नेपाली अर्थतन्त्रलाई कृषिमा आधारित,प्राकृतिक साधनको न्यून उपयोग,मानव
साधनको न्यून उत्पादकत्व,भूपरिवेष्ठित अर्थतन्त्र,द्वैध आर्थिक अवस्था,उच्च वैदेशिक
सहायताको निर्भरता,मिश्रित अर्थतन्त्र,वैदेशिक रोजगारीमा आधारित श्रमशक्ति र आयतमा
आधारित अर्थतन्त्र आदि विशेषण दिएर व्याख्या गर्ने गरिन्छ । कुल GDP हेर्दा ५६% सेवा क्षेत्र ,१४ % उधोग र ३०%
हाराहारीमा कृषिको संरचना रहेको नेपाली अर्थतन्त्रको वनोट हामी धेरैलाई थाहा नै छ।
नेपाल सरकारले चालु आर्थिक वर्षको आर्थिक बृद्दी दर ७ प्रतिशत हुने अनुमान गरेको
थियो।त्यस्तै मुद्रास्फृति दर ४.% को अनुमान गरिएको अवस्था छ ।सन् २०१५ को
विनासकारी भुकम्प,त्यस पछिको भारतीय नाकाबन्दीले नेपालको अर्थतन्त्रमा धेरै
नकारात्मक असर नपरे पनि आर्थिक बृद्दीको गतिलाइ धेरै नै प्रभाव पारेको थियो।यसै
वीच हालको कोभिड-१९ को विश्व संकटले नेपालको अर्थतन्त्रलाई फेरी प्रभावित गर्ने
कुरामा कुनै दुइ मत छैन।फरक यत्ति हो कि यो प्रभाव हामीले थेग्ने सम्मको हुन्छ वा
हुदैन भन्ने मात्र हो।भन्न सकिन्छ कि यी तीन अवस्थाहरु नै नेपाली अर्थव्यवस्थाको
लागि कडा प्रहारहरु हुन्।
आजको लेखमा वर्तमान कोभिड-१९ को
कारणवाट नेपाली अर्थव्यवस्थामा कस्तो प्रभाव पर्न सक्छ भन्ने बिषयमा चर्चा गर्ने
कोसिस गरेको छु।
नेपालको कुल बजेटमा ८.०० प्रतिशत आर्थिक योगदान गर्ने पर्यटन र होटेल जस्ता सेवा उद्योगहरू यो वर्ष प्रभावित भएका छन् ।विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत र रोजगारीको अवसर सिर्जना गर्ने यो क्षेत्र प्रयटन वर्ष भएकोले यसवाट लक्ष्य भन्दा बढी आम्दानि हुने अनुमान थियो तर यो धरापमा नै परेको छ।एक जना पर्यटकले ७ जना वरावर रोजगारी दिन्थ्यो भन्ने गरिन्छ । अहिले रोजगारदाताकै अवस्था दर्दानाक छ ।त्यसैले यो क्षेत्रले नेपाली अर्थतन्त्रलाई यो वर्ष धेरै घाटा बनाउने निश्चित छ।
२ दोस्रो ठूलो भनेको remittances हो।यसले कुल GDP को २५ प्रतिशत भन्दा बढी हिस्सा ओगटेको छ ।अघिल्लो आर्थिक वर्ष विदेशमा रोजगारी गरिरहेका लाखौँ नेपालीहरूले कमाएर घर पठाएको विप्रेषण आम्दानी ८ खर्ब ७९ अर्ब रुपैयाँ थियो।यो क्षेत्र अहिले निकै आक्रान्त बनेको छ ।तलवमा गिरावट तथा बेरोजगारी नै हुने अवस्थाले गर्दा यो वर्ष सोचेको लक्ष्य प्राप्त गर्न सक्ने अवस्था देखिदैन। विप्रेषणको कुल अंकको २५ % भन्दा बढी गिरावट आउने अनुमान गर्न सकिन्छ ।
