शिक्षणमा यो एप एकदम उपयोगी देखिएकोछ ।
3) Remind
अभिभावक र बिद्यार्थी संग छलफल गर्ने एप ।यसमा ७०
भाषामा कुरा गर्न मिल्ने सुविधा छ ।
4) Pocket
अभिभावक र बिद्यार्थी संग छलफल गर्ने एप । ७० भाषामा
कुरा गर्न मिल्ने सुविधा छ । अंग्रेजी भाषा नजानेकाहरुका
लागि पनि उपयोगी छ ।
5) ClassDojo
अभिभावक र बिद्यार्थीलाइ सहभागिताको प्रतिक्रिया दिने
एप।अभिभावक पृष्ठपोषणको लागि अति उपयोगी छ ।
6) Slack
यो कलेज बिद्यार्थी र प्राध्यापकको लागि अति उपयोगी छ
। टेक्स्ट वेसमा म्यासेजमार्फत सिकाइ गर्ने एप ।
7) Evernote
प्रोजेक्ट र एसाइन्मेन्टहरु उपलब्ध गराउने जसलाई
बिद्यार्थी ,अभिभावक र शिक्षकले पारदर्शी रुपमा देख्न
सक्छन ।
8)Dropbox
यसवाट शिक्षकले presentation photos, videos,
assignment हरुवाट सिकाउन सक्छन्।बिद्यार्थीहरुले
बिद्यालय र घरमै वसेर पनि यसको प्रयोग गर्न सक्छन ।
9) Kahoot
यो कक्षामा विभिन्न मनोरंजनको माध्यमवाट सिकाइ
गराउने एप हो ।
10) Seesaw
बिद्यार्थी पोर्टफोलियो एप ।अभिभावकले आफ्नो बच्चाको
प्रोग्रेस नियमित रुपमा सहजै जानकारी लिन सक्छन ।
11) Additio
यो digital classroom and grade book
management एप हो । यसवाट नोटकिपिंग र प्रगति
समिक्षा पनि गर्न मिल्छ ।
12) Monster Math
यो म्याथको आधारभूत सिकाइ गर्न गेम र पजलहरुको
सहयोगमा उपयोगिता लिन सकिने एप हो ।
13) Google Classroom
यो एकदमै सरल एप हो। यो फ्रीमा प्रयोग गर्न सकिन्छ ।
जी सुइटमा शिक्षकले एसाइन्मेन्ट र जी ड्राइभमा
विद्यार्थीले त्यो पढ्न र हेर्न मिल्छ ।यो अहिले चलन
चल्तीमा छ ।
14) Classtree
फिल्ड ट्रीप तथा केस स्टडीवारे विद्यार्थीको फालोअप गर्ने
एप।शिक्षक र अभिभावकले सहज रुपमा अनुगमन गर्न
सक्छन ।
15) ABC mouse
यो म्याथको आधारभूत सिकाइ गर्न सहयोगी एप हो ।
यसवाट कला र बिज्ञान पनि सिकाउन मिल्छ ।
16) Edmodo
गृहकार्य ,पोल र अन्य सुचनाहरु अभिभावकलाई दिन
यसको प्रयोग गरिन्छ ।
17) Socrative teacher
यो एप खास गरि quizzes, exit ticket, quick
question poll र space race वाट सिकाइ गराउन
प्रयोग गरिन्छ ।
18) Schoology
शिक्षकले पास्वोर्ड र सेक्युरिटी सम्बेदंशिलाता प्रयोग गरि
बिद्यार्थीहरुलाइ assignment,completed work,
video र अन्य उपयोगी link हरु शेयर गर्न मिल्ने एप ।