३ अर्को ठूलो क्षेत्र भनेको राजश्व कर नै हो जसले अर्थतन्त्रमा कुल GDP को २४ प्रतिशत योगदान गर्दछ। झिनो निर्यातको अंश पनि सुन्य हुने भएको छ। आयातकरवाट ठूलो राजश्व संकलन हुने अवस्था पनि यतिवेला ठप्प छ । उधोगीहरुको कारखाना बन्द छन। भ्याट देखि अन्य आन्तरिक राजस्वको श्रोत पनि ठप्प जस्तै छ।यसै पनि आन्तरिक राजस्वको अवस्था ज्यादै कम्जोर छ। यो वर्ष राजस्व ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख अनुमान गरिएकोमा धेरै नै गिरावट हुने निश्चित छ ।४ वैदेशिक सहायतामा अनुदानतर्फ रु ४६ अर्ब ७७ करोड र ऋणतर्फ रु २ खर्व १० अर्ब २८ करोड परिचालन हुने अपेक्षा थियो ।यो चालु कुल बजेटको झन्डै २५ प्रतिशत निर्भरताको अंश हो ।वर्तमान अवस्थामा वैदेशिक सहायताको अनुमानित सहयोग अनुदान पनि संकलन हुन सक्दैन।अमेरिकाले WHO लाइ दिने सहयोग कटौती गर्ने निर्णय गरिसकेको अवस्थाले पनि यसैगरी अन्य क्षेत्रको सहयोग अनुदान घट्ने निश्चित छ।५ कुल GDP को कृषिले झन्डै ३३ प्रतिशत योगदान गर्दछ । यो वर्ष कृषिमा २.५ को बृद्दी दर अपेक्षा थियो । यो अवस्थामा यो वर्ष यसको लक्ष्य पनि पुरा हुन सक्दैन । संगै देशको दुइतिहाई श्रमिक यो क्षेत्रमै आश्रित भएको अवस्थाले यो समयमा श्रमिकहरुको जनजीवन पुरै प्रभावित हुने निश्चित देखिन्छ । सामाजिक दूरी कायम गर्नुपर्ने स्थिति अनि श्रमिकको अभावले कृषि उत्पादनमा प्रभाव परिरहेको छ। त्यो सँगसँगै बजार पहुँच तथा आपूर्ति प्रणाली अस्तव्यस्त छ। कृषि उत्पादनलाई बजार लैजान सकिएको छैन।६ औधोगिक क्षेत्रले कुल GDP को करिव १४ प्रतिशत हिस्सा लिएको छ। प्राय कच्चा पदार्थ चिन र भारतवाट निर्यात गर्ने अवस्था छ। साना र मझौला व्यवसायीले कुल गार्हस्थ्य उत्पादनमा २२ प्रतिशतको योगदानका साथै १७ लाखलाई रोजगारी दिएका छन्।तिनलाई उद्धार गर्ने प्याकेज नबनाए भयानक अवस्था आइपर्ने अनुमान गर्न सकिन्छ । यसमा पनि पोल्ट्री व्यवसायको हिसा ठूलो छ।अहिले यो पुरै प्रभावित भएको अवस्था छ ।यापार असन्तुलन, चोरी निकासी, राजस्व छल्ने जस्ता समस्या झन् बढ्न सक्ने छ ।यहि अवस्थाले देशमा अनौधिकरण (Deindustrialization) बढ्ने सम्भावना देखिन्छ ।७ व्यापार तथा वित्तीय क्षेत्र झन् ठप्प छ।एकातिर यो अवस्थामा बस्तुको माग नै हुने देखिँदैन भने अर्कोतिर माग भएपनि त्यसको आपूर्ति गर्न सहज छैन।अत्यावश्यक भनिएका सामग्रीको आयात तथा ढुवानीमा त समस्या देखिएको छ भने अरूको कुरै छाडौँ।पर्यटनमा मात्रै बैंक र वित्तीय संस्थाका अर्बौँ लगानी छ। त्यसको अब रिकभरी वा सुधार हुन समय लाग्छ। त्यसैकारण बैंकका सम्पति जोखिममा पर्छन् ,जसको चौतर्फी असर नेपाली अर्थतन्त्रमा देखिने निश्चित छ।ऋणका किस्ता तिर्ने समय र छुटबारे राष्ट्र ब्याङ्कले अध्ययन गर्दैछ।यो वर्ष गरिब देशलाई ऋण तिर्न नपर्ने बनाउन अपिल गर्न गरिव राष्ट्रहरु एक भएको समाचारले पनि यो क्षेत्रको प्रभाव अनुमान गर्न गाह्रो छैन ।८ आगामी एक वर्षभित्र विधुत उत्पादन क्षमता दोब्बर हुने अनुमान थियो । अन्तर्राष्ट्रिय विमानस्थल, ठूला सिंचाई आयोजना, राष्ट्रिय राजमार्गको निर्माण तथा भूकम्प पछिको पुनर्निर्माण कार्यले तीव्र गति लिने अपेक्षा थियो । तर अव यी सबै पूर्वाधार परियोजनाहरू सम्पन्न गर्न चुनौती देखिएको छ। अझ भनौ यो वर्ष प्रगति हुन सक्दैन ।९ खासगरी निर्माण तथा अन्य अनौपचारिक क्षेत्रमा निर्भर हजारौं दैनिक ज्यालादारी गर्ने मजदुर तत्कालको निम्ति अत्यधिक जोखिममा परिसकेका छन्। उनीहरुको घर परिवारमा ठूलो समस्या आइनै सकेको अवस्था छ।१०.बिबिसीको अन्तर्वार्तामा हाम्रा कामदारहरू कोरोनाका कारण मरेनन् भने उनीहरू भोकमरीबाट मर्नेछन् भनि १८,००० कामदार भएको कपडा उत्पादक कम्पनीका मालिक त्रय विजय माहतानी, उनका साझेदारहरू अमित माहतानी र शावन इस्लामको भनाइले खाधन्न संकट निम्तने सम्भावना पनि त्यत्तिकै छ ।११. विविसी बुलेटिनमा कोरोनाभाइरसका कारण दक्षिण एशियाको आर्थिक वृद्दी दर ४० वर्षमा सबैभन्दा कम हुने विश्व ब्याङ्कले जनाएको छ। यसवाट पनि नेपाली अर्थतन्त्रमा पर्ने असरहरुको स्वभाविक अनुमान गर्न सकिन्छ।१२.कूल राष्ट्रिय वजेटको करिव ६० देखि ७० प्रतिशत सार्वजनिक खरिदका क्षेत्रमा खर्च हुने गरेको सन्दर्भमा सार्वजनिक खर्चवाट अधिकतम प्रतिफल हासिल गर्न सकिने सम्भावना नै छैन । पूजीगत खर्चको प्रवृत्ति र यसका संकेतहरुलाई हेर्दा आर्थिक वर्षको अन्त्य तिर वढी खर्च हुने गरेको नेपाली अर्थव्यवस्थामा यो गतवर्षको खर्चको ५०% पनि खर्च गर्ने सम्भावना देखिदैन।१३ .महालेखाको प्रतिबेदन अनुसार विकास बजेट गत वर्ष ५४.३५ % मात्र खर्च भएको थियो।यो वर्ष त झन् खर्च हुने सम्भावना धेरै नै न्यून भएको छ ।१४ .सबै भन्दा वढी संकट स्वास्थ्य क्षेत्रमै आउने सम्भावना छ । नेपालमा छिट्टै औषधिहरु र अन्य स्वास्थ्य उपकरणहरुको आपूर्ति नै ठूलो समस्या हुन सक्ने देखिन्छ ।१५. नागरिकको दैनिक जनजीवनका सबै क्षेत्रहरुमा प्रत्यक्ष प्रभाव परे संगै अति विपन्न राष्ट्रहरूको श्रेणीबाट केही वर्षमै माथि उक्लिने नेपालको राष्ट्रिय आर्थिक लक्ष्यमा वर्तमान सङ्कटले कालो छायाँ पारेको छ।
सन्दर्भ स्रोतहरु :---------------------१.worldbank.org/en/country/nepal२. mof.gov.np/en/३.अर्थ मन्त्रालयको चैत्र महिनाको बुलेटिन अंक४. ekantipur.com/opinion५.आर्थिक वर्ष २०७६/०७७ को बजेट पूर्ण पाठ६. bbc.com/nepali/